नवनियुक्त मन्त्री भरत साहले शपथ ग्रहण गरेसँगै गरे जनताको पक्षमा गरे यस्तो निर्णय
2 वर्ष पहिले प्रकाशित
(2081-02-25 B.S.)
1517 पटक देखिएको
निरन्जन कुमार साह
महोत्तरी , जेठ २५ गते
मधेस प्रदेशका नेकपा माओवादी पार्टीका नेता तथा मन्त्री साहले शपथ ग्रहण गरेसँगै जनताको पक्षमा केहि निर्णय गरेका छन् । साहले शुक्रबार अर्थ मन्त्री पदमा शपथ ग्रहण गरे पश्चात उनले आर्थिक वर्ष २०८१/८२ को बजेट तथा कार्यक्रमलाई वस्तुनिष्ठ , अनुमानयोग्य एवं पारदर्शी बजेट निर्माण कार्य व्यवस्थी बनाउन र बजेट तर्जुमा प्रक्रिया लाई जनताको वास्तविक आवश्यकता र समग्र प्रदेशको समृद्धिमा योगदान पुर्याउन तोकिएकै समय भित्र अगामी आर्थिक वर्ष २०८१/८२ को बजेट तर्जुमा गर्ने गराउने सम्बन्धमा निर्णय गरेका हुन् ।
मन्त्री साहले प्रचलित कानुनी व्यवस्था अनुसार तोकिएकै समय भित्र यस मधेस प्रदेश भित्र मधेस प्रदेशको बजेट तथा कार्यक्रम ल्याउने गरि आवश्यक तयारी गर्ने , मधेस प्रदेशको गरिबी निवारण उत्पादन वृद्धि र सामाजिक न्याय सहितको आर्थिक समृद्धि पहिलो प्राथमिकता हुने , वितिय संघीयता सफल कार्यान्वयन प्रदेशको आयमा बढोत्तरी प्रदेशको सन्तुलित विकास र समन्यायिक बिकास लाई प्राथमिकतामा राखी बजेट तर्जुमा हुने र नागरिकले प्रदेश सरकारबाट सहयोगको अनुभुति पाउने गरि प्रदेश सरकारबाट हुने खर्चलाई प्रभावकारी बनाउन ध्यान दिने निर्णय गरेका हुन् ।
अर्थ मन्त्री साह लगायत मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह उद्योग, वाणिज्य तथा पर्यटनमन्त्रीमा युवराज भट्टराई , भौतिक पूर्वाधार विकास मन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव , शिक्षा तथा संस्कृति मन्त्रीमा राजकुमार लेखी , स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा शत्रुधनप्रसाद सिंह , खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जयसवालले पद तथा गोपनियताको शपथ लिएका छन् ।
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..
21 दिन पहिले
कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..
भाग्यरेखा ठाकुर महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..
22 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
27 दिन पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
1 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
1 महीना पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
2 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
5 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
5 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
5 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
6 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
6 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments