भ्रामक समाचारप्रति नेता साहको आपत्ति
2 वर्ष पहिले प्रकाशित
(2080-12-13 B.S.)
1914 पटक देखिएको
ममता शर्मा
महोत्तरी , चैत्र १३ गते
नेकपा माओवादी पार्टीका नेता तथा प्रदेश सभा सदस्य भरत प्रसाद साहले भ्रामक समाचार बनाएर चरित्र हत्या गर्ने प्रयास गरिएको बताएका छन् । गत मंगलबार न्युज प्रवाह डट कममा प्रकाशित “मधेसमा माओवादीको ओरालो यात्रामा भरत साहको भूमिका” नामक समाचार सत्य र तथ्यविहिन रहेको नेता साहले दावी गरेका छन् । उनले यस्तो बिना प्रमाण समाचार लेख्ने संचारकर्मीमाथि कडा भन्दा कडा कारवाहीको माग गरेका छन् ।
साहले सो समाचारमा आफुलाई पूर्वाग्राही बनाएर विना प्रमाणको एक पक्षीय समाचार लेखिएको आरोप लगाएका छन् । उनले भने , “समाचार एक पक्षीय छ । यसमा मलाई बिना प्रमाण पूर्वाग्राही बनाइएको छ । जबकि मैले सुरुवातको समय देखि माओवादी पार्टीको लागि विभिन्न समयमा मेहनती र लगनशील भएर कार्य गर्दै आएको छु । पार्टीको उन्नति र प्रगतिको लागि आफ्नो कार्यकालमा विभिन्न कार्य गरेको छु । जनताले मेरो काम हेरेर नै मलाई दोश्रो कार्यकालको लागि पनि गतको चुनावमा निर्वाचित गराएको हो मैले सदैव जनताको लागि नै कार्य गरेको छु ।”
नेता साहले समाचारमा ‘मैले गरेको कुनै गलत कार्य भए प्रमाण सहित खुलाउनुपर्ने’ बताए । तर समाचारमा एउटा पनि कुरा प्रमाण सहित नलेखिएको भेटिएकोले उनले खेद प्रकट गरेका छन् । यसरि समाचार लेख्दा सोचविचार नगरी , प्रमाण नजुटाई , सत्य तथ्य नकेलाई समाचार लेख्ने पत्रकारले पित पत्रकारिता गरेको देखिएको उनले बताए । उनले फेरी भने , “संचारक्षेत्रको अवस्था पनि अहिले पहिलाको तुलनामा खस्किदै गएको छ । त्यसको प्रमुख कारण पनि यस्ता यस्ता पत्रकार नै हुन् । जसले सत्यको पक्ष र असत्यको विपक्षमा कलम चलाउन सकेनन् । तसर्थ संचारकर्मीहरुले समाजको हितको लागि , न्यायको लागि कलम चलाउनुपर्छ । होइन भने झुटा र भ्रामक कुरा लेख्नेहरुले पत्रकारिता नगरेकै बेश हुन्छ ।”
मधेशी सहिद प्रतिष्ठान संचालन गरि सहिद परिवार तथा आन्दोलनका क्रममा घाइते , बेपत्ता भएका परिवारको हितको लागि कार्य गरेको छु भन्दै आफ्नो कार्य कालमा यस्ता अनेक कार्य गरेको उनले दावी गरे । उनले भने , यदि मैले पार्टीको हित विपरित कार्य गरेको भए म पुन: प्रदेश सभा सदस्य बन्ने थिइन र पार्टीमा संसदीय दलको नेता पनि बन्ने थिइन । तर महोत्तरी क्षेत्र न. १ को (ख) बाट २०७४ को चुनाव भन्दा २०७९ को चुनावमा बढी मत ल्याएर म बिजयी भए । यो सव मैले पार्टीप्रति गरेको मेहनतको नतिजा हो । उक्त समाचारमा मैले आफ्नो पार्टीका अन्य व्यक्तित्वहरुलाइ थिचोमिचो गर्न खोजेको कुरा लेखिएको छ , जुन सरासर झुट हो, गलत हो । माओवादी पार्टीकै नेता तथा पुर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले महोत्तरी क्षेत्र न. १ को (ख) बाट राम्रै मत पाए ।तर उनले क्षेत्र न. १ को (क) मा कम मत पाएको कारण हार व्यहोर्न पुगे । त्यसको दोषी म होइन । तसर्थ पार्टीका अन्य व्यक्तिहरुलाइ सहयोग नगरेको भनेर समाचारमा गलत टिप्पणी गरिएको छ ।
पार्टीको लागि गरिएको प्रमुख कार्यहरुप्रति नेता साहको भनाइ यस्तो छ ,
