महोत्तरीमा ४५ हजार ४ सय ६४ जना किशोरिलाई खोप लगाइने 

11 महीना पहिले प्रकाशित

(2081-10-16 B.S.)

482 पटक देखिएको

Radio Juntara

आर.जे. इर्साद 

महोत्तरी , माघ १६ गते 

महोत्तरीको जलेश्वर स्थित रहेको जिल्ला समन्वय समिति कार्यालयको बैठक हलमा स्वास्थ्य कार्यालय महोत्तरीको आयोजनामा एच.पि.भी. Human Papilloma virus
(HPV) खोप अभियान २०८१ सम्बन्धी जिल्ला स्तरिय खोप समन्वय समितिको बैठक सम्पन्न भएको छ । बैठकमा खोप सेसन ब्यबस्थापन स्वास्थ कार्यालयको योजना, एच भि पि खोप अभियान ए.इ. एफ. आइ. को ब्यबस्थापन, उपचार तथा कारण सम्बन्धि छलफल भएको थियो ।

कार्यक्रममा कक्षा ६ देखि कक्षा १० सम्मका छात्राहरुलाई तथा बिधालय नजाने १० बर्ष देखि १४बर्ष सम्मको बालिकाहरुलाई एच.पि.भी. (HPV) खोप अभियान सबै पालिकामा संचालन हुने आवश्यक भएको छ । खोप दुई चरणमा सन्चालन हुने छ पहिलो चरण माघ महिनाको २२ गते देखि ३० गते सम्म ७ ओटा पालिकामा र फाल्गुन २ गते देखि ८ गते सम्म ८ ओटा पालिकामा सञ्चालन हुने भएको छ ।

पहिलो चरणमा जलेश्वर नगरपालिका, मटिहानी नगरपालिका, पिपरा गाउपालिका, बलवा नगरपालिका, एकडारा गाउपालिका, मनरासिस्वा नगरपालिका, लोहरपट्टि नगरपालिका, गरि (७) सात पालिकामा दोस्रो चरणमा सम्सी गाउपालिका, सोनमा गाउपालिका, बर्दिबास नगरपालिका, रामगोपालपुर नगरपालिका, औरही नगपालिका, गौशाल नगरपलिका, महोत्तरी गाउपालिका, भंगहा नगरपालिका गरि (८) आठ पालिकामा सन्चालन हुनेछ।

पाठेघरको मुखको क्यान्सर गराउने Human Papilloma virus विरुद्धको एच.पि.भि. खोप सिकोलिन भ्याक्सिन दिने भएको छ ।अभियान तथा नियमित खोपमा शुरुवात गर्नको लागि जिल्ला स्तरीय खोप समन्वय समिती कार्यक्रममा नेपालमा पाठेघरको मुखको क्यान्सर हुनको कारण, रोकथाम, निवारण रणनीति एच. पि. भि. खोप अभियान तथा नियमित खोपमा कार्यक्रम सञ्चालन कार्यनिती सम्बन्धि बिषयहरुमा छलफल भएको छ । हामिले महोत्तरी जिल्लामा (४५४६४) पैंतालीस हजार चार सय चौसट्ठी भ्याक्सिनको लक्ष्य राखेकाछौ स्वास्थ कार्यालय प्रमुख नवल किशोर साहले जानकारी दिनुभयो।

कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समितिका सभापति सुमनलाल कर्णले गर्नु भएको थियो भने प्रमुख अतिथिको रुपमा जलेश्वर नगरपालिका प्रमुख सुरेश साह सोनार, सहायक प्रमुख जिल्ला अधिकारि उपेन्द्र न्यौपाने, डब्लु.एच ओ. का डा. नितेश मिश्रा श्री गोरखनाथ गणका गणपती बिनोद बिकास पाठक, नेपाल प्रहरि, सशस्त्र प्रहरीका प्रतिनिधि, अन्य संघ संस्था तथा संचारकर्मिहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..

रोहित यादव पुस १७  गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..

2 दिन पहिले

उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो

महोत्तरी, पुष १६  गते । उखु बिक्रीका लागि देशकै ठूलो चिनी उद्योगमध्ये एक मानिने एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्..

3 दिन पहिले

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

8 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

12 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

12 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 महीना पहिले

महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष संचालन

निरन्जन कुमार साह, महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । पालिकाले केहि दिन..

8 महीना पहिले

जनकपुरको विभिन्न अस्पतालमा मुख्य मन्त्रीको अनुगमन 

निरन्जन कुमार साह , महोत्तरी  मधेश प्रदेशका मुख्य मन्त्री सतिश कुमार सिंहले जनताको स्वास्थ्य सुरक्षा सुनिश्चि..

11 महीना पहिले

गौशालामा रक्तदान कार्यक्रम सम्पन्न

निरन्जन कुमार साह महोत्तरी , कार्तिक १६ गते   महोत्तरीको गौशालामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नव जीवन सा..

1 वर्ष पहिले

गौशालामा स्तनपान सप्ताह कार्यक्रम सम्पन्न

ममता शर्मा , महोत्तरी महोत्तरीको गौशालामा सामुदायिक विकास पैरवी मंचले विभिन्न स्वास्थ्य चौकीमा स्तनपान सप्ताह ..

1 वर्ष पहिले

महोत्तरीको बलवा नगरपालिका पूर्ण खोप पालिका घोषणा

निरन्जन कुमार साह महोत्तरी , बैशाख २८ गते महोत्तरीको बलवा नगरपालिका पूर्ण खोप पालिका घोषणा भएको छ । शुक्रबार एक क..

2 वर्ष पहिले

उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो

महोत्तरी, पुष १६  गते । उखु बिक्रीका लागि देशकै ठूलो चिन..