गौशाला नगरपालिकाको १२ औं नगरसभा सम्पन्न , ९० करोडभन्दा बढीको बजेट प्रस्तुत

9 महीना पहिले प्रकाशित

(2081-03-11 B.S.)

922 पटक देखिएको

ममता शर्मा ।

असार १०, महोत्तरी ।

महोत्तरीको गौशाला नगरपालिकाको १२ औं नगरसभा सम्पन्न भएको छ । सोमबार गौशाला  -४ स्थित रहेको कबर्ड हलमा सम्पन्न नगरसभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । गौशाला नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ९३ करोड १५ लाख ५७ हजार ५ सय बजेट ल्याएको छ ।

आगामी आर्थिक वर्षमा पालिकाले गौशालाको ३ वटा वडालाई साक्षर घोषणा गरिने ,  सामुदायिक विद्यालयमा कक्षा ३ सम्म अङ्ग्रेजी माध्यममा पठनपाठन गरिने , नव संचालित गौशाला बहुमुखी क्याम्पसमा विपन्न छात्रछात्रालाई निशुल्क अध्ययनको वयवस्था तथा बसको व्यवस्था गरिने ,नगर अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गरिने, निशुल्क एम्बुलेन्स सेवा ,पालिका भित्र रहेका मावी विद्यालयमा १/१ नर्सको व्यवस्था गरिने, नगर भित्रका सम्पूर्ण क्षेत्रमा स्वच्छ खानेपानीको व्यवस्था गरिने ,सार्वजनिक स्थलहरुमा सरसफाइको व्यवस्था गरिने ,किसानहरुको लागी सिचाइको व्यवस्था , दक्ष जनशक्ति निर्माणको लागि आवश्यक तालिमको व्यवस्था गरिने, पर्यटकिय क्षेत्रहरुको विकास र विस्तार गरिने, वन संरक्षणको लागि बढी भन्दा बढी वृक्षारोपणमा जोड दिइने लगायतको नीति तथा योजना अघि सारेको छ ।

नगरसभामा प्रमुख अतिथिका रुपमा उपस्थित मधेश प्रदेश सरकारका अर्थ मन्त्री भरत प्रसाद साहले गौशाला नगरपालिकाले विकासका समग्र पक्षलाई समेटेर ल्याएको बजेट उचित रहेको बताए ।पालिकाको आगामी आर्थिक वर्षको बजेट जनताको समस्या समाधानमा सहज हुने विश्वास व्यक्ति गरे । उनले भने ,"बजेट प्रसंसनिय र जनताको हकहितको लागि छ । त्यसको लागि प्रदेश सरकार आवश्यक समन्वयको लागि तत्पर रहने छ ।"

साथै अर्थ मन्त्री साहले जनताको विकासको लागि तिनै तहका सरकारबिच तालमेल हुन जरुरी रहेको बताए । उनले मधेश प्रदेश सरकारबाट यसपालि निर्मित बजेट समान रूपमा वितरण गरिएको भए पनि वास्तविक रुपमा समस्या परेको ठाँउमा बजेट वितरण हुन नसकेको जिकिर गरे । मधेश सरकारले ल्याएको बजेटप्रती जनता असन्तुष्ट छ,  उनले फेरि भने ,"धेरै जनाले बजेटप्रती गुनासो गरिरहेका छन् । उपयुक्त र आवश्यकता अनुसार बजेट नआएको भन्दै जनसमुदायमा आलोचना  बढेको छ । खासमा पहिलोको भन्दा यसपटक फरक तरिकाले बजेट तर्जुमा गरिएको हो ।अन्य मन्त्रालयहरुको तुलनामा सबैभन्दा कम बजेट अर्थ मन्त्रालयमा रहेको छ ।आउने दिनमा यो बजेट विनियोजनलाई संसोधन गरि सच्च्याइने छ ।"

त्यस्तै नगरप्रमुख डा. दिपेन्द्र महतोले नीति, कार्यक्रम तथा बजेटमा कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता  दिँदै यस आर्थिक वर्षमा गौशाला नगरपालिकाको धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रमा आवश्यक विकास गर्ने बताए । साथै उनले गौशालाको बजार व्यवस्थापन , शैक्षिक संस्था व्यवस्थापन र स्वास्थ्य सेवा सहज तवरले उपलब्ध गराइने जानकारी दिए ।जनसमुदायको आवश्यकतालाइ औल्याएर बजेट विनियोजन गरिएको उनले बताए ।

