महोत्तरीको बलवा नगरपालिका पूर्ण खोप पालिका घोषणा

2 वर्ष पहिले प्रकाशित

(2081-01-28 B.S.)

1835 पटक देखिएको

निरन्जन कुमार साह
महोत्तरी , बैशाख २८ गते

महोत्तरीको बलवा नगरपालिका पूर्ण खोप पालिका घोषणा भएको छ । शुक्रबार एक कार्यक्रमका बीच पूर्ण खोप पालिका घोषणा गरिएको हो । नगरपालिकाको एघार ओटै वडाको अवलोकन र निरीक्षण गर्दा खोप लगाउन कोहि पनि नछुटेकोले पूर्ण खोप पालिका घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यमुना प्रसाद यादवले जानकारी दिए । पालिकाले शुक्रबार १६ देखि ५९ महिनासम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र लगाउनुपर्ने सम्पूर्ण खोप लगाइएकोले पूर्ण खोप पालिकाको प्रमाण पत्र जिल्लाको खोप समन्वय समितिको सचिवालयले बलवा नगरपालिकालाई प्रदान गरेसँगै पूर्ण खोप पालिका घोषणा भएको हो ।

कार्यक्रममा स्वागत मन्तव्य दिदै पालिका प्रमुख मित्रलाल ढकालले बलवा नगरपालिकाको सम्पूर्ण कर्मचारी इमान्दार रहेको र आफुलाई हरेक कार्यमा सक्दो सहयोग गरेको जिकिर गरे । उनले खोपको लागि पालिका वासीले चिन्ता लिनै नपर्ने बताए जनसमुदायको सहयोगले यो सम्भव रहेको उनको भनाइ थियो ।

नगर प्रमुख रामविजय महतोले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंमसेविका र आम जनताको सकृयतामा पूर्णखोप पालिका घोषणा हुन सफल भएको बताए । उनले पालिकाले स्वास्थ्य क्षेत्रलाई महत्त्वपूर्ण स्थानमा राखेर कार्यक्रमहरू अगाडि बढाएको पनि जानकारी दिए ।

पालिकाको स्वास्थ्य शाखा सह-संयोजक रामकुमारले पालिकालाई पूर्ण खोप घोषणा गर्नको लागि दिनरात मेहनत गरेको बताए ।

जिल्ला स्वास्थ्य प्रमुख सुनिता गुप्ताले रोग प्रतिरोधात्मक क्षमता बढाउन अनिवार्य खोप लगाउनु पर्ने बताइन् । मुलुकको दक्ष र अब्बल जनशक्ति निर्माण गर्न अहिले स्वास्थ्य नागरिक हुन जरुरी रहेको जिकिर गर्दै उनले खोप उमेर समूहका सबै बालबालिका खोपको पहुँचमा हुनुपर्ने बताईन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति सुमन लाल कर्ण , प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल , बलवा नगरपालिकाका नगर प्रमुख रामविजय महतो , उपप्रमुख रामदुलारी देवी , प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल लगायत विभिन्न कर्मचारी , संचारकर्मीहरुको सहभागिता रहेको थियो । पूर्ण खोप सुनिश्चितता कार्यक्रमकै अवसरमा पालिकाका महिला स्वास्थ्य स्वयंमसेविकालाई प्रसंशा पत्र वितरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 घन्टा पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

6 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

7 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

9 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

15 दिन पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

2 महीना पहिले

पीडितको घरमै पुगेर उम्मेदवार महतोको मानवीय पहल

  महोत्तरी ,माघ १३ गते । भ्रष्टाचारको अन्त्य र जनताको प्रत्यक्ष सेवा गर्ने प्रतिबद्धतासहित महोत्तरी क्षेत्र ..

8 महीना पहिले

कठै, यो चिसो

निरन्जन कुमार साह, महोत्तरी  कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..

8 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

10 महीना पहिले

महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष संचालन

निरन्जन कुमार साह, महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । पालिकाले केहि दिन..

1 वर्ष पहिले

जनकपुरको विभिन्न अस्पतालमा मुख्य मन्त्रीको अनुगमन 

निरन्जन कुमार साह , महोत्तरी  मधेश प्रदेशका मुख्य मन्त्री सतिश कुमार सिंहले जनताको स्वास्थ्य सुरक्षा सुनिश्चि..

2 वर्ष पहिले