सोनमा गाउँपालिकामा जसपा पार्टीले जित्नै पर्छ :निवर्तमान अध्यक्ष  राजकुमार यादव ,यस्तो छ कारण 

4 वर्ष पहिले प्रकाशित

(2079-01-24 B.S.)

4703 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन साह 

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सोनमा गाउँपालिकामा जसपा पार्टीबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका निवर्तमान अध्यक्ष राजकुमार यादवले घरदैलो कार्यक्रम तिब्र पारेका छन् । 

५ वर्ष आफ्नो कार्यकाल बिताएका यादवले पुन अध्यक्ष पदको उम्मेदवारी दिएका छन् ।  गाउँपालिकामा विकासका केहि कामहरु बाकी रहेको र अनुभव अनुसार आवश्यकता अनुरुप विकास गर्ने लक्ष्य बोकी घरदैलो कार्यक्रम गरि जनताहरु समक्ष भोट मागिरहेका छन् । 

यसपालिको चुनावमा जनताले साथ र भोट दिएर जिताएमा अधुरा कार्यहरु पुरा गर्ने देखि लिएर   फोहर व्यवस्थापन, सडक ,सिचाई, मलखाद, सौन्दर्यकरण,सुकुम्बासी तथा भूमिहीनका लागि पालिकामा आवासको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्  । 
उनले नीतिगत तथा संस्थागत भ्रष्टाचारमुक्त सोनमा गाउँपालिका निर्माण गर्ने, ऐतिहासिक, धार्मिक, सांस्कृतिक तवरले पालिकाको संरक्षण सम्वर्द्धनको रुपमा विकास गर्ने तथा आधुनिक पालिका निर्माणका लागि शिक्षा तथा स्वास्थ्य क्षेत्रको विकास गर्ने प्रतिबद्धता जनाएका छन् । 

उनले रिंगरोड निर्माण गरी ऐतिहासिक, धार्मिक तथा पर्यटकीय नगरको रुपमा विकास गरी आधुनिक सोनमा गाउँपालिकाको निर्माण गर्ने, ल्याण्ड फिल्ड साइटको व्यवस्थापन गरी पालिकाभित्र रहेको फोहरमैलाको वैज्ञानिक प्रविधिद्वारा व्यवस्थित गरी फोहोरबाट मोहर बनाउने, सामुदायिक विद्यालयहरुमा स्थानीयस्तरमा पाठ्यपुस्तक तयार गरी पठनपाठनको शुरुवात गर्ने लगायतका प्रतिबद्धता पनि व्यक्त गरेका छन् । 

यस्तै महिला तथा युवाहरुलाई सीपमुलक तालिम दिई स्वरोजगारको व्यवस्था गर्ने, युवालाई विदेश पलायन हुनबाट रोक्नका लागि कृषिलाई आधुनिकीकरण तथा व्यवसायीकरणमा जोड दिने,  पर्यटन क्षेत्रलाई बढावा दिन बस सञ्चालनमा ल्याउने आफ्नो योजना रहेको पनि जनसमुदाय समक्ष  बताएका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

1 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

8 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

12 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

18 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

19 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

3 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

6 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

7 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

7 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

7 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

7 महीना पहिले