महोत्तरीमा ४५ हजार ४ सय ६४ जना किशोरिलाई खोप लगाइने 

2 वर्ष पहिले प्रकाशित

(2081-10-16 B.S.)

827 पटक देखिएको

Radio Juntara

आर.जे. इर्साद 

महोत्तरी , माघ १६ गते 

महोत्तरीको जलेश्वर स्थित रहेको जिल्ला समन्वय समिति कार्यालयको बैठक हलमा स्वास्थ्य कार्यालय महोत्तरीको आयोजनामा एच.पि.भी. Human Papilloma virus
(HPV) खोप अभियान २०८१ सम्बन्धी जिल्ला स्तरिय खोप समन्वय समितिको बैठक सम्पन्न भएको छ । बैठकमा खोप सेसन ब्यबस्थापन स्वास्थ कार्यालयको योजना, एच भि पि खोप अभियान ए.इ. एफ. आइ. को ब्यबस्थापन, उपचार तथा कारण सम्बन्धि छलफल भएको थियो ।

कार्यक्रममा कक्षा ६ देखि कक्षा १० सम्मका छात्राहरुलाई तथा बिधालय नजाने १० बर्ष देखि १४बर्ष सम्मको बालिकाहरुलाई एच.पि.भी. (HPV) खोप अभियान सबै पालिकामा संचालन हुने आवश्यक भएको छ । खोप दुई चरणमा सन्चालन हुने छ पहिलो चरण माघ महिनाको २२ गते देखि ३० गते सम्म ७ ओटा पालिकामा र फाल्गुन २ गते देखि ८ गते सम्म ८ ओटा पालिकामा सञ्चालन हुने भएको छ ।

पहिलो चरणमा जलेश्वर नगरपालिका, मटिहानी नगरपालिका, पिपरा गाउपालिका, बलवा नगरपालिका, एकडारा गाउपालिका, मनरासिस्वा नगरपालिका, लोहरपट्टि नगरपालिका, गरि (७) सात पालिकामा दोस्रो चरणमा सम्सी गाउपालिका, सोनमा गाउपालिका, बर्दिबास नगरपालिका, रामगोपालपुर नगरपालिका, औरही नगपालिका, गौशाल नगरपलिका, महोत्तरी गाउपालिका, भंगहा नगरपालिका गरि (८) आठ पालिकामा सन्चालन हुनेछ।

पाठेघरको मुखको क्यान्सर गराउने Human Papilloma virus विरुद्धको एच.पि.भि. खोप सिकोलिन भ्याक्सिन दिने भएको छ ।अभियान तथा नियमित खोपमा शुरुवात गर्नको लागि जिल्ला स्तरीय खोप समन्वय समिती कार्यक्रममा नेपालमा पाठेघरको मुखको क्यान्सर हुनको कारण, रोकथाम, निवारण रणनीति एच. पि. भि. खोप अभियान तथा नियमित खोपमा कार्यक्रम सञ्चालन कार्यनिती सम्बन्धि बिषयहरुमा छलफल भएको छ । हामिले महोत्तरी जिल्लामा (४५४६४) पैंतालीस हजार चार सय चौसट्ठी भ्याक्सिनको लक्ष्य राखेकाछौ स्वास्थ कार्यालय प्रमुख नवल किशोर साहले जानकारी दिनुभयो।

कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समितिका सभापति सुमनलाल कर्णले गर्नु भएको थियो भने प्रमुख अतिथिको रुपमा जलेश्वर नगरपालिका प्रमुख सुरेश साह सोनार, सहायक प्रमुख जिल्ला अधिकारि उपेन्द्र न्यौपाने, डब्लु.एच ओ. का डा. नितेश मिश्रा श्री गोरखनाथ गणका गणपती बिनोद बिकास पाठक, नेपाल प्रहरि, सशस्त्र प्रहरीका प्रतिनिधि, अन्य संघ संस्था तथा संचारकर्मिहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

7 घन्टा पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

7 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

11 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

17 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

18 दिन पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

2 महीना पहिले

पीडितको घरमै पुगेर उम्मेदवार महतोको मानवीय पहल

  महोत्तरी ,माघ १३ गते । भ्रष्टाचारको अन्त्य र जनताको प्रत्यक्ष सेवा गर्ने प्रतिबद्धतासहित महोत्तरी क्षेत्र ..

8 महीना पहिले

कठै, यो चिसो

निरन्जन कुमार साह, महोत्तरी  कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..

9 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

11 महीना पहिले

महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष संचालन

निरन्जन कुमार साह, महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । पालिकाले केहि दिन..

1 वर्ष पहिले

जनकपुरको विभिन्न अस्पतालमा मुख्य मन्त्रीको अनुगमन 

निरन्जन कुमार साह , महोत्तरी  मधेश प्रदेशका मुख्य मन्त्री सतिश कुमार सिंहले जनताको स्वास्थ्य सुरक्षा सुनिश्चि..

2 वर्ष पहिले