समृद्ध मधेशको रुपमा विकास गर्न निःस्वार्थ भएर लाग्नेछु : सांसद राइन
ममता शर्मा
गौशाला , असोज १२ गते
मधेश प्रदेश सांसद जयनुल राइनले आउदो चुनावमा पुन: निर्वाचित भएमा यस कार्य अवधिमा गर्न नसकेको काम पुरा गर्ने बताएका छन् । मंगलबार रेडियो जुनताराको कार्यक्रम जनआवाजमा पत्रकार निरन्जन साहसंग कुराकानी गर्दै उनले यस्तो भनेका हुन् । उनले मधेश प्रदेशलाई समृद्ध प्रदेशको रुपमा विकास गर्न निःस्वार्थ भएर लागि पर्ने दावी गरेका छन् ।
मधेश प्रदेशका सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने उनले बताए । जनता नै सर्वेसर्वा रहेको उनको भनाइ छ ।
उनले भने , “समस्याको समाधान जनतालाई चिढाएर, रुष्ट बनाएर, त्यहाँबाट धपाएर गर्ने हैन । उनीहरुलाई सुरक्षित अनुभूति हुने गरी र अपनत्व महसुस हुने गरी समाधान गरिनुपर्छ । त्यसका लागि म चरणबद्ध योजना कार्यान्वयनमा ल्याउनेछु । स्थानीय बासिन्दाको मन दुख्ने काम मैले कहिल्यै पनि गर्नेछैन । चुनावको मुखमा आएर काम देखाउन भित्री सडकहरु भत्काएर अलपत्र पारिएका छन् । सडकका आयोजनाहरु समयमै निर्माण सम्पन्न गर्न ठोस र प्रभावकारी कदम चाल्ने छु । ढल निकास र खानेपानी समस्याको समाधान गर्न प्रभावकारी काम गर्नेछु ।शिक्षा, स्वास्थ्य, रोजगारको क्षेत्रमा महत्वपूर्ण योजना बनाएका छौं । “
उनले जनताले रगतपसिना बगाएर तिरेको करको सदुपयोग गर्न चाहेको बताए । “त्यो करबाट लाभ लिने पहिलो हकदार जनता हुन् । त्यसको प्रत्याभूति दिलाउन चाहन्छु ।“ उनले भने यो परिस्थितिमा बनेको गठबन्धन संविधानको रक्षा, लोकतन्त्रको रक्षा, जनताका अधिकारको रक्षा, प्रेस स्वतन्त्रता, स्वाभीमानसहितको राष्ट्रियताको रक्षा गर्न निरन्तर लागिरहेको छ । जुन शक्तिले मुलुक र संविधानलाई नै ध्वस्त पार्ने षड्यन्त्र गर्योु, त्यसलाई पराजित गर्नुपर्छ र त्यस्तो शक्तिलाई मुलुकमा उदय हुन दिनुहुँदैन भन्ने उद्देश्यका साथ हामी चुनावमा पनि सँगसँगै अघि बढेका छौं ।“
उनले जनतालाई फेरि गल्ती नदोहोर्यासउनुस् आग्रह गरेका छन् । “यसपटक मलाई आफ्नो मत दिएर जिताउनुस् । म तपाईंकै सेवक हुँ र बाँकी जीवन पनि नगरवासीकै सेवक भएर बिताउने छु ।मधेश प्रदेशलाई समृद्ध प्रदेशको रुपमा विकास गर्न निःस्वार्थ भएर लाग्नेछु ।“
राइन मधेश प्रदेशको क्षेत्र न. २ (क ) निर्वाचित सांसद हुन् ।
साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..
जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..
1 दिन पहिले
गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन
महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..
20 दिन पहिले
महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..
निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..
28 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
1 महीना पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
1 महीना पहिले
गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..
गौशाला, महोत्तरी असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..
2 महीना पहिले
रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..
गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि १५ जना व्यक्तिहरू मा..
4 महीना पहिले
नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..
महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..
5 महीना पहिले
राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..
काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..
5 महीना पहिले
गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..
ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..
6 महीना पहिले
गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन
निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..
7 महीना पहिले
साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..
जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे ..
कमेन्ट गर्नुहोस्
view comments