जनताको विकासका लागि पूर्वमन्त्री साहको अभियान
1 वर्ष पहिले प्रकाशित
(2082-01-16 B.S.)
1447 पटक देखिएको
निरन्जन कुमार साह
गौशाला, महोत्तरी।
मधेश प्रदेशका पूर्व अर्थमन्त्री तथा प्रदेशसभा सदस्य भरत प्रसाद साह आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माण प्रक्रियामा जनताको आवाज समावेश गर्न घर–घरमा पुगेर योजना संकलन अभियानमा जुटेका छन्। मंगलबार महोत्तरीको गौशाला नगरपालिका वडा नं. १ स्थित वडा कार्यालयमा आयोजना गरिएको योजना छनोट तथा भेटघाट कार्यक्रममा स्थानीय जनसमुदायले उत्साहपूर्वक भाग लिएर वडाभित्र आवश्यक योजना प्रस्तुत गरे।
कार्यक्रममा पूर्वमन्त्री साहले भने, "विकास जनताको आवश्यकता अनुसार हुनुपर्छ। प्रदेश सरकारबाट आउने बजेट योजनाहरु जनप्रतिनिधि आफैंले कोठाभित्र बसेर बनाउने परिपाटी अन्त्य गरी सीधा जनतासँग छलफल गरेर योजना छनोट गरिनुपर्छ।" उनले थपे, "मैले आज यहाँ सुनेका सबै योजना र सुझावलाई समेटेर प्रदेश सरकार समक्ष प्रस्तुत गर्नेछु। तपाईंहरूको सुझाव र माया नै मेरो प्रेरणा हो। भविष्यमा पनि बजेट बनाउँदा, नीति निर्माण गर्दा म सधैं जनताको बीचमा रहने छु।"
उनले भ्रष्टाचार अन्त्य गरी पारदर्शी र उत्तरदायी शासन प्रणाली स्थापना गर्न आवश्यक रहेको जोड दिए। साहले भने , "हामी यदि साच्चिकै समृद्ध देश बनाउन चाहन्छौं भने स्थानीय, प्रदेश र संघीय तहका सरकारहरूले आफ्नो-आफ्नो भूमिकालाई इमान्दारिता र निष्ठाका साथ निर्वाह गर्नुपर्छ।"
कार्यक्रममा स्थानीय जनताले आधारभूत पूर्वाधार विकास, सडक मर्मत, खानेपानी योजना, शिक्षा तथा स्वास्थ्य सुविधाको सुधार, युवाका लागि रोजगारी सिर्जना लगायतका विभिन्न योजना राखेका थिए। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू समेत सक्रिय सहभागी भएका थिए । माओवादी केन्द्रका केन्द्रीय प्रतिनिधि सुर्यनारायण साहले जनताको योजना छनोट अधिकारको बचाउ गर्दै भने, "नेतृत्व चयन जस्तै विकास योजना छनोट गर्ने अधिकार पनि जनताको हो। यो प्रक्रिया संस्थागत गर्न जरुरी छ।" नेपाली कांग्रेसका वडा प्रतिनिधि जयराम भारतीले सर्वदलीय बैठक राखेर योजना छनोट गर्नु स्थानीय लोकतन्त्रको बलियो अभ्यास भएको बताए। कार्यक्रममा नेकपा एमालेका नेता सोनेलाल रसाइली, लोसपाका देबकुमार महतो लगायत नेताहरूले समेत आ–आफ्ना भनाइ राखेका थिए।
कार्यक्रममा वडा अध्यक्ष नवीन साह, पूर्वमन्त्री तथा माओवादी केन्द्रका दल नेता भरत प्रसाद साहको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय प्रतिनिधि सुर्यनारायण साह, प्रदेश सदस्य विजय साह, नेपाली कांग्रेसका वडा प्रतिनिधि जयराम भारती, माओवादी केन्द्रका नेता रुद्र बुर्जा, लोसपाका देबकुमार महतो, नेकपा एमालेका सोनेलाल रसाइली, माओवादी केन्द्रका नेता श्याम साफकोटा, स्वकीय सचिव श्री किशोर साहलगायत स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो।

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..
21 दिन पहिले
कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..
भाग्यरेखा ठाकुर महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..
22 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
27 दिन पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
1 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
1 महीना पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
2 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
5 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
5 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
5 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
6 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
6 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments