भ्रष्टाचार, वेथिति र प्रतिगमनविरुद्ध खबरदारी गर्न सोनमामा माओवादी केन्द्रको बैठक सम्पन्न

1 वर्ष पहिले प्रकाशित

(2081-12-11 B.S.)

1082 पटक देखिएको

निरन्जन कुमार साह

महोत्तरी, चैत्र ११ गते

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) द्वारा भ्रष्टाचार, वेथिति र प्रतिगमनविरुद्ध खबरदारी गर्न आगामी चैत्र १५ गते काठमाडौंमा आयोजना गर्न लागिएको प्रदर्शनको सन्दर्भमा महोत्तरीको सोनमा गाउँपालिकामा एक तयारी बैठक सम्पन्न भएको छ।

सोनमा गाउँपालिका–६ मगरथानामा सम्पन्न सो बैठकमा पार्टीका गाउँपालिका अध्यक्ष राधेश्याम झाको अध्यक्षता रहेको थियो भने केन्द्रिय नेता सूर्य नारायण साह प्रमुख अतिथि थिए। बैठकमा वडा अध्यक्ष, युवा संगठन, अखिल क्रान्तिकारी, महिला संगठनलगायत पार्टीका विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिहरूको उपस्थिति थियो।

बैठकमा नेता साहले वर्तमान सरकार र सत्ताधारी निकायहरू भ्रष्टाचारमा संलग्न भएको, जनताको अधिकार कुण्ठित भएको र लोकतान्त्रिक मूल्यहरूमाथि आघात भइरहेको आरोप लगाए। उनले भने, “देशमा अहिले एक किसिमको प्रतिक्रियावादी प्रवृत्तिको उदय भइरहेको छ। जनताको विश्वास र बलिदानबाट प्राप्त लोकतन्त्रमाथि खेलबाड हुँदैछ। त्यसको विरोधमा हामी सबै एकजुट भएर खबरदारी गर्नुपर्नेछ।”

बैठकमा उपस्थित अधिकांश सहभागीहरूले देशमा बढ्दो भ्रष्टाचार र जनताको आधारभूत अधिकार हननप्रति गम्भीर चिन्ता व्यक्त गरेका थिए। उनीहरूले पार्टीको खबरदारी अभियानमा पूर्ण समर्थन जनाउँदै सांगठनिक रूपमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

पार्टीका स्थानीय नेताहरूले भने, “अब चुप लागेर बस्ने समय छैन। जनता सशक्त छन्, हामी सडकमा उत्रेर जनताको आवाज बुलन्द बनाउनेछौं।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

3 दिन पहिले

कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..

भाग्यरेखा ठाकुर  महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..

4 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

9 दिन पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

17 दिन पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

17 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

28 दिन पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

4 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

5 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

5 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

5 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

5 महीना पहिले