आइसियु सहितको सुविधा सम्पन्न हस्पिटल सर्लाहीमा पहिलोपटक खुल्यो

2 वर्ष पहिले प्रकाशित

(2080-06-28 B.S.)

3558 पटक देखिएको

सर्लाही,असोज २८ गते ।
सर्लाहीमा पहिलोपटक  सुविधा सम्पन्न हस्पिटल् खुलेको छ । मलंगवा नगरपालिका वडा नं वडा नं २ मा आईसियू सहितको  म्याक्स मल्टिस्पेसियाल्टी हस्पिटल  एण्ड ट्रामा सेन्टर खुलेको छ । हस्पिटलको उद्घाटन मलंगवा नगर प्रमुख नागेन्द्र रायले गर्नुभएको छ ।
म्याक्स हस्पिटलमा वरिष्ठ हाड, जोर्नी तथा नशा रोग विशेषज्ञ डां संजय कुमार साह, मुटु रोग विशेषज्ञ  डां राजेश कुमार साह, वरिष्ठ स्त्री, प्रसूति तथा नि: सन्तान रोग विशेषज्ञ डां विजय कुमार कापर, डां निमु कुमारी साह, रेडियोलोजिष्ट डां सोहन कुमार साह लगायतका विशेषज्ञ  चिकित्सकहरु बाट सेवा प्रदान गरिने छ ।
हस्पिटलमा आइसियू, एनआईसियू, भेन्टिलेटर, दुरबिन द्वारा आधुनिक प्रकृया बाट सल्यक्रिया, ईमरजेन्सी सेवा, २४ औँ घन्टा एम बि बि एस डाक्टर सहितको सेवा, लगायत विभिन्न सेवा प्रदान गरिने म्याक्स हस्पिटलका संचालक बिभाष कर्णले जनाएको छ ।
खासगरी सर्लाहीमा सुविधा सम्पन्न अस्पताल नहुदा सर्लाहीवासी जनकपुर, बिरगंज, भरतपुर, धरान, काठमाडौं, भारतको विभिन्न अस्पताल जादा महंगो उपचार गराउने बाध्यतालाई अन्तय गर्नको लागि सर्लाहीमा म्याक्स हस्पिटल खुलेको अस्पतालका संचालक डां विजय कापरले जानकारी दिनुभयो ।
कविलासी नगरपालिकाका पुर्व नगरप्रमुख कौशल किशोर रायले सर्लाहीमा रहेको प्रदेशीक अस्पताल बाट प्राय जसो बिरामी रेफर हुने गरेको तथा स्थानीयलाई पनि सरकारी अस्पताल प्रति विश्वास घटेको बताउनुभयो । उहाले  राम्रो हस्पिटल नहुदा शास्ती भोगनु परेको थियो हाल सुविधा सम्पन्न हस्पिटल भएपछी त्यो शास्ती हटेको बताउनुभयो ।
समयमै विशेषज्ञ डाक्टरको उपचार नपाएर कतिपयको अकालमै मृत्यु पनि हुने भएको हुदा कम खर्चमा विशेषज्ञ सेवा प्रदान गर्न हस्पिटल खोलिएको डां कापरले बताउनुभयो ।
कार्यक्रममा मधेश प्रदेशका प्रदेश सभा सदस्य  जंगिलाल राय यादव, कौशल किशोर राय, सकुन्ती देवी,नेपाली कांग्रेसका  पुर्व सभापति लक्षमण राय, नापी कार्यलय प्रमुख संजय मनान्धर लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

18 घन्टा पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

7 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

15 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

15 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

15 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

18 घन्टा पहिले

महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष संचालन

निरन्जन कुमार साह, महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । पालिकाले केहि दिन..

6 महीना पहिले

जनकपुरको विभिन्न अस्पतालमा मुख्य मन्त्रीको अनुगमन 

निरन्जन कुमार साह , महोत्तरी  मधेश प्रदेशका मुख्य मन्त्री सतिश कुमार सिंहले जनताको स्वास्थ्य सुरक्षा सुनिश्चि..

9 महीना पहिले

महोत्तरीमा ४५ हजार ४ सय ६४ जना किशोरिलाई खोप लगाइने 

आर.जे. इर्साद  महोत्तरी , माघ १६ गते  महोत्तरीको जलेश्वर स्थित रहेको जिल्ला समन्वय समिति कार्यालयको बैठक हलमा ..

9 महीना पहिले

गौशालामा रक्तदान कार्यक्रम सम्पन्न

निरन्जन कुमार साह महोत्तरी , कार्तिक १६ गते   महोत्तरीको गौशालामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नव जीवन सा..

1 वर्ष पहिले

गौशालामा स्तनपान सप्ताह कार्यक्रम सम्पन्न

ममता शर्मा , महोत्तरी महोत्तरीको गौशालामा सामुदायिक विकास पैरवी मंचले विभिन्न स्वास्थ्य चौकीमा स्तनपान सप्ताह ..

1 वर्ष पहिले