मधेश सरकारद्वारा संघ सरकार विरुद्ध आन्दोलन ,प्रदेश प्रमुखको कार्य कक्ष अगाडी धर्ना

श्रावण २९
मधेश प्रदेश सरकारले संघीय सरकाविरुद्ध आन्दोलन थालेको छ । प्रहरी समायोजनमा ढिलाइ गरेको विरोधमा मधेश प्रदेश सरकारका मन्त्रीहरूले आइतवारदेखि आन्दोलन थालेका हुन् ।
आइतवार बिहान ११ बजेदेखि उनीहरू प्रदेश प्रमुख उमाशंकर मिश्रको कार्यकक्ष अगाडि धर्नामा बसेका छन् । धर्नामा मुख्यमन्त्री लालबाबु राउतसहित सबैमन्त्रीहरू सहभागी छन् । धर्ना कार्यक्रम दिउँसो २ बजेसम्म जारी रहने मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत शाहले जानकारी दिए ।
धर्ना कार्यक्रम एकसातासम्म जारी रहने मन्त्री शाहले जानकारी दिए । यसबीचमा संघीय सरकारले माग पूरा नगरे त्यसपछि फेरि चरणबद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनले बताए ।
प्रदेश सरकारहरूले प्रहरी समायोजनको काम चाँडो सक्न संघीय सरकारलाई दबाब दिँदै आएका छन् । यसअघि सबै प्रदेशका गृहमन्त्रीहरूको भेलाले संघीय सरकारलाई प्रहरी समायोजन ऐन तत्काल जारी गरेर प्रहरीलाई प्रदेश मातहत दिन आग्रह गरेका थिए ।
मधेश प्रदेशले प्रहरी समायोजन गर्न ध्यानाकर्षण गराउँदै प्रदेश प्रमुख मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई एकसाताअघि मात्र ज्ञापन पत्र बुझाएको थियो ।
गृहमन्त्री साहले प्रदेश सरकारको तर्फबाट पटक–पटक प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँणसहित गठबन्धनका नेताहरूलाई ज्ञापन बुझाएको तर संघीय सरकार प्रहरी समायोजन गर्न गम्भीर नदेखिएको आरोप लगाए । उनले प्रहरी विना शान्ति सुरक्षा गर्न सम्भव नरहेको बताउँदै यसका लागि संघर्ष एक मात्र विकल्प रहेको बताए ।
मधेश प्रदेश सरकारको अगुवाइमा असार २३ गते ६ वटा प्रदेशका गृहमन्त्रीहरूको भेला गरेर प्रहरी समायोजन ऐन र प्रहरी समन्वय सम्बन्धी ऐनलाई आधार लिई संघीय सरकारले आगामी साउनभित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग गरेको थियो ।
नेपालको संविधानको धारा २६८ ले प्रदेश प्रहरी संगठनको व्यवस्था गरेको तथा अनुसूची ६ को क्रम संख्या १ मा प्रहरी, शान्ति सुरक्षा सम्बन्धी अधिकार प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहने उल्लेख छ ।
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
13 घन्टा पहिले
दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह
ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..
3 दिन पहिले
अयोजकलाई स्तब्ध पार्दै श्रीनगर विजयी
कार्तिक १ गते ।महोतरी । गौशालाको कान्तिबजार परडियामा सम्पन्न अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको उपाधि स..
5 दिन पहिले
कार्तिकमा उखु रोपाइँ उपयुक्त, किसानलाई समयमै खेती गर्न व..
निरन्जन कुमार साह गौशाला, कार्तिक १ गते । कृषि विज्ञहरूले यस वर्षको कार्तिक महिनालाई उखु रोपाइँका लागि सबैभ..
5 दिन पहिले
कान्तिबजारमा जारी फुटबल टुर्नामेन्टमा आयोजनक, टुटेश्वर..
संतोष सिंह महोतरी, असोज ३१ गते । गौशालाको कान्तिबजार परडियामा जारी अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको प..
6 दिन पहिले
गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..
गौशाला, महोत्तरी असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..
13 दिन पहिले
रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..
गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि १५ जना व्यक्तिहरू मा..
2 महीना पहिले
नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..
महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..
3 महीना पहिले
राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..
काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..
3 महीना पहिले
गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..
ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..
4 महीना पहिले
गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन
निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..
5 महीना पहिले
कान्तिबजारमा जारी फुटबल टुर्नामेन्टमा आयोजनक, टुटेश्वर..
संतोष सिंह महोतरी, असोज ३१ गते । गौशालाको कान्तिबजार प..
कार्तिकमा उखु रोपाइँ उपयुक्त, किसानलाई समयमै खेती गर्न व..
निरन्जन कुमार साह गौशाला, कार्तिक १ गते । कृषि विज्ञ..
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको ..
अयोजकलाई स्तब्ध पार्दै श्रीनगर विजयी
कार्तिक १ गते ।महोतरी । गौशालाको कान्तिबजार परडियामा ..
कमेन्ट गर्नुहोस्
view comments