स्थानीय तहको निर्वाचन खर्चिलो ,प्रभाव जनतामा –उपेन्द्र यादव
गौशाला
जसपा नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहको निर्वाचन अत्याधिक खर्चिलो भएको र त्यसको प्रत्यक्ष प्रभाव जनतामा परेको बताएका छन् ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले बढ्दो महंगीले केवल जनताले शास्ती भोग्नुपरेको बताएका छन् । मंगलबार गौशालामा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई/ शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा आफ्नो मन्तव्य दिँदै उनले यस्तो बताएका हुन् ।
उनले भने, “ चुनाव महङ्गो भएको कारणले इमान्दार, गरिब, किसान, मजदुरलाई चुनाव लड्न मुस्किल छ । यो प्रणालीबाट लोकतन्त्र मजबुत हुँदैन। यसको बोझ प्रत्यक्ष जनतामा पर्छ ।"
उनले अहिलेको निर्वाचन प्रणाली ‘खिचडी निर्वाचन प्रणाली’ भएको संज्ञा दिएका छन् ।
गौशाला नगरपालिकामा प्रतिकूल परिस्थिति र कठिनाइको अवरोध भएतापनि जसपा पार्टीको उम्मेदवारलाई आफ्नो अमुल्य मत दिएर विजयी गराएकोले उनले जनसमुदायमा धन्यवाद ज्ञापन गरेका छन् ।
त्यस्तै पूर्व कृषिमन्त्री हरिनारायण यादवले जसपा पार्टी वैकल्पिक शक्तिको रुपमा विभेद अन्त्य गर्ने पार्टी भएको बताएका छन् । साथै उनले जुन भरोसाले गौशाला बासीले जसपा पार्टीलाई आफ्नो मत दिएर जिताएका छन्, त्यो भरोसा कायम राख्न जनप्रतिनिधिहरु सँग अनुरोध गरेका छन्।
त्यस्तै पार्टीका केन्द्रीय सदस्य लक्ष्मी महतोले शान्ति र सुशासन कायम गर्नको लागि प्रहरी प्रशासनलाई आफ्नो काम कर्तव्य पूरा गर्न दिन जनसमुदायमा अपिल गर्दै जनप्रतिनिधिहरुलाई वाधा नपुर्याईकन कार्य गर्न दिनको लागि अपिल गरेका छन् ।
पार्टीका केन्द्रिय अध्यक्ष यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा नवनिर्वाचित नगर प्रमुख डा.दिपेन्द्र महतो ,उपप्रमुख रेणु कुमारी महतो , केन्द्रीय सदस्य लक्ष्मी महतो , हरिनारायण यादव, पूर्व स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादव, पार्टीका नगर संयोजक कुमरकान्त झा लगायत विभिन्न जनप्रतिनिधि, समाजसेवी र जन समुदायको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका पुर्व क्षेत्रीय सभापति रामश्रेष्ठ महतो नेपाली कांग्रेस परित्याग गरि जसपामा प्रवेश गरेका छन् । साथै विभिन्न पार्टी परित्याग गरि सयौको संख्यामा जसपा पार्टी प्रवेश गरेका छन् ।
साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..
जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..
1 दिन पहिले
गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन
महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..
20 दिन पहिले
महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..
निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..
28 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
1 महीना पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
1 महीना पहिले
गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..
गौशाला, महोत्तरी असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..
2 महीना पहिले
रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..
गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि १५ जना व्यक्तिहरू मा..
4 महीना पहिले
नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..
महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..
5 महीना पहिले
राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..
काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..
5 महीना पहिले
गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..
ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..
6 महीना पहिले
गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन
निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..
7 महीना पहिले
साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..
जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे ..

कमेन्ट गर्नुहोस्
view comments