जसपा बैठकमै झडप

4 वर्ष पहिले प्रकाशित

(2079-02-24 B.S.)

3554 पटक देखिएको

जेष्ठ २५

जनता समाजवादी पार्टी नेपाल धनुषा जिल्लाको चुनावी समीक्षामा दुई पक्षबीच कुटाकुट भएको छ । जनकपुरको एक होटलमा जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा हिजो बसेको समीक्षा बैठकमा जसपाका एक पक्षले माओवादीलाई मत दिएको आरोप लगाएपछि विवाद उत्पन्न भएर दुई पक्षको बीचमा कुटाकुट भएको थियो । 

समीक्षामा धनुषाको सवैला नगरपालिकाको प्रसंग उठेको थियो । त्यहाँ काँग्रेस र जसपाबीच गठबन्धन भएको थियो । तर चुनाव माओवादी केन्द्रका उम्मेदवारले जित्यो ।  सवैला नगरपालिका जसपा नगर अध्यक्ष वैद्यनाथ रायले पार्टीका केन्द्रीय सदस्य साधु यादवले पार्टीलाई सहयोग नगरेर माओवादी केन्द्रका लागि मत मागेको आरोप लगाएका थिए ।

अध्यक्ष रायले बैठकमा भनेका थिए, ‘पार्टीकै जिम्मेवार व्यक्ति साधु यादवले आफ्नो उम्मेदवारका लागि मत नमागेर माओवादी केन्द्रका लागि मत मागेको प्रमाण मसँग छ, पार्टी यसमा तुरुन्त एक्सन लिनुपर्छ ।गठबन्धनको उम्मेदवार हार्नुमा आफ्नै पार्टीबाट अन्तर्घात भएको  भन्दै यसको मुख्य दोषी साधु यादव भएको  भन्नेवित्तिकै उनीमाथि कुटपिट भएको थियो ।

बैठकमा रहेका साधु यादव पक्षका कार्यकर्ताहरुले वैद्यनाथ यादवमाथि कुटपिट गर्न थालेपछि दुई पक्षबीच झडप भएको धनुषा जिल्ला उपाध्यक्ष अम्भुप्रसाद यादवले बताए । उपाध्यक्ष यादवले भने, झडप र होहल्ला भएको हो, एक अर्कामाथि आरोप, प्रत्यारोप सुरु भएपछि माहोल गरम भएको थियो त्यसमा भडपको अवस्था सृजना भएको थियो ।

स्रोतका अनुसार साधु यादव माओवादी पृष्ठभूमीका हुन् । माओवादीका नेता मातृका यादव र साधु यादवबीच पहिलादेखि राम्रो सम्बन्ध थियो ।  सवैला नगरपालिकामा माओवादी केन्द्रका नेता मातृका यादवका दाई कारी यादव मेयरमा जितेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

18 घन्टा पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

8 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

12 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

18 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

19 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

3 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

6 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

7 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

7 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

7 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

7 महीना पहिले