सुवास नेम्वाङले कांग्रेस सभापति देउवालाई भेट्नुको रहस्य
काठमाडौँ , असार २१
सत्तारुढ दल नेकपामा यतिबेला स्थायी कमिटीको बैठकमा उठेका विषयलाई लिएर खुब रस्साकस्सी चलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै बेला राष्ट्रपतिसँग भेटवार्ता गरेका छन् भने कुनैबेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्।
प्रधानमन्त्री ओलीको राजीनामा माग्ने शीर्ष नेताहरुले पनि भेटवार्तालाई तीव्र पारेका छन् । यतिबेला नेताहरुको छलफल र भेटवार्तालाई विभिन्न तरिकाले अर्थाइएको छ । यसबीच सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता एंव स्थायी समिति सदस्य सुवास नेम्वाङले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्।
नेता नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहअनुसार प्रधानमन्त्रीकै अनुमतिमा आफूले आइतबार बिहान सभापति देउवालाई भेटेको बताएका छन् । उनले यसलाई सामान्य रुपमा लिनसमेत आग्रह गरेका छन् । भेटमा आफूले सभापति देउवालाई समसामयिक राजनीतिक घटनाक्रमबारे प्रमुख प्रतिपक्षी दलका नाताले जानकारी गराएको बताएका छन् । यसअघि प्रधानमन्त्री ओलीले समेत नेता देउवालाई भेटेका थिए ।
‘प्रधानमन्त्रीजीले प्रतिपक्षी दलका नेता शेरबहादुरजीसँग कुराकानी गर्ने भनेकाले उहाँकै अनुमतिमा म भेट्न गएको थिएँ,’ नेम्वाङले थपे, ‘ठोस विषय त्यस्तो केही होइन। विभिन्न विषयमा जानकारी गराउनुपर्ने थियो, भेटेरै जानकारी गराएको हुँ।’ उनका अनुसार जिम्मेवार प्रतिपक्षका नाताले जिम्मेवार भूमिका कांग्रेसले खेल्ने नै छ। खेलोस् भन्ने मेरो आग्रह छ ।
उक्त भेटमा सभापति देउवाले संवैधानिक परिषदका बाँकी नियुक्ति प्रक्रिया, एमसिसी, संविधानका मर्मविपरीत आएका एकपछि अर्का विधेयकहरू लगायतमा छलफल गरी अगाडि बढ्नुपर्ने धारणा राखेका थिए। यसअघि प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच असार १७ गते भेट भएको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा ओलीले नेकपा फुटे मिलेर संयुक्त सरकार बनाउने प्रस्ताव देउवासमक्ष राखेको भन्दै अहिले नेकपामा तरंग आएको छ।
श्रोत सफल खबर
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
5 घन्टा पहिले
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..
3 दिन पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
3 दिन पहिले
वर्षाको पानीमा डुबेर महिलाको मृत्यु
बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..
4 दिन पहिले
सर्लाहीमा युवकलाई नांगो बनाएर कुटपिट, एक पक्राउ
सर्लाही, चैत्र ३ गते । सर्लाहीमा एक युवकलाई नांगो बनाएर अमानवीय रूपमा कुटपिट गरिएको घटनामा प्रहरीले एक जनालाई ..
8 दिन पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
3 दिन पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
28 दिन पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
30 दिन पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
1 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
1 महीना पहिले
महोत्तरी–१ मा उत्साहको लहर: गिरिराज मणि पोखरेलतर्फ बढ्द..
रोहित यादव महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी क्षेत्र नं. १ मा चुनावी माहोल दिनानुदिन तातिँदै गएको छ। गाउँ बस्त..
1 महीना पहिले
वर्षाको पानीमा डुबेर महिलाको मृत्यु
बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितक..
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिका..
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गत..
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर..
कमेन्ट गर्नुहोस्
view comments