आर्थिक समृद्धि र जनताको विकासको लागि सुशासन अनिवार्य : मन्त्रि साह

2 वर्ष पहिले प्रकाशित

(2081-01-08 B.S.)

1711 पटक देखिएको

ममता शर्मा

महोत्तरी , बैशाख ८ गते

नेकपा माओवादी केन्द्रका नेता भरत प्रसाद साहले आर्थिक समृद्धि र जनताको विकासको लागि सुशासन अनिवार्य रहेको बताउनुभएको छ । शनिबार रेडियो जुनताराबाट सम्मान ग्रहण गर्दै भर्खरै मन्त्रि पदमा नियुक्त हुनुभएका मन्त्रि साहले सो कुरा बताउनुभएको हो । 

मन्त्रि साहले  जनताले न्यायपूर्ण र विभेदरहित समाजको जोडदार माग गरिरहेकोले सम्बन्धित जिम्मेवार व्यक्तित्वहरुले जनताले गरे अपेक्षा अनुरुप कार्य नगरेको हुनाले उनीहरु निराश हुनु स्वाभाविक रहेको बताउनुभयो । 

‘जनतालाई जनप्रतिनिधिबाट भाषण नभएर विकास चाहिएको छ र त्यस अनुसार जनप्रतिनिधिहरुले कार्य नगर्दा उनीहरु निराश भएका छन् , उहाँले भन्नुभयो , “बिगतको भन्दा फरक किसिमले सरकार अगाडी बढाउनुपर्छ । पछिल्लो समयमा मन्त्रि परिषदबाट जनताले निराशा मात्र प्राप्त गरेका छन् । जनताप्रति उत्तरदायी जति हुनपर्ने हो , त्यति हुन सकेन । सरकार भ्रष्टाचार तथा १०% को कमिसनमा  लिप्त भएको जस्तो जनताले महशुस गरिरहेका छन् । त्यसैले अब मन्त्रालय तथा मन्त्रिबाट हुने यस्ता गतिविधिको न्यूनीकरणको लागि मेरो पहिलो कदम हुनेछ र जनतालाई प्रत्याभूति हुनेगरि काम ।”

मन्त्रि भइसकेपछी अनेक चुनौतीको पनि सामना गर्नुपर्ने हुन्छ तर त्यसबीचमा पनि आफ्नो कर्तव्य र जिम्मेवारी बहन गर्दै कार्य गर्ने योजना छ , उहाँले थप्नुभयो , “साथै आगामी दिनमा बजेट पास भइसकेपछी समयमै कार्य गरिसक्ने योजना पनि छ ।द्रुतगतिको साथ जनताको सेवामा अगसर भएर लाग्नु छ। मैले सधै जनताको करिब भएर कार्य गरेको छु र गरिरहनेछु किनभने जनताले मलाई फेरी भोट दिएर निर्वाचित गरायो त्यसको लागि मैले जनताको सदैब सेवा गर्नेछु इमान्दारपूर्वक देश र जनतालाई अगाडि सम्झेर निर्धारित आफ्ना जिम्मेवारीमा लाग्नेछु ।”

बिहिबार मन्त्रि पदमा नियुक्त भएका नेता साहलाई गौशालाको रेडियो जुनतारा १०३.४ मेगाहर्जका संचालक तथा प्रमुख निरन्जन कुमार साहले सम्मान गरेका छन् । साथै मन्त्रि साहले मौलाउदै गईरहेको संचार क्षेत्रलाई उकास्नको लागि आधुनिक प्रविधियुक्त बनाउनुपर्नेमा जोड दिनुभयो । सरकार लामो समयसम्म स्थिर रहेमा संचार क्षेत्र मात्र नभएर समग्र मधेश प्रदेशमै सुशासन र समृद्ध सिर्जनाको लागि कार्य गर्ने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

15 दिन पहिले

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

23 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

29 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

1 महीना पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

1 महीना पहिले

गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..

गौशाला, महोत्तरी  असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..

2 महीना पहिले

रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..

गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि  १५ जना व्यक्तिहरू मा..

4 महीना पहिले

नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..

महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..

5 महीना पहिले

राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..

काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..

5 महीना पहिले

गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..

ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..

6 महीना पहिले

गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन

निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..

7 महीना पहिले