कार्यक्रममा मधेश प्रदेशका अर्थ मन्त्री भरत प्रसाद साह , नगर प्रमुख डा. दिपेन्द्र महतो , उपप्रमुख रेनु कुमारी महतो , जसपाका नगर अध्यक्ष कुमरकान्त झा , प्रमुख प्रसाशकीय  अधिकृत शम्भु ठाकुर ,नेपाली काङ्ग्रेसका नगर प्रमुख प्रत्यासी बसन्त गुरुङ , जसपाका  नेता रमेश महतो , नेकपा एमालेका नेता शंकर महतो , पुर्व उपप्रमुख आशा लामा ,१२ ओटै वडाका वडा अध्यक्षहरु , नगरपालिकाका कर्मचारीहरु ,विभिन्न पार्टीका प्रतिनिधिहरु लगायत बाक्लो सङ्ख्यामा जनसमुदायको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पूर्व अर्थमन्त्री भरत प्रसाद साहद्वारा सडकको शिलान्यास

निरन्जन कुमार साह  महोत्तरी , चैत्र ६ गते महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं. ५ स्थित टावर टोलदेखि पूर्..

5 दिन पहिले

वन संरक्षण तथा डढेलो नियन्त्रण सम्बन्धि जनचतेनामुलक का..

निरन्जन कुमार साह महोत्तरी , चैत्र ६ गते महोत्तरी जिल्लाको टुटेश्वरनाथ साझेदारी वन उपभोक्ता समूहले बुधबार वन सं..

5 दिन पहिले

सोनमा गाउँपालिकामा दुई वटा रोडको शिलान्यास

अनिल कुमार यादव महोत्तरी , चैत २ गते महोत्तरीको सोनमा गाउँपालिका वडा न. २ स्थित मधेश प्रदेश भौतिक पूर्वधार मन्त्रा..

9 दिन पहिले

गौशालामा रौनियार सेवा समिति भवनको शिलान्यास

  निरन्जन कुमार साह , महोत्तरी ।महोत्तरीको गौशालामा रौनियार सेवा समितिको भवनको शिलान्यास गौशाला नगरपालिकाका न..

11 दिन पहिले

रिड परियोजना बर्दिवासको १ करोड ५६ लाखको अनुदान सहयोग

रोहित कुमार यादव, महोत्तरी बर्दिवासमा व्यवसायिक भैंसी पालन तथा स्वच्छ दुग्ध उत्पादन उपआयोजना अन्तर्गत पहिलो कि..

13 दिन पहिले

महोत्तरीमा एमालेको ‘लाल किला’ बनाउने मन्त्री यादवको घो..

महोत्तरी , फाल्गुन ५ गते ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सांगठनिक विस्तारलाई तीव्र बनाउँदै महोत्तरीलाई ‘ला..

1 महीना पहिले

अखिल क्रान्तिकारीको उमेर हद सम्बन्धि चुनाव हुँदै

महोत्तरी , पुष १३ गते अखिल ( क्रान्तिकारी ) को संगठनात्मक संरचना अनुसार भौगोलिक र गैर भौगोलिक गरि  ८६ वटा जिल्ला ..

3 महीना पहिले

रामगोपालपुर -२ मा खाँ विजयी

महोत्तरी, मंसिर १७ गते महोत्तरी को रामगोपालपुर नगरपालिका वार्ड नं २ मा आईतबार भएको वड़ाध्यक्ष पदको उपनिर्वाचन मा..

4 महीना पहिले

महोत्तरीमा एमालेको पार्टी प्रवेश कार्यक्रम भव्यताका सा..

अनिल कुमार यादव सोनमा , कार्तिक ५ गते महोत्तरी जिल्लाको सोनमा गाउँपालिका स्थित नेपाल कम्युनिस्टपार्टी नेकपा एमा..

5 महीना पहिले

गौशालामा फर्जी बुवा बनाएर लिए नागरिकता

महोत्तरी , साउन २२ गते । महोत्तरीको गौशाला नगरपालिका अन्तर्गत रहेको गौशाला इलाका प्रसाशन कार्यालयबाट फर्जी बुवा..

8 महीना पहिले

मधेश प्रदेशको अर्थमन्त्री हुँदा साहले २९ दिनमा गरेको का..

निरन्जन कुमार साह महोत्तरी , २८ गते मधेश प्रदेशका नवगठित जनमत पार्टीको सरकारमा माऔवादीकेन्द्रबाट अर्थमन्त्री भ..

8 महीना पहिले