चेम्बर अफ कमर्सद्वारा नवनिर्वाचित जनप्रतिनिधीलाई सम्मान
जेष्ठ २९
चेम्बर अफ कर्मश महोत्तरीले नवनिर्वाचित जनप्रतिनिधीलाई सम्मान गरेको छ । शनिवार बर्दिवास नगरपालिका स्थित नाव्या होटेलमा चेम्बर अफ कर्मशद्वारा आयोजित नवनिर्वाचित जनप्रतिनिधीलाई सम्मान कार्यक्रममा महोत्तरीका १५ पालिकाका नगरप्रमुख र उपप्रमुखलाई आमन्त्रण गरि सम्मान गरिएको हो ।
नवनिर्वाचित जनप्रतिनिधीलाई मधेश प्रदेशका मुख्यमन्त्री लालवावु राउत गद्दीद्वारा दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको हो ।
सुधिर अग्रवालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका मुख्यमन्त्रि लालबाबु राउत , गौशाला नगरपालिकाका नगर प्रमुख डा.दिपेन्द्र महतो ,बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रल्हाद क्षेत्री, जिल्लाका डिआइजि गणेश ठाडा मगर ,बलवा नगरपालिकाका नगर प्रमुख रामहृदय महतो ,भंगहाका नगर प्रमुख संजिव कुमार साह ,मटिहानीक नगर प्रमुख हरिप्रसाद मण्डल ,मनारसिस्वाका नगर प्रमुख मोहर पाण्डे ,रामगोपालपुरका नगर प्रमुख रामदुलार साह ,लोहारपट्टीका नगर प्रमुख सैलेन्द्र कुमार यादव ,पिपराका गापा अध्यक्ष श्री रामजानकी यादव ,महोत्तरीका गापा अध्यक्ष दिलिप कुमार पाण्डे ,सम्सीका गापा अध्यक्ष रामनाथ यादव ,सोनमाका गापा अध्यक्ष विशेश्वर प्रसाद यादव ,प्रमुख जिल्ला अधिकारी लगायत विभिन्न युवा बर्गहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम आफ्नो मन्तव्य दिदै मधेश प्रदेशका मुख्यमन्त्री मो लालवावु राउतले सरकारीपक्षको स्पष्ट निती र योजनाकै कारण मुलुक समृद्धितर्फ लम्कन नसकेको बताएका छन् ।
पछिल्लो समयमा आएर स्वदेशमा आवश्यक स्रोत साधनलाई उपयोग गरेर स्वरोजगारीको वातावरण निर्माणका लागि तिनैतहका सरकार असफल भएको मुख्यमन्त्री राउतले स्पष्ट पारे । राउतले भने, ‘आर्थिक उन्नतीको सवालमा सरकारलाई स्पष्ट निती र साधन, स्रोतको व्यवस्थापन गर्नुपर्थ्यो तर त्यसो हुन सकेन । जसको कारण स्वदेशका हजारौ युवाहरु वर्षेनी विदेशिनुपर्ने वाध्य छन् । अब सरकारले ती युवा केन्द्रित कार्यक्रम ल्याएर स्वदेशमा रोजगारीको प्रवन्धका निम्ति सरकारलाई कदम उठाउनु आवश्यक रहेको छ ।’
त्यस्तै राउतले मधेश प्रदेश सरकारले पछिल्लो समयमा निर्माण गरेको ऐन र निती संघिय सरकारकै कारण कार्यन्वयन हुन नसकेको आरोप लगाएका छन् ।
स्थानियस्तरमा उत्पादित वस्तुलाई प्रवर्धन गर्नका निम्ति सरोकरवालापक्षको भुमिका आवश्यक रहेको नेपाल चेम्बर अफ कर्मशका केन्द्रिय अध्यक्ष राजेन्द्र मल्लले बताएका छन् ।
त्यस्तै अध्यक्ष श्रेष्ठले कृषिमा आधारित रहेको मधेश प्रदेशको योजना र वजेट पनि कृषिमैत्री ल्याउनका लागि मुख्यमन्त्रीसमक्ष आग्रह गरेका थिए ।
वर्दिवास नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले नगरका युवालाई सहुलियत दरमा ऋण उपलब्ध गराएर विदेशिनुबाट रोक्नका निम्ति आफनो योजना सुनाएका छन् ।खासगरि कृषिमा आधारित वजेट ल्याएर युवा केन्द्रित कामकाजहरु यसबर्ष नगरभरिमा गरिने नगरप्रमुख क्षेत्रीले उदघोष गरेका हुन । नगरप्रमुख क्षेत्रीले वर्दिवासका विकासका निम्ति प्रदेश सरकारको भुमिका अनिवार्य भएकोले सकारात्मक भुमिका निर्वाह गरिदिनका लागि मुख्यमन्त्रीसमक्ष अनुरोध गरेका हुन ।
समाजलाई सामाजिकस्तरबाट सुरक्षा प्रदान गरेर समाज रुपान्तरित भुमिकाको बारेमा आफुहरु अध्ययन गरि अगामी कदम उठाईने गौशाला नगरपालिकाका प्रमुख डा. दिपेन्द्र महतोले बताए ।
समाजमा सुशासन कायम राख्नका निम्ति नगर सरकारलाई यसतर्फ समयमै ध्यान दिनु आवश्यक रहेको नगरप्रमुख महतोले जोड दिएका छन् ।
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
2 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
2 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
17 दिन पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
1 महीना पहिले
जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..
निरन्जन कुमार साह महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..
2 महीना पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
2 दिन पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
3 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
4 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
4 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
4 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
4 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगाम..
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालि..
कमेन्ट गर्नुहोस्
view comments