सरोज यादव : गाविस अध्यक्षदेखि मुख्यमन्त्रीसम्म

2 वर्ष पहिले प्रकाशित

(2079-09-27 B.S.)

3128 पटक देखिएको

पुस २७

बारा—पटक–पटक कार्यकारी पदमा रही अनुभव बटुलेका सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । यसअघि संघीय सरकारमा दुईपटक राज्यमन्त्री र मधेस प्रदेशका सभामुख भइसकेका उनी मुख्यमन्त्री बनेका हुन् । 

बारा निर्वाचन क्षेत्र नम्बर १ को (२) बाट उनी एमाले र जसपाबीचको चुनावी तालमेलमा उनी प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएर दोस्रो पटक निर्वाचित भएका हुन् । यसअघि २०७४ मा तत्कालीन राजपाबाट प्रदेश सभामा यही क्षेत्रबाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।

राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीबाट राजनीति सुरु गरेका उनी पहिलो पटक तत्कालीन राजपाबाट चुनावी प्रतिस्पर्धामा थिए भने यसपटक जसपामा प्रवेश गरी उम्मेदवारी दिएका थिए । दोस्रो पटकको चुनावमा उनको क्षेत्रमा गत मंसिरको चुनावमा वाम लोकतान्त्रिक गठबन्धन थिएन । कांग्रेस र नेकपा एसको छुट्टै उम्मेदवारसित प्रतिस्पर्धा गरी ४ हजारभन्दा बढी मतान्तरले नजिकका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार नागेन्द्र साहलाई पछि पार्दै विजयी भएका थिए ।

२४ वर्षकै उमेरमा वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा पढ्दापढ्दै तत्कालीन हरिहरपुर गाविसको अध्यक्षमा पहिलो पटक निर्वाचित हुँदै उनी राजनीतिक यात्रा थालेका थिए । २०५९ सालसम्म उनी गाविस अध्यक्ष हुँदा लोकप्रियता कमाएका थिए ।

२०३० सालमा जन्मिएका उनी सिम्रौनगढ नगरपालिका–३ नयका टोला निवासी हुन् । भारतीय सीमावर्ती क्षेत्रका उनको भारत बिहारका नेतासित राम्रो सम्बन्ध छ । गाँउ आसपासमा धार्मिक, शिक्षा, सामाजिक र स्वास्थ्य क्षेत्रमा उनका परिवारले जग्गा र नगद दान गरेकाले यसक्षेत्रमा उनको परिवारको योगदान छ ।

धनाढ्य परिवार (जमिन्दार) का उनका स्वर्गीय पिता प्रमानन्दप्रसाद यादव पनि पञ्चायतकालमा गाउँ पञ्चायतका मुखिया हुँदै प्रजातन्त्रपछि सद्भावना पार्टीका नेता थिए ।सद्भावना पार्टीका उनी महासचिव थिए । जसपा, लोसपा, सद्भावनालगायतका मधेसकेन्द्रित दल एकीकरण भएर राजपा बन्दा उनी राजपाका राष्ट्रिय उपाध्यक्ष बनेका थिए । उनले प्रवीणता प्रमाणपत्र तह (आईएससी) सम्म अध्ययन गरेका हुन् । माध्यमिक शिक्षा गाउँनजिकै सिम्रौनगढस्थित कंकाली माविबाट लिएका हुन् ।

२०६४ सालको पहिलो संविधानसभा सदस्यमा बारा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ सद्भावना पार्टीबाट निर्वाचित हुँदै संसदीय यात्रा सुरु गरेका थिए ।

तत्कालीन मधेसी जनाधिकार फोरमका उम्मेदवार रामबाबु यादवलाई पराजित गरी उनी विजयी भएका थिए । त्यसबेला नेकपा माओवादीको सरकार थियो । पुष्पकमल दाहाल र बाबुराम भट्टराई नेतृत्वको सरकारमा सद्भावना पार्टीबाट उनी पहिलो पटक संघीय स्वास्थ्य राज्यमन्त्री र दोस्रोपटक उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बने ।

२०७० मा भने फेरि यसै क्षेत्रबाट दोस्रोपटक संविधानसभा सदस्यमा उम्मेदवार बन्दा कांग्रेसका उम्मेदवारसँग पराजित भए । २०७४ मा बारा निर्वाचन क्षेत्र १ को (२) बाट प्रदेशसभा सदस्यमा तत्कालीन राजपाबाट विजयी भई मधेस प्रदेशका सभामुख बनेका थिए ।

पाँच वर्षसम्म सभामुखको अनुभव बटुलेका उनले २०७९ को चुनावमा सोही क्षेत्रबाट एमालेको तालमेलमा जसपाको तर्फबाट उम्मेदवार भएर विजयी भई मुख्यमन्त्री भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तीन दिन वर्षा हुने, बाली अहिले नकाट्न सुझाव

महोत्तरी, बैशाख ३ गते । मौसम पूर्वानुमान महाशाखाले अबको तीन दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको..

3 दिन पहिले

गौशालाको एक होटलमा आफ्नो छोरीसमेतलाई देह व्यापारमा लगा..

महोत्तरी, चैत्र २७ गते   महोत्तरीमा एक होटेलमा देह व्यापारको अवैध क्रियाकलापको बारेमा स्थानीय बासिन्दाले चा..

11 दिन पहिले

महोत्तरीको गौशालामा उपचारको क्रममा बालकको मृत्यु भएपछि..

महोत्तरी, चैत्र २४ गते महोत्तरीको गौशालामा उपचारको क्रममा बालकको मृत्यु भएपछी स्थानीयहरु आन्दोलित भएका छन् । आइ..

13 दिन पहिले

सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगि..

महोत्तरी, चैत्र २० गते  सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता बुधबारदेखि श्री सरस्वती माध..

17 दिन पहिले

महोत्तरी लगायत मिथिलाञ्चलमा आज देखि चैती छठ पर्व सुरु

गौशाला, चैत १९ गते । महोत्तरी लगायत मधेसका जिल्लाहरुमा मंगलबार देखि  चैती छठ पर्व सुरु भएको छ । चार दिनसम्म मनाइ..

18 दिन पहिले

भ्रष्टाचार, वेथिति र प्रतिगमनविरुद्ध खबरदारी गर्न सोनम..

निरन्जन कुमार साह महोत्तरी, चैत्र ११ गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) द्वारा भ्रष्टाचार, वेथिति र प..

26 दिन पहिले

महोत्तरीमा एमालेको ‘लाल किला’ बनाउने मन्त्री यादवको घो..

महोत्तरी , फाल्गुन ५ गते ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सांगठनिक विस्तारलाई तीव्र बनाउँदै महोत्तरीलाई ‘ला..

2 महीना पहिले

अखिल क्रान्तिकारीको उमेर हद सम्बन्धि चुनाव हुँदै

महोत्तरी , पुष १३ गते अखिल ( क्रान्तिकारी ) को संगठनात्मक संरचना अनुसार भौगोलिक र गैर भौगोलिक गरि  ८६ वटा जिल्ला ..

4 महीना पहिले

रामगोपालपुर -२ मा खाँ विजयी

महोत्तरी, मंसिर १७ गते महोत्तरी को रामगोपालपुर नगरपालिका वार्ड नं २ मा आईतबार भएको वड़ाध्यक्ष पदको उपनिर्वाचन मा..

5 महीना पहिले

महोत्तरीमा एमालेको पार्टी प्रवेश कार्यक्रम भव्यताका सा..

अनिल कुमार यादव सोनमा , कार्तिक ५ गते महोत्तरी जिल्लाको सोनमा गाउँपालिका स्थित नेपाल कम्युनिस्टपार्टी नेकपा एमा..

6 महीना पहिले

गौशालामा फर्जी बुवा बनाएर लिए नागरिकता

महोत्तरी , साउन २२ गते । महोत्तरीको गौशाला नगरपालिका अन्तर्गत रहेको गौशाला इलाका प्रसाशन कार्यालयबाट फर्जी बुवा..

9 महीना पहिले

तीन दिन वर्षा हुने, बाली अहिले नकाट्न सुझाव

महोत्तरी, बैशाख ३ गते । मौसम पूर्वानुमान महाशाखाले अबक..