२४० बर्षीय तानाशाही राजतन्त्रलाई फालेर वर्गीय खाडललाई पुर्न र देशमा जनवादी क्रान्ति सम्पन्न गरी समाजवादको दिशा तर्फ अघि बढ्न, पार्टीले २०५२ साल फाल्गुण ०१ गते जनयुद्धको थालनी गर्यो र म त्यस युद्धमा होमिएँ।
मलाई थाहा छ, सो विद्रोहको एक सच्चा सिपाहीको नाताले, मैले आफू र आफ्ना घर-परिवार भन्दा देश र जनतालाई सर्वोपरि ठानी आवश्यक परे देशको लागि बलिदान हुनसमेत पछि नपर्ने सङ्कल्प सहित, युद्धका विभिन्न मोर्चाहरू सम्हालेँ। सोही क्रममा २०६० साल आषाढ ३ गते महोत्तरीको खयरमारा मा. वि. निर सेनाको गोली हातमा लागी घाइते हुन पुगेँ। तर मेरो अदम्य साहस अनि देश र जनता प्रतिको माया र लगावको कारण कहिल्यै विचलित भइनँ। बरू निरन्तर युद्धकै मोर्चामा एक सच्चा क्रान्तिकारी भई डटिरहेँ; कहिले जङ्गलमा त कहिले सेना र प्रहरीको बन्द कोठरीमा मेरो बास हुन्थ्यो जो समयको माग पनि थियो। स्मरण रहोस्, युद्धताका मेरो हजुरबुवा, बुवा र भाइले पनि धेरै पटक जेल जीवन व्यतीत गरेका छन्।
यसरी १० वर्षे सशस्त्र जनयुद्धले शाही निरङ्कुशताको जरो हल्लाइदियो र त्यसै बेला नेपाली काँग्रेस लगायत विभिन्न राजनीतिक दलहरूसँग एकता कायम गर्दै हाम्रो पार्टीले १२ बुँदे लिखित सम्झौता गरी निरंकुश राजतन्त्रलाई फाल्ने र नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने हेतू अघि बढ्यो। परिणाम स्वरूप १० वर्षे जनयुद्ध र १२ बुँदे सम्झौताको बलमा ०६२/०६३ को जनआन्दोलनले २४० वर्षे शाही राजतन्त्रलाई जरैदेखि नै उखेलेर फाल्न सफल भयो।
अत: यसरी स्थापित भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल र यसको संविधानलाई प्रतिगमनकारी तत्वहरूबाट फेरि पनि बचाउन र युद्धका उपलब्धिहरूलाई जोगाउन ५ दलीय गठबन्धनको साझा उम्मेदवारको रूपमा महोत्तरी क्षेत्र नम्बर १(२) बाट मधेश प्रदेश सभा सदस्यमा मेरो उम्मेदवारी कायम रह्यो र तपाईं आम जनता अनि ५ दलीय गठबन्धनका घटक दलहरूले भगिरथ प्रयत्न र अथक मिहिनेत गरी मलाई विजयी बनाउन सफल पनि हुनुभयो।
यसर्थ, युद्धबाट आएको एक सच्चा सिपाहीको नाताले, अनि ५ दलीय गठबन्धनको साझा उम्मेदवार भएको करणले, यस क्षेत्रको विकास र समृद्धिको निम्ति ५ दलीय गठबन्धन घटकलगायत तपाईं आम जनतालाई म कहिल्यै निराश हुन दिने छुइनँ। पार्टीको लागि , जनताको लागि जहिले पनि हकहितको काम गरेको छु र गरिरहनेछु ।
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
16 घन्टा पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
15 दिन पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
1 महीना पहिले
जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..
निरन्जन कुमार साह महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
3 महीना पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
16 घन्टा पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
3 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
4 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
4 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
4 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
4 महीना पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालि..
कमेन्ट गर्नुहोस्
view comments