हामी मुर्खहरुबाट मात्रै होइन बेइमानबाट शासित भएका छौं : डा.बैठा
भदौ ७
प्रतिनिधिसभा सदस्यका लागि सर्लाही क्षेत्र नं. २ बाट डा.वीरवंश बैठाले स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन् ।
सर्लाहीको मलङ्गवा नगरपालिका–५ का स्थानीय डा. वीरबंश बैठाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सर्लाही क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
तीन दशकदेखि शिक्षण पेशामा आबद्ध बैठाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले उम्मेदवार बन्नकै लागि भदौ १ गते नै शिक्षण पेशाबाट राजीनामा दिइसकेका छन् । उनको राजिनामा स्वीकृत हुन भने बाँकी रहेको छ ।
थुप्रै राष्ट्रिय तथा ७ वटा अन्तर्राष्ट्रिय अवार्डसमेत पाएका बैठा नेपाल विश्वको तुलनामा सबै क्षेत्रमा धेरै पछि परेको र नेपालमा पनि मधेश अझै धेरै पछि परेको प्रति चिन्तित छन् ।
उनले भने, ‘मधेश प्रदेशको एउटा जिल्ला पनि पूर्ण साक्षार हुन सकेन । यो दुःखदायी कुरा हो । ४० वर्षअघि सुरुवात गरिएको हुलाकी राजमार्ग अहिले पनि जस्ताको त्यस्तै छ । दाइजो प्रथा कायमै छ । महिला हिंसा उस्तै छ । विकास निर्माणको हालत पनि खराब छ ।’
उनले ३० वर्षअघि नेपालमा प्रजातन्त्र आएको स्मरण गराउँदै त्यस कालदेखि आजको दिनसम्म देश र जनताले सुखानुभूति गर्न नपाएको गुनासो पोखे । उनले देशमा नेता नभएको पनि दाबी गरेका छन् ।
‘नेपालमा थर्ड क्लास पोलिटिसियन छन् । नेता भएको भए विमानस्थलमा दैनिक पाँच वटा लाश आउँदैन थियो । नेता त सिंगापुरमा छन् । हाम्रा नेताहरु भनाउँदासँग मिशन, भिजन र डेडिकेशन छैन् । दलमा स्थिरता छैन् । गठबन्धन अनि महागठबन्धन बनाउने, यस्तो पनि हुन्छ ? यस्तो अवस्थामा देशको विकास हुने सम्भावना छैन् ।’
उनले विद्यमान राजनीतिक दलमा आइडल र आइडिओलोजी नभएको टिप्पणी गर्दै भने, ‘त्यही भएर हामी मुर्खहरुबाट मात्रै होइन बेइमानबाट शासित भएका छौं । अब हामी स्वतन्त्र रुपमा लड्नुपर्छ । राजनीतिक चेतना नहुँदा देश र समाज पछि परेको छ । अब समाजलाई गति प्रदान गर्नुपर्छ ।’
बैठा हेटौंडा ४ मा रहेको श्री आधुनिक राष्ट्रिय उच्च मा.वि. का प्रधानाध्यापक हुन् । उनी शिक्षा क्षेत्रमा विगत तीन दशकदेखि सक्रिय रहेका छन् । उनले आधुनिकको बागडोर सम्हालेपछि यहाँ अग्रेजी माध्यमबाट शिक्षण सुरु भएको थियो । करिव २५ सय भन्दा बढी विद्यार्थी रहेको यस सामुदायिक विद्यालय देशकै नमुना विद्यालय मध्येको एक हो । विद्यार्थी, अभिभावकको पहिलो रोजाईमा रहेको यस विद्यालयलाई यहाँ सम्म ल्याउन बैठाले ठुलो योगदान दिएका छन् । उनले शिक्षा क्षेत्रमा रहेको विकृति हटाउन चालेको जस्तै कदम अब राजनीतिक क्षेत्रमा चाल्न राजनीति यात्रा सुरु गरेको प्रतिक्रिया दिए ।
उनले पुराना नेतालाई नो नट एगेन भनेका छन् । पुराना राजनीतिक दलका नेता संग देशलाई समृद्ध बनाउने भिजन नभएको भन्दै उनीहरुलाई अब बिस्थापित गर्नुपर्ने बताए । उनले दलका पुराना नेताले दशकौं देखि राजनीतिकलाई कमाउ धन्दा बनाएको आरोप लगाए ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
5 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
15 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
26 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० करà..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
4 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्à¤..
7 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखियà¥..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा नà¥..
7 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभà..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाकà¥..
8 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरदà..
8 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्षà..
8 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments