नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदानमा पत्रकार सम्मानित
पवन प्रसाद साह
चैत ३० गते , वीरगंज
सनातन संस्कृति समाज नेपाल वीरगंज,पर्साद्वारा नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
वीरगंज महानगरपालिका वार्ड नं १२ स्थित रानिघाटमा भएको कार्यक्रममा पुरानो वर्षलाई बिदाई गर्दै नयाँ वर्ष २०८० साललाई स्वागत गर्दै शुभकामना आदानप्रदानमा पत्रकार तथा व्यवसायीहरुलाइ पनि सम्मानित गरिएको छ। नयाँ वर्ष शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि सनातन संस्कृति समाज नेपालका केन्द्रीय उपाध्यक्ष तथा पुर्व जिविस पर्साका सभापति शम्भु प्रसाद चौरसिया तथा कार्यक्रमका संयोजक राजेश गुप्ताले संयुक्त रुपमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिरमा फुलमाला अबिर लगाई कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि अतिथि चौरसियाले २०७९ साल जसरी बित्यो त्यसलाइ बिदाई गर्दै नयाँ वर्ष २०८० साल भोलि देखी प्रारम्भ हुने दिन सबैजनाको सुखमय बितोस भन्दै शुभकामना व्यक्त गरेका थिए।
त्यस्तै शुभकामना कै क्रममा कार्यक्रमका सभापति राजेश गुप्ताले पुरानो वर्षलाइ बिदाई गर्दै नयाँ वर्षलाइ स्वागत गर्दै शुभकामना व्यक्त गरेका थिए। त्यस्तै शुभकामना आदानप्रदान कै क्रममा विशिष्ट अतिथि सनातन सांस्कृतिक समाज नेपालका केन्द्रीय सदस्य विश्वनाथ साह तेली, केन्द्रीय सह महामन्त्री अजय पौडेल, नेपाल राष्ट्रवादी समुहका अध्यक्ष विरेन्द्र थापाले नयाँ वर्षको शुभकामना व्यक्त गरेका थिए।
शुभकामना आदानप्रदान कै क्रममा पर्साका पत्रकार तथा व्यवसायीहरुलाइ सम्मान पत्र वितरण गरिएको थिए। सम्मान पत्र पाउनेमा रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साह, रौतहट एक्स्प्रेसका संवादाता पवन प्रसाद साह, प्रहार डेलीका संचालक राहुल गुप्ता, राजधानी दैनिकका तुलसि भण्डारी, न्युज आजतक दैनिकका किरण सत्याल, मोर्चा सप्ताहिकका सम्पादक संकर खतिवडा,दर्पण सप्ताहिकका सम्पादक कल्याण बहादुर हाडा, नारायणी धारा साप्ताहिकका सम्पादक शेषमन पंडित, रेडियो समग्र मधेसका संवादाता चन्द्रशेखर कुमार प्रजापति,जनसृष् दैनिकका कार्यकारी सम्पादक युवराज खड्का,श्री गोविन्द ट्रेडर्सका नरेस कुमार साह,श्री वर्मा हार्डवेयरका धिरज सिंह, श्री तुलसी ट्रेडर्स सप्लायर्सका रामबाबु साह,निर्मल कम्प्युटर सप्लायर्सका संतोस कुमार कलवार,नेपाल राष्ट्रवादी समुहका अध्यक्ष बिरेन्द्र थापालाइ सनातन संस्कृति समाज नेपालका केन्द्रीय उपाध्यक्ष तथा पुर्व जिविस पर्साका सभापति शम्भु प्रसाद चौरसियाले दोसाला ओढाइ सम्मान पत्र वितरण गर्दै नयाँ वर्षको शुभकामना दिएका थिए।
नयाँ वर्षको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सनातन संस्कृति समाज नेपाल का केन्द्रीय उपाध्यक्ष तथा पुर्व जिविस पर्साका सभापति शम्भु प्रसाद चौरसियाको प्रमुख अतिथि तथा कार्यक्रम संयोजक राजेश गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथि सनातन संस्कृति समाज नेपालका केन्द्रीय सदस्य विश्वनाथ साह तेली, केन्द्रीय सहमहामन्त्री अजय पौडेल, जिल्ला सदस्य दिपनारायण यादव,उदित सहनी,लगायत पत्रकार तथा व्यवसायीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन सम्भु घिमिरेले गरेका थिए।
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..
21 दिन पहिले
कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..
भाग्यरेखा ठाकुर महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..
22 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
27 दिन पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
1 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
1 महीना पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
2 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
5 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
5 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
5 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
6 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
6 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments