सरकारमा जानेबारे लोसपाले तत्काल निर्णय नलिने

3 वर्ष पहिले प्रकाशित

(2079-09-15 B.S.)

1813 पटक देखिएको

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले वर्तमान सरकारलाई सहयोग गर्ने कि नगर्ने विषयमा केही दिन कुर्ने भएको छ । सरकारलाई सहयोग गर्न एमाले र माओवादी केन्द्रका तेस्रो, चौथो तहका नेताहरुले प्रस्ताव लिएर आएपनि शीर्ष तहबाट कुनै सोधखोज गरिएको छैन । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने जिज्ञसामा सो पार्टीका कार्यकारिणी सदस्य एवं प्रतिनिधि सभा सदस्य सर्वेन्द्रनाथ शुक्लाले विश्वास मत दिने अघिल्लो दिन मात्र आफूहरुले त्यसको बारेमा निर्णय गर्ने बताए ।

हालसम्म प्रतिपक्षमा बस्ने कि सत्ता पक्षमा बस्ने निर्णयमा नपुगेका लोसपा सत्ता गठबन्धनको गतिविधिलाई नजिकबाट नियाली रहेको छ । नेता शुक्लाले भने, ‘अहिलेको वर्तमान सरकार र गठबन्धनले के गरिरहेका छन् त्यसलाई हामीले नजिकबाट नियाली रहेका छौं, आवश्यकता अनुसार हामीले निर्णय गर्छौ ।’ सत्ता पक्षबाट सरकारमा सामेल हुने विषयमा कुनै पनि प्रस्ताव नआएको बताउँदै उनले ती पार्टीका तेस्रो, चौथो तहका नेताहरुले प्रस्ताव गरेका छन् त्यो आधिकारीक जस्तो नदेखिएको बताए ।

आफूहरुले उठाएको माग मुद्दा र एजेण्डा कार्यान्वयन गर्ने प्रतिवद्धता आयो भने सरकारलाई समर्थन गर्ने विषयमा छलफल गर्न सकिने उनले बताए । नागरिकता विधेयक पारित हुन्छ कि हुँदैन अहिलेका सरकारले ठोस रुपमा नीति तथा कार्यक्रममै ल्याउनुपर्छ । मधेस आन्दोलनको क्रममा मुद्दा लागेका, थुनामा रहेकाहरुलाई रिहाय गर्ने कि नगर्ने विषय पनि सरकारले आफ्नो नीति तथा कार्यक्रममै ल्याउनुपर्ने नेता शुक्लाको माग छ ।

सरकार कसरी अगाडि बढ्छ त्यसको नीति तथा कार्यक्रमले प्रष्ट हुन्छ, त्यसपछि लोसपालाई केही निर्णय गर्न सजिलो हुने उनको धारणा छ । रातोपाटीसँग कुरा गर्दै नेता शुक्लाले गठबन्धन, सरकार, संसदलगायतको विषयमा आफूहरुले गहन छलफल गरिरहेको र केही दिनमै एउटा निष्कर्षमा पुग्ने उनले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

2 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

21 दिन पहिले

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

29 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

1 महीना पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

1 महीना पहिले

गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..

गौशाला, महोत्तरी  असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..

2 महीना पहिले

रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..

गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि  १५ जना व्यक्तिहरू मा..

4 महीना पहिले

नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..

महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..

5 महीना पहिले

राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..

काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..

5 महीना पहिले

गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..

ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..

6 महीना पहिले

गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन

निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..

7 महीना पहिले