सोनमा गाउँपालिकामा जसपा पार्टीले जित्नै पर्छ :निवर्तमान अध्यक्ष  राजकुमार यादव ,यस्तो छ कारण 

4 वर्ष पहिले प्रकाशित

(2079-01-24 B.S.)

4632 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन साह 

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सोनमा गाउँपालिकामा जसपा पार्टीबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका निवर्तमान अध्यक्ष राजकुमार यादवले घरदैलो कार्यक्रम तिब्र पारेका छन् । 

५ वर्ष आफ्नो कार्यकाल बिताएका यादवले पुन अध्यक्ष पदको उम्मेदवारी दिएका छन् ।  गाउँपालिकामा विकासका केहि कामहरु बाकी रहेको र अनुभव अनुसार आवश्यकता अनुरुप विकास गर्ने लक्ष्य बोकी घरदैलो कार्यक्रम गरि जनताहरु समक्ष भोट मागिरहेका छन् । 

यसपालिको चुनावमा जनताले साथ र भोट दिएर जिताएमा अधुरा कार्यहरु पुरा गर्ने देखि लिएर   फोहर व्यवस्थापन, सडक ,सिचाई, मलखाद, सौन्दर्यकरण,सुकुम्बासी तथा भूमिहीनका लागि पालिकामा आवासको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्  । 
उनले नीतिगत तथा संस्थागत भ्रष्टाचारमुक्त सोनमा गाउँपालिका निर्माण गर्ने, ऐतिहासिक, धार्मिक, सांस्कृतिक तवरले पालिकाको संरक्षण सम्वर्द्धनको रुपमा विकास गर्ने तथा आधुनिक पालिका निर्माणका लागि शिक्षा तथा स्वास्थ्य क्षेत्रको विकास गर्ने प्रतिबद्धता जनाएका छन् । 

उनले रिंगरोड निर्माण गरी ऐतिहासिक, धार्मिक तथा पर्यटकीय नगरको रुपमा विकास गरी आधुनिक सोनमा गाउँपालिकाको निर्माण गर्ने, ल्याण्ड फिल्ड साइटको व्यवस्थापन गरी पालिकाभित्र रहेको फोहरमैलाको वैज्ञानिक प्रविधिद्वारा व्यवस्थित गरी फोहोरबाट मोहर बनाउने, सामुदायिक विद्यालयहरुमा स्थानीयस्तरमा पाठ्यपुस्तक तयार गरी पठनपाठनको शुरुवात गर्ने लगायतका प्रतिबद्धता पनि व्यक्त गरेका छन् । 

यस्तै महिला तथा युवाहरुलाई सीपमुलक तालिम दिई स्वरोजगारको व्यवस्था गर्ने, युवालाई विदेश पलायन हुनबाट रोक्नका लागि कृषिलाई आधुनिकीकरण तथा व्यवसायीकरणमा जोड दिने,  पर्यटन क्षेत्रलाई बढावा दिन बस सञ्चालनमा ल्याउने आफ्नो योजना रहेको पनि जनसमुदाय समक्ष  बताएका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

'प्रचण्ड' पुष २ गते गौशाला आउँदै, स्व. काशी महतोको श्रद्धा..

निरन्जन कुमार साह  महोत्तरी, मंसिर २८ गते ।नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकम..

3 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

5 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

24 दिन पहिले

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

1 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

1 महीना पहिले

गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..

गौशाला, महोत्तरी  असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..

2 महीना पहिले

रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..

गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि  १५ जना व्यक्तिहरू मा..

4 महीना पहिले

नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..

महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..

5 महीना पहिले

राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..

काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..

5 महीना पहिले

गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..

ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..

6 महीना पहिले

गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन

निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..

7 महीना पहिले