जनताको विकासका लागि पूर्वमन्त्री साहको अभियान

9 महीना पहिले प्रकाशित

(2082-01-16 B.S.)

1235 पटक देखिएको

निरन्जन कुमार साह 

गौशाला, महोत्तरी।

मधेश प्रदेशका पूर्व अर्थमन्त्री तथा प्रदेशसभा सदस्य भरत प्रसाद साह आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माण प्रक्रियामा जनताको आवाज समावेश गर्न घर–घरमा पुगेर योजना संकलन अभियानमा जुटेका छन्। मंगलबार महोत्तरीको गौशाला नगरपालिका वडा नं. १ स्थित वडा कार्यालयमा आयोजना गरिएको योजना छनोट तथा भेटघाट कार्यक्रममा स्थानीय जनसमुदायले उत्साहपूर्वक भाग लिएर वडाभित्र आवश्यक योजना प्रस्तुत गरे।

कार्यक्रममा पूर्वमन्त्री साहले भने, "विकास जनताको आवश्यकता अनुसार हुनुपर्छ। प्रदेश सरकारबाट आउने बजेट योजनाहरु जनप्रतिनिधि आफैंले कोठाभित्र बसेर बनाउने परिपाटी अन्त्य गरी सीधा जनतासँग छलफल गरेर योजना छनोट गरिनुपर्छ।" उनले थपे, "मैले आज यहाँ सुनेका सबै योजना र सुझावलाई समेटेर प्रदेश सरकार समक्ष प्रस्तुत गर्नेछु। तपाईंहरूको सुझाव र माया नै मेरो प्रेरणा हो। भविष्यमा पनि बजेट बनाउँदा, नीति निर्माण गर्दा म सधैं जनताको बीचमा रहने छु।"

उनले भ्रष्टाचार अन्त्य गरी पारदर्शी र उत्तरदायी शासन प्रणाली स्थापना गर्न आवश्यक रहेको जोड दिए। साहले भने , "हामी यदि साच्चिकै समृद्ध देश बनाउन चाहन्छौं भने स्थानीय, प्रदेश र संघीय तहका सरकारहरूले आफ्नो-आफ्नो भूमिकालाई इमान्दारिता र निष्ठाका साथ निर्वाह गर्नुपर्छ।"

कार्यक्रममा स्थानीय जनताले आधारभूत पूर्वाधार विकास, सडक मर्मत, खानेपानी योजना, शिक्षा तथा स्वास्थ्य सुविधाको सुधार, युवाका लागि रोजगारी सिर्जना लगायतका विभिन्न योजना राखेका थिए। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू समेत सक्रिय सहभागी भएका थिए । माओवादी केन्द्रका केन्द्रीय प्रतिनिधि सुर्यनारायण साहले जनताको योजना छनोट अधिकारको बचाउ गर्दै भने, "नेतृत्व चयन जस्तै विकास योजना छनोट गर्ने अधिकार पनि जनताको हो। यो प्रक्रिया संस्थागत गर्न जरुरी छ।" नेपाली कांग्रेसका वडा प्रतिनिधि जयराम भारतीले सर्वदलीय बैठक राखेर योजना छनोट गर्नु स्थानीय लोकतन्त्रको बलियो अभ्यास भएको बताए। कार्यक्रममा नेकपा एमालेका नेता सोनेलाल रसाइली, लोसपाका देबकुमार महतो लगायत नेताहरूले समेत आ–आफ्ना भनाइ राखेका थिए।

कार्यक्रममा वडा अध्यक्ष नवीन साह, पूर्वमन्त्री तथा माओवादी केन्द्रका दल नेता भरत प्रसाद साहको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय प्रतिनिधि सुर्यनारायण साह, प्रदेश सदस्य विजय साह, नेपाली कांग्रेसका वडा प्रतिनिधि जयराम भारती, माओवादी केन्द्रका नेता  रुद्र बुर्जा, लोसपाका देबकुमार महतो, नेकपा एमालेका सोनेलाल रसाइली, माओवादी केन्द्रका नेता श्याम साफकोटा, स्वकीय सचिव श्री किशोर साहलगायत स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

निर्वाचन सुरक्षाका लागि महोत्तरीमा इजाजत प्राप्त हातहत..

निरन्जन कुमार साह  महोत्तरी, पुष २८ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरीले आगामी २०८२ साल फागुन २९ गते हुने प्..

9 दिन पहिले

महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..

भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभ..

12 दिन पहिले

कठै, यो चिसो

निरन्जन कुमार साह, महोत्तरी  कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..

12 दिन पहिले

चिसो बढ्दै गर्दा घरपालुवा जनावरमा विशेष ध्यान दिन नेपाल ..

निरन्जन कुमार साह महोत्तरी,पुष १९ गते  । मौसम परिवर्तनसँगै चिसो बढ्दै जाँदा घरपालुवा जनावरहरू विभिन्न रोगको ज..

19 दिन पहिले

सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..

रोहित यादव पुस १७  गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..

20 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

1 महीना पहिले

गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..

गौशाला, महोत्तरी  असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..

3 महीना पहिले

रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..

गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि  १५ जना व्यक्तिहरू मा..

5 महीना पहिले

नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..

महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..

6 महीना पहिले

राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..

काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..

7 महीना पहिले

गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..

ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..

7 महीना पहिले