समृद्ध मधेशको रुपमा विकास गर्न निःस्वार्थ भएर लाग्नेछु :  सांसद राइन 

4 वर्ष पहिले प्रकाशित

(2079-06-12 B.S.)

3850 पटक देखिएको

ममता शर्मा 

गौशाला , असोज १२ गते

मधेश प्रदेश सांसद जयनुल राइनले आउदो चुनावमा पुन: निर्वाचित भएमा यस कार्य अवधिमा गर्न नसकेको काम पुरा गर्ने बताएका छन् । मंगलबार रेडियो जुनताराको कार्यक्रम जनआवाजमा पत्रकार निरन्जन साहसंग कुराकानी गर्दै उनले यस्तो भनेका हुन् । उनले मधेश प्रदेशलाई समृद्ध प्रदेशको रुपमा विकास गर्न निःस्वार्थ भएर लागि पर्ने दावी गरेका छन्  ।

मधेश प्रदेशका सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने उनले बताए ।   जनता नै सर्वेसर्वा रहेको उनको भनाइ छ ।  

उनले भने , “समस्याको समाधान जनतालाई चिढाएर, रुष्ट बनाएर, त्यहाँबाट धपाएर गर्ने हैन । उनीहरुलाई सुरक्षित अनुभूति हुने गरी र अपनत्व महसुस हुने गरी समाधान गरिनुपर्छ । त्यसका लागि म चरणबद्ध योजना कार्यान्वयनमा ल्याउनेछु । स्थानीय बासिन्दाको मन दुख्ने काम मैले कहिल्यै पनि गर्नेछैन । चुनावको मुखमा आएर काम देखाउन भित्री सडकहरु भत्काएर अलपत्र पारिएका छन् । सडकका आयोजनाहरु समयमै निर्माण सम्पन्न गर्न ठोस र प्रभावकारी कदम चाल्ने छु । ढल निकास र खानेपानी समस्याको समाधान गर्न प्रभावकारी काम गर्नेछु ।शिक्षा, स्वास्थ्य, रोजगारको क्षेत्रमा महत्वपूर्ण योजना बनाएका छौं । “

उनले जनताले रगतपसिना बगाएर तिरेको करको सदुपयोग गर्न चाहेको बताए । “त्यो करबाट लाभ लिने पहिलो हकदार जनता हुन् । त्यसको प्रत्याभूति दिलाउन चाहन्छु ।“ उनले भने यो परिस्थितिमा बनेको गठबन्धन संविधानको रक्षा, लोकतन्त्रको रक्षा, जनताका अधिकारको रक्षा, प्रेस स्वतन्त्रता, स्वाभीमानसहितको राष्ट्रियताको रक्षा गर्न निरन्तर लागिरहेको छ । जुन शक्तिले मुलुक र संविधानलाई नै ध्वस्त पार्ने षड्यन्त्र गर्योु, त्यसलाई पराजित गर्नुपर्छ र त्यस्तो शक्तिलाई मुलुकमा उदय हुन दिनुहुँदैन भन्ने उद्देश्यका साथ हामी चुनावमा पनि सँगसँगै अघि बढेका छौं ।“

उनले जनतालाई फेरि गल्ती नदोहोर्यासउनुस् आग्रह गरेका छन् । “यसपटक मलाई आफ्नो मत दिएर जिताउनुस् । म तपाईंकै सेवक हुँ र बाँकी जीवन पनि नगरवासीकै सेवक भएर बिताउने छु ।मधेश प्रदेशलाई समृद्ध प्रदेशको रुपमा विकास गर्न निःस्वार्थ भएर लाग्नेछु ।“

राइन मधेश प्रदेशको क्षेत्र न. २ (क ) निर्वाचित सांसद हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

13 घन्टा पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

8 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

12 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

17 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

18 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

3 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

6 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

7 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

7 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

7 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

7 महीना पहिले