चेम्बर अफ कमर्सद्वारा नवनिर्वाचित जनप्रतिनिधीलाई सम्मान

जेष्ठ २९
चेम्बर अफ कर्मश महोत्तरीले नवनिर्वाचित जनप्रतिनिधीलाई सम्मान गरेको छ । शनिवार बर्दिवास नगरपालिका स्थित नाव्या होटेलमा चेम्बर अफ कर्मशद्वारा आयोजित नवनिर्वाचित जनप्रतिनिधीलाई सम्मान कार्यक्रममा महोत्तरीका १५ पालिकाका नगरप्रमुख र उपप्रमुखलाई आमन्त्रण गरि सम्मान गरिएको हो ।
नवनिर्वाचित जनप्रतिनिधीलाई मधेश प्रदेशका मुख्यमन्त्री लालवावु राउत गद्दीद्वारा दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको हो ।
सुधिर अग्रवालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका मुख्यमन्त्रि लालबाबु राउत , गौशाला नगरपालिकाका नगर प्रमुख डा.दिपेन्द्र महतो ,बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रल्हाद क्षेत्री, जिल्लाका डिआइजि गणेश ठाडा मगर ,बलवा नगरपालिकाका नगर प्रमुख रामहृदय महतो ,भंगहाका नगर प्रमुख संजिव कुमार साह ,मटिहानीक नगर प्रमुख हरिप्रसाद मण्डल ,मनारसिस्वाका नगर प्रमुख मोहर पाण्डे ,रामगोपालपुरका नगर प्रमुख रामदुलार साह ,लोहारपट्टीका नगर प्रमुख सैलेन्द्र कुमार यादव ,पिपराका गापा अध्यक्ष श्री रामजानकी यादव ,महोत्तरीका गापा अध्यक्ष दिलिप कुमार पाण्डे ,सम्सीका गापा अध्यक्ष रामनाथ यादव ,सोनमाका गापा अध्यक्ष विशेश्वर प्रसाद यादव ,प्रमुख जिल्ला अधिकारी लगायत विभिन्न युवा बर्गहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम आफ्नो मन्तव्य दिदै मधेश प्रदेशका मुख्यमन्त्री मो लालवावु राउतले सरकारीपक्षको स्पष्ट निती र योजनाकै कारण मुलुक समृद्धितर्फ लम्कन नसकेको बताएका छन् ।
पछिल्लो समयमा आएर स्वदेशमा आवश्यक स्रोत साधनलाई उपयोग गरेर स्वरोजगारीको वातावरण निर्माणका लागि तिनैतहका सरकार असफल भएको मुख्यमन्त्री राउतले स्पष्ट पारे । राउतले भने, ‘आर्थिक उन्नतीको सवालमा सरकारलाई स्पष्ट निती र साधन, स्रोतको व्यवस्थापन गर्नुपर्थ्यो तर त्यसो हुन सकेन । जसको कारण स्वदेशका हजारौ युवाहरु वर्षेनी विदेशिनुपर्ने वाध्य छन् । अब सरकारले ती युवा केन्द्रित कार्यक्रम ल्याएर स्वदेशमा रोजगारीको प्रवन्धका निम्ति सरकारलाई कदम उठाउनु आवश्यक रहेको छ ।’
त्यस्तै राउतले मधेश प्रदेश सरकारले पछिल्लो समयमा निर्माण गरेको ऐन र निती संघिय सरकारकै कारण कार्यन्वयन हुन नसकेको आरोप लगाएका छन् ।
स्थानियस्तरमा उत्पादित वस्तुलाई प्रवर्धन गर्नका निम्ति सरोकरवालापक्षको भुमिका आवश्यक रहेको नेपाल चेम्बर अफ कर्मशका केन्द्रिय अध्यक्ष राजेन्द्र मल्लले बताएका छन् ।
त्यस्तै अध्यक्ष श्रेष्ठले कृषिमा आधारित रहेको मधेश प्रदेशको योजना र वजेट पनि कृषिमैत्री ल्याउनका लागि मुख्यमन्त्रीसमक्ष आग्रह गरेका थिए ।
वर्दिवास नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले नगरका युवालाई सहुलियत दरमा ऋण उपलब्ध गराएर विदेशिनुबाट रोक्नका निम्ति आफनो योजना सुनाएका छन् ।खासगरि कृषिमा आधारित वजेट ल्याएर युवा केन्द्रित कामकाजहरु यसबर्ष नगरभरिमा गरिने नगरप्रमुख क्षेत्रीले उदघोष गरेका हुन । नगरप्रमुख क्षेत्रीले वर्दिवासका विकासका निम्ति प्रदेश सरकारको भुमिका अनिवार्य भएकोले सकारात्मक भुमिका निर्वाह गरिदिनका लागि मुख्यमन्त्रीसमक्ष अनुरोध गरेका हुन ।
समाजलाई सामाजिकस्तरबाट सुरक्षा प्रदान गरेर समाज रुपान्तरित भुमिकाको बारेमा आफुहरु अध्ययन गरि अगामी कदम उठाईने गौशाला नगरपालिकाका प्रमुख डा. दिपेन्द्र महतोले बताए ।
समाजमा सुशासन कायम राख्नका निम्ति नगर सरकारलाई यसतर्फ समयमै ध्यान दिनु आवश्यक रहेको नगरप्रमुख महतोले जोड दिएका छन् ।
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
16 घन्टा पहिले
दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह
ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..
3 दिन पहिले
अयोजकलाई स्तब्ध पार्दै श्रीनगर विजयी
कार्तिक १ गते ।महोतरी । गौशालाको कान्तिबजार परडियामा सम्पन्न अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको उपाधि स..
5 दिन पहिले
कार्तिकमा उखु रोपाइँ उपयुक्त, किसानलाई समयमै खेती गर्न व..
निरन्जन कुमार साह गौशाला, कार्तिक १ गते । कृषि विज्ञहरूले यस वर्षको कार्तिक महिनालाई उखु रोपाइँका लागि सबैभ..
5 दिन पहिले
कान्तिबजारमा जारी फुटबल टुर्नामेन्टमा आयोजनक, टुटेश्वर..
संतोष सिंह महोतरी, असोज ३१ गते । गौशालाको कान्तिबजार परडियामा जारी अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको प..
6 दिन पहिले
गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..
गौशाला, महोत्तरी असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..
13 दिन पहिले
रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..
गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि १५ जना व्यक्तिहरू मा..
2 महीना पहिले
नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..
महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..
3 महीना पहिले
राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..
काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..
4 महीना पहिले
गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..
ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..
4 महीना पहिले
गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन
निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..
5 महीना पहिले
कान्तिबजारमा जारी फुटबल टुर्नामेन्टमा आयोजनक, टुटेश्वर..
संतोष सिंह महोतरी, असोज ३१ गते । गौशालाको कान्तिबजार प..
कार्तिकमा उखु रोपाइँ उपयुक्त, किसानलाई समयमै खेती गर्न व..
निरन्जन कुमार साह गौशाला, कार्तिक १ गते । कृषि विज्ञ..
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको ..
अयोजकलाई स्तब्ध पार्दै श्रीनगर विजयी
कार्तिक १ गते ।महोतरी । गौशालाको कान्तिबजार परडियामा ..
कमेन्ट गर्नुहोस्
view comments