रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्रमा प्रवेश

4 महीना पहिले प्रकाशित

(2082-04-26 B.S.)

825 पटक देखिएको


गौशाला, साउन २६ गते ।
रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि  १५ जना व्यक्तिहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन्। रामजस खत्बेको नेतृत्वमा भएको यस प्रवेश कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा मधेश प्रदेशका पूर्व अर्थ मन्त्री भरत प्रसाद साहले प्रवेशकर्ताहरुलाई माला र अबिर लगाएर स्वागत गरेका थिए। उनले माओवादी केन्द्रलाई जनताको अधिकार, समानता र सामाजिक न्यायको पक्षधर पार्टीको रूपमा परिचय गराउँदै नवप्रवेशीहरूलाई पार्टीको सिद्धान्त र नीतिमा प्रतिबद्ध भएर काम गर्न आग्रह गरे।
पूर्व मन्त्री साहले भने, "जनताको हितका लागि पार्टी परिवर्तन गर्नु सकारात्मक कदम हो। तपाईँहरूको अनुभव र उत्साहले माओवादी आन्दोलनलाई अझ सशक्त बनाउनेछ।"
यस अवसरमा प्रवेशकर्ताहरूले पनि माओवादी केन्द्रको नेतृत्व र नीति प्रति विश्वास व्यक्त गर्दै स्थानीय स्तरमा संगठन विस्तार र जनताको समस्या समाधानका लागि सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

5 दिन पहिले

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

13 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

20 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

25 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

1 महीना पहिले

गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..

गौशाला, महोत्तरी  असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..

2 महीना पहिले

नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..

महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..

4 महीना पहिले

राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..

काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..

5 महीना पहिले

गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..

ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..

5 महीना पहिले

गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन

निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..

7 महीना पहिले

जनताको विकासका लागि पूर्वमन्त्री साहको अभियान

निरन्जन कुमार साह  गौशाला, महोत्तरी। मधेश प्रदेशका पूर्व अर्थमन्त्री तथा प्रदेशसभा सदस्य भरत प्रसाद साह आर्थि..

7 महीना पहिले