हामी मुर्खहरुबाट मात्रै होइन बेइमानबाट शासित भएका छौं : डा.बैठा

भदौ ७
प्रतिनिधिसभा सदस्यका लागि सर्लाही क्षेत्र नं. २ बाट डा.वीरवंश बैठाले स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन् ।
सर्लाहीको मलङ्गवा नगरपालिका–५ का स्थानीय डा. वीरबंश बैठाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सर्लाही क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
तीन दशकदेखि शिक्षण पेशामा आबद्ध बैठाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले उम्मेदवार बन्नकै लागि भदौ १ गते नै शिक्षण पेशाबाट राजीनामा दिइसकेका छन् । उनको राजिनामा स्वीकृत हुन भने बाँकी रहेको छ ।
थुप्रै राष्ट्रिय तथा ७ वटा अन्तर्राष्ट्रिय अवार्डसमेत पाएका बैठा नेपाल विश्वको तुलनामा सबै क्षेत्रमा धेरै पछि परेको र नेपालमा पनि मधेश अझै धेरै पछि परेको प्रति चिन्तित छन् ।
उनले भने, ‘मधेश प्रदेशको एउटा जिल्ला पनि पूर्ण साक्षार हुन सकेन । यो दुःखदायी कुरा हो । ४० वर्षअघि सुरुवात गरिएको हुलाकी राजमार्ग अहिले पनि जस्ताको त्यस्तै छ । दाइजो प्रथा कायमै छ । महिला हिंसा उस्तै छ । विकास निर्माणको हालत पनि खराब छ ।’
उनले ३० वर्षअघि नेपालमा प्रजातन्त्र आएको स्मरण गराउँदै त्यस कालदेखि आजको दिनसम्म देश र जनताले सुखानुभूति गर्न नपाएको गुनासो पोखे । उनले देशमा नेता नभएको पनि दाबी गरेका छन् ।
‘नेपालमा थर्ड क्लास पोलिटिसियन छन् । नेता भएको भए विमानस्थलमा दैनिक पाँच वटा लाश आउँदैन थियो । नेता त सिंगापुरमा छन् । हाम्रा नेताहरु भनाउँदासँग मिशन, भिजन र डेडिकेशन छैन् । दलमा स्थिरता छैन् । गठबन्धन अनि महागठबन्धन बनाउने, यस्तो पनि हुन्छ ? यस्तो अवस्थामा देशको विकास हुने सम्भावना छैन् ।’
उनले विद्यमान राजनीतिक दलमा आइडल र आइडिओलोजी नभएको टिप्पणी गर्दै भने, ‘त्यही भएर हामी मुर्खहरुबाट मात्रै होइन बेइमानबाट शासित भएका छौं । अब हामी स्वतन्त्र रुपमा लड्नुपर्छ । राजनीतिक चेतना नहुँदा देश र समाज पछि परेको छ । अब समाजलाई गति प्रदान गर्नुपर्छ ।’
बैठा हेटौंडा ४ मा रहेको श्री आधुनिक राष्ट्रिय उच्च मा.वि. का प्रधानाध्यापक हुन् । उनी शिक्षा क्षेत्रमा विगत तीन दशकदेखि सक्रिय रहेका छन् । उनले आधुनिकको बागडोर सम्हालेपछि यहाँ अग्रेजी माध्यमबाट शिक्षण सुरु भएको थियो । करिव २५ सय भन्दा बढी विद्यार्थी रहेको यस सामुदायिक विद्यालय देशकै नमुना विद्यालय मध्येको एक हो । विद्यार्थी, अभिभावकको पहिलो रोजाईमा रहेको यस विद्यालयलाई यहाँ सम्म ल्याउन बैठाले ठुलो योगदान दिएका छन् । उनले शिक्षा क्षेत्रमा रहेको विकृति हटाउन चालेको जस्तै कदम अब राजनीतिक क्षेत्रमा चाल्न राजनीति यात्रा सुरु गरेको प्रतिक्रिया दिए ।
उनले पुराना नेतालाई नो नट एगेन भनेका छन् । पुराना राजनीतिक दलका नेता संग देशलाई समृद्ध बनाउने भिजन नभएको भन्दै उनीहरुलाई अब बिस्थापित गर्नुपर्ने बताए । उनले दलका पुराना नेताले दशकौं देखि राजनीतिकलाई कमाउ धन्दा बनाएको आरोप लगाए ।
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
13 घन्टा पहिले
दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह
ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..
3 दिन पहिले
अयोजकलाई स्तब्ध पार्दै श्रीनगर विजयी
कार्तिक १ गते ।महोतरी । गौशालाको कान्तिबजार परडियामा सम्पन्न अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको उपाधि स..
5 दिन पहिले
कार्तिकमा उखु रोपाइँ उपयुक्त, किसानलाई समयमै खेती गर्न व..
निरन्जन कुमार साह गौशाला, कार्तिक १ गते । कृषि विज्ञहरूले यस वर्षको कार्तिक महिनालाई उखु रोपाइँका लागि सबैभ..
5 दिन पहिले
कान्तिबजारमा जारी फुटबल टुर्नामेन्टमा आयोजनक, टुटेश्वर..
संतोष सिंह महोतरी, असोज ३१ गते । गौशालाको कान्तिबजार परडियामा जारी अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको प..
6 दिन पहिले
गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..
गौशाला, महोत्तरी असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..
13 दिन पहिले
रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..
गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि १५ जना व्यक्तिहरू मा..
2 महीना पहिले
नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..
महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..
3 महीना पहिले
राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..
काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..
3 महीना पहिले
गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..
ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..
4 महीना पहिले
गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन
निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..
5 महीना पहिले
कान्तिबजारमा जारी फुटबल टुर्नामेन्टमा आयोजनक, टुटेश्वर..
संतोष सिंह महोतरी, असोज ३१ गते । गौशालाको कान्तिबजार प..
कार्तिकमा उखु रोपाइँ उपयुक्त, किसानलाई समयमै खेती गर्न व..
निरन्जन कुमार साह गौशाला, कार्तिक १ गते । कृषि विज्ञ..
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको ..
अयोजकलाई स्तब्ध पार्दै श्रीनगर विजयी
कार्तिक १ गते ।महोतरी । गौशालाको कान्तिबजार परडियामा ..
कमेन्ट गर्नुहोस्
view comments