महोत्तरीमा एमालेको ‘लाल किला’ बनाउने मन्त्री यादवको घोषणा

10 महीना पहिले प्रकाशित

(2081-11-05 B.S.)

768 पटक देखिएको


महोत्तरी , फाल्गुन ५ गते ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सांगठनिक विस्तारलाई तीव्र बनाउँदै महोत्तरीलाई ‘लाल किला’ मा रूपान्तरण गर्ने लक्ष्यसहित भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवले ठूलो संख्यामा सदस्यता वितरण गर्ने योजना अघि सारेका छन्।

गौशालास्थित कबड हलमा आयोजित वडा केन्द्रित अभिमुखीकरण कार्यक्रमको समुद्घाटन समारोहमा मन्त्री यादवले महोत्तरीका प्रत्येक पालिकाका वडामा एमाले पार्टीको सदस्यता  वृद्धि गर्ने लक्ष्य लिएको बताए। साथै उनले आउँदो २०८४ को निर्वाचनमा एमाले नेतृत्वको सरकार बनाउने प्रतिबद्धता जनाए।
तर, उनले जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रममा अपेक्षाकृत कार्यकर्ता उपस्थिति नदेखिएकोप्रति असन्तोष व्यक्त गरे। उनले कम्तीमा १ हजार कार्यकर्ता उपस्थित हुनुपर्नेमा मात्र ५ सय जना सहभागी भएको बताउँदै यो अवस्था पार्टीका लागि दुर्भाग्यपूर्ण रहेको उनले टिप्पणी गरे। संगठन सुदृढीकरणका लागि कार्यकर्ताहरूलाई अझ सक्रिय हुन निर्देशन दिँदै, उनले माघदेखि सुरु हुने वडा-पालिका स्तरीय विस्तार कार्यक्रमलाई तीव्र गतिमा अगाडि बढाउन आग्रह गरे।

उक्त कार्यक्रममा एमालेका केन्द्रीय उपाध्यक्ष राम बहादुर थापा, पूर्वमन्त्री तथा मधेश प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठ, मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादव, प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरीलगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

1 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

20 दिन पहिले

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

28 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

1 महीना पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

1 महीना पहिले

गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..

गौशाला, महोत्तरी  असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..

2 महीना पहिले

रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..

गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि  १५ जना व्यक्तिहरू मा..

4 महीना पहिले

नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..

महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..

5 महीना पहिले

राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..

काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..

5 महीना पहिले

गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..

ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..

6 महीना पहिले

गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन

निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..

7 महीना पहिले