जसपा बैठकमै झडप

4 वर्ष पहिले प्रकाशित

(2079-02-24 B.S.)

3466 पटक देखिएको

जेष्ठ २५

जनता समाजवादी पार्टी नेपाल धनुषा जिल्लाको चुनावी समीक्षामा दुई पक्षबीच कुटाकुट भएको छ । जनकपुरको एक होटलमा जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा हिजो बसेको समीक्षा बैठकमा जसपाका एक पक्षले माओवादीलाई मत दिएको आरोप लगाएपछि विवाद उत्पन्न भएर दुई पक्षको बीचमा कुटाकुट भएको थियो । 

समीक्षामा धनुषाको सवैला नगरपालिकाको प्रसंग उठेको थियो । त्यहाँ काँग्रेस र जसपाबीच गठबन्धन भएको थियो । तर चुनाव माओवादी केन्द्रका उम्मेदवारले जित्यो ।  सवैला नगरपालिका जसपा नगर अध्यक्ष वैद्यनाथ रायले पार्टीका केन्द्रीय सदस्य साधु यादवले पार्टीलाई सहयोग नगरेर माओवादी केन्द्रका लागि मत मागेको आरोप लगाएका थिए ।

अध्यक्ष रायले बैठकमा भनेका थिए, ‘पार्टीकै जिम्मेवार व्यक्ति साधु यादवले आफ्नो उम्मेदवारका लागि मत नमागेर माओवादी केन्द्रका लागि मत मागेको प्रमाण मसँग छ, पार्टी यसमा तुरुन्त एक्सन लिनुपर्छ ।गठबन्धनको उम्मेदवार हार्नुमा आफ्नै पार्टीबाट अन्तर्घात भएको  भन्दै यसको मुख्य दोषी साधु यादव भएको  भन्नेवित्तिकै उनीमाथि कुटपिट भएको थियो ।

बैठकमा रहेका साधु यादव पक्षका कार्यकर्ताहरुले वैद्यनाथ यादवमाथि कुटपिट गर्न थालेपछि दुई पक्षबीच झडप भएको धनुषा जिल्ला उपाध्यक्ष अम्भुप्रसाद यादवले बताए । उपाध्यक्ष यादवले भने, झडप र होहल्ला भएको हो, एक अर्कामाथि आरोप, प्रत्यारोप सुरु भएपछि माहोल गरम भएको थियो त्यसमा भडपको अवस्था सृजना भएको थियो ।

स्रोतका अनुसार साधु यादव माओवादी पृष्ठभूमीका हुन् । माओवादीका नेता मातृका यादव र साधु यादवबीच पहिलादेखि राम्रो सम्बन्ध थियो ।  सवैला नगरपालिकामा माओवादी केन्द्रका नेता मातृका यादवका दाई कारी यादव मेयरमा जितेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

1 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

20 दिन पहिले

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

28 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

1 महीना पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

1 महीना पहिले

गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..

गौशाला, महोत्तरी  असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..

2 महीना पहिले

रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..

गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि  १५ जना व्यक्तिहरू मा..

4 महीना पहिले

नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..

महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..

5 महीना पहिले

राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..

काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..

5 महीना पहिले

गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..

ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..

6 महीना पहिले

गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन

निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..

7 महीना पहिले