भ्रामक समाचार प्रति नगर प्रमुख क्षेत्रीको गम्भीर ध्यानाकर्षण

2 वर्ष पहिले प्रकाशित

(2080-12-15 B.S.)

1778 पटक देखिएको

ममता शर्मा

महोत्तरी , चैत्र १५ गते

बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले भ्रामक समाचार सम्प्रेषण गरेप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । नगर प्रमुख क्षेत्रीले गत मंगलबार न्युजप्रवाह डटकम अनलाइनमा प्रकाशित ‘मधेसमा माओवादीको ओरालो यात्रामा भरत साहको भूमिका’ नामक समाचारमा आफ्नो नाम समेत जोडेर भ्रामक समाचार उल्लेख गरिएको आरोप लगाएका छन् उल्लेखित समाचार छापिएका समाचार तथ्य बिपरीत, कपोकल्पीत र पूर्ण गलत रहेको भन्दै सामाजिक संजालमार्फत आपत्ति जनाएका छन्  ।

उनले सामाजिक संजालमा लेखेका छन् , “ मिति २०८० चैत्र १३ गते मंगलबारको दिन न्युजप्रवाह (News Prabaha) अनलाईन खबरका पत्रकार विशाल वस्नेतले पत्रकारको धर्म र कर्म बिपरीत नितान्त पूर्वाग्राही र अरूको प्रभावमापरी कपोकल्पित र मनगढंन्ते कहानी बनाई ब्यक्तिगत मानमर्दन हुने किसिमको समाचार लेखेको कारण गम्भिर ध्यान आकर्षण भएको छ। छापिएका समाचार तथ्य बिपरीत, कपोकल्पीत र पूर्ण गलत छ। त्यसैले यो भ्रमित र कपोकल्पित समाचारको भर्त्सना गर्दै पत्रकारीताको मर्म र धर्म अनुरूप पत्रकारीता गर्न हुन यसै पत्रबाट अनुरोध पनि गर्दछु। धन्यवाद!”

 

गत मंगलबारको समाचार यस्तो छ :

केही समयअघि उनी र आफूलाई माओवादीको सैद्धान्तिक नेता बताउने अनिल बस्नेत युरोप घुम्न गएको चर्चा अझै सेलाएको छैन । यसभित्रको अन्तर्य पनि माओवादी नेता, कार्यकर्ताहरूले खोजेका छन् । शीर्ष नेताहरूको अगाडि, पछाडि पर्दै फोटो खिचेर फेसबुके नेताका रूपमा चिनिएका बस्नेतलाई उपयोग गरेर अहिले साहले केही स्वार्थ पूरा गरिरहेको नेता, कार्यकर्ताहरूको निष्कर्ष छ ।

उनै बस्नेतले बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लादकुमार क्षेत्रीलाई प्रयोग गरेर युरोप भ्रमणमा गएको खुलासा भएको छ । नगर प्रमुख क्षेत्रीले नै युरोप पठाएको नेता साहले मधेस प्रदेशको एक बैठकमा समेत खुलासा गरेका छन् ।

‘बैठकमा भ्रमणको विषयमा कुरा उठ्यो । उहाँले पनि स्वीकार गर्नुभयो कि बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लादकुमार क्षेत्रीले पठाएको भनेर,’ बैठकमा सहभागी एक नेताले भने, ‘थप भित्री अन्तर्यहरू खोतल्छौँ ।’

युरोप भ्रमण सकेर फर्किएका साह र बस्नेत एकैपटक बर्दिवास नगरपालिकाको नगरसभामा देखिएका थिए । नेपाली कांग्रेसबाट बागी वनेर निर्वाचित भएका नगर प्रमुख क्षेत्री आफैँ पछिल्लो समय विभिन्न विकृतिहरूको पक्षपोषण गरेको भन्दै आलोचित भइरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

17 दिन पहिले

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

25 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

1 महीना पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

1 महीना पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

2 महीना पहिले

गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..

गौशाला, महोत्तरी  असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..

2 महीना पहिले

रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..

गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि  १५ जना व्यक्तिहरू मा..

4 महीना पहिले

नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..

महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..

5 महीना पहिले

राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..

काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..

5 महीना पहिले

गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..

ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..

6 महीना पहिले

गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन

निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..

7 महीना पहिले