आज बस्दै मधेश प्रदेश सभाको पहिलो बैठक

3 वर्ष पहिले प्रकाशित

(2079-09-18 B.S.)

2495 पटक देखिएको

जनकपुरधाम - मधेश प्रदेशसभाको पहिलो अधिवेशन बैठक आज (सोमबार) बस्दै छ । नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको शपथग्रहण पछि प्रदेशसभाको पहिलो बैठक आज ण्बस्न लागेको हो ।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम आज दिउँसो १ बजेका लागि प्रदेश प्रमुख हरिशंकर मिश्रले अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश सरकार मन्त्रीपरिषद्को बैठकबाट प्रदेशसभाको अधिवेशन आह्वान गर्ने निर्णय अनुसार सिफारिस भई आए अनुरुप संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख मिश्रबाट प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका सचिव राजेन्द्र पराजुलीले बताए ।

आजको पहिलो बैठकमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको पत्र प्रदेशसभा सदस्यहरुलाई पढेर सुनाउने पहिलो कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए । बैठकमा प्रदेशसभा नियमावली नबनेसम्मका लागि पुरानै नियमावलीलाई अनुमोदन गर्ने कार्यसूची रहेको उनले बताए ।

उनका अनुसार प्रदेशसभाको बैठकमा सभामुखको चुनाव नभएसम्मका लागि अध्यक्ष मण्डल चयन गरिनेछ । प्रत्येक दलको प्रतिनिधित्व हुने गरी अध्यक्ष मण्डल बनाइने उनले बताए । त्यस्तै प्रत्येक दलबाट संसदीय दलको नेता वा प्रतिनिधिले शुभकामना मन्तव्य राख्ने कार्यसूचि रहेको छ । बैठकबाट सभामुख र उपसभामुख चयनका लागि मनोनयन दर्ताको मिति तोकिने कार्यसूची रहेको सचिव यादवले बताए ।

मधेश प्रदेशमा सभामुख र उपसभासमुख चयनका लागि पुस ३० गते मनोनयन दर्ता गर्ने र माघ २ गते उम्मेदवारीको प्रस्तावलाई प्रदेशसभामा निर्णयार्थ पेस गरिने बताइएको छ । प्रदेशसभा सदस्यहरुले शपथग्रहण गरेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्ने कानुनी प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

2 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

21 दिन पहिले

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

29 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

1 महीना पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

1 महीना पहिले

गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..

गौशाला, महोत्तरी  असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..

2 महीना पहिले

रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..

गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि  १५ जना व्यक्तिहरू मा..

4 महीना पहिले

नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..

महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..

5 महीना पहिले

राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..

काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..

5 महीना पहिले

गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..

ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..

6 महीना पहिले

गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन

निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..

7 महीना पहिले