भारतले जित्यो श्रीलङ्काविरुद्धको टी-२० सिरिज

3 वर्ष पहिले प्रकाशित

(2079-09-24 B.S.)

4601 पटक देखिएको

श्रीलङ्काविरुद्धको टी – २० सिरिजको तेस्रो तथा निर्णायक खेलमा भारतीय टोली ९१ रनले विजयी भएको छ। यो जितसँगै भारतले तीन खेलको सिरिज २–१ ले जितेको छ। राजकोटमा भारतले दिएको २ सय २९ रनको लक्ष्य पछ्याएको पाहुना टोलीले १६.४ ओभरमा अलआउट हुँदै १ सय ३७ रन बनायो।

श्रीलंकाका लागि कप्तान दशन शनाकाले २३ रन बनाउँदा कुशल मेन्डिसले पनि २३ नै रन बनाए । धनन्जय डा सिल्भा २२ रनमा आउट हुँदा चरिथ असलंकाले १९ रन बनाए । पथुम निशंकाले १५ रन बनाउँदा कशुन रन्जिथा ९ रनमा अविजित रहे । भारतका लागि अर्शदिप सिंह ३ तथा उमरान मल्लिक,हार्दिक पाण्ड्या र युजभेन्द्र चहलले समान २/२ विकेट लिए । अक्षर पटेलले १ विकेट आफ्नो नाममा गरे।


त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर २ सय २८ रन बनायो । पहिलो ओभरमा नै ३ रन बनाउँदा इशान किशनलाई गुमाएको भारतले राम्रो कमब्याक गरेर २ सय २९ रनको विशाल लक्ष्य बनायो। सुर्यकुमार यादवले ५१ बलमा ७ चौका र ९ छक्काको सहयोगमा अविजित १ सय १२ रनको शतकीय ईनिङ खेले । यो उनको तेस्रो टी-ट्वान्टी अन्तराष्ट्रिय शतक हो । उनले ४५ बलमा शतक पूरा गरेका थिए ।

शुभमन गिलले ३६ बलमा ४६ रन बनाउँदा राहुल त्रिपाटीले १६ बलमा ३५ रन बनाए । अक्षर पटेलले ९ बलमा अविजित २० रन बनाए। श्रीलंकाका लागि दिल्सान मधुशंकाले २ तथा कुशन रन्जिथा,वानिन्दु हसरंगा र चमिका करुणारत्नेले समान १/१ विकेट लिए। भारत र श्रीलंकाबीच अब तीन खेलको एकदिवसीय सिरिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

7 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

7 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

8 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

10 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

11 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

7 दिन पहिले

अयोजकलाई स्तब्ध पार्दै श्रीनगर विजयी

कार्तिक १ गते ।महोतरी । गौशालाको कान्तिबजार परडियामा सम्पन्न अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको उपाधि स..

15 दिन पहिले

कान्तिबजारमा जारी फुटबल टुर्नामेन्टमा आयोजनक, टुटेश्वर..

संतोष सिंह महोतरी, असोज ३१ गते । गौशालाको कान्तिबजार परडियामा जारी अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको प..

16 दिन पहिले

सोनमामा वडा स्तरीय क्रिकेट टुर्नामेन्ट हुदै

अनिल कुमार यादव, सोनमा  महोत्तरीको सोनमा गाउँपालिका वडा नं.३ खखना स्थित सात दिने वडा स्तरीय क्रिकेट टुर्नामेन्..

5 महीना पहिले

सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगि..

महोत्तरी, चैत्र २० गते  सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता बुधबारदेखि श्री सरस्वती माध..

7 महीना पहिले

गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न

ममता शर्मा महोत्तरी , कार्तिक १३ गते । महोत्तरीको गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । गौ..

1 वर्ष पहिले