जनता माविमा साईकल वितरण
असार ३ ,बारा
अमरेस कुमार पाण्डेय
बाराको कलैया उपमहानगरपालिका वडा नम्वर ३ भवानीपुरको जनता माध्यमिक विधालयमा साईकल वितरण गरिएको छ । विहिवार एक कार्यक्रमको आयोजना गरि "बेटी पढाउ बेटी बचाउ" अभियान अन्तर्गत साईकल वितरण गरिएको हो । प्रदेश २ मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत छात्राहरुलाई प्रोत्साहन गर्नको लागि प्रदेश सरकारले साईकल वितरण गरेको हो ।
उपमहानगरको विभिन्न विधालयहरुमा साईकल वितरण गर्न लागिएको हो । साईकल वितरण कार्यक्रमको प्रमुख अतिथि माननिय पारस प्रसाद साहले छोरीहरुलाई पढाईमा सहज हुन साईकल वितरण गरिएको बताएका छन् ।
विधालयलाई व्यस्थित गर्न वडाध्यक्ष जलाउदिन मसुरले अहम भुमिका खेलेको उनले बताएका छन् । "विधालयको पुर्वाधार देखि शिक्षामा उल्लेख्नीय कार्य गरेको सर्वविदतै छ । अरु वडामा प्रदेशको बजेट लग्यो भने विभिन्न बाधा अडचन सृजना हुने गरेको अनुभव समेत साहले व्यक्त गरे ।" तर वडा ३ को जनता, सिदेश्वर माविमा प्रदेशले गर्न चाहेको विकासमा वडाध्यक्षको सकरात्मक पहलले दिगो विकास भएको उनले बताएका छन् । विधालय प्राङ्गणमा देखिएको सेडलाई हटाई सुलभ भवन बनाउन आफनो कोषबाट २० लाख दिने प्रतिवद्धता समेत गरेका छन् ।
कार्यक्रमको अध्यक्षता गरिरहेका वडाध्यक्ष जलाउदिन मंसुरले प्रदेश २ सरकारको मुख्य एजेण्डा भनेको छोरीहरुलाई शिक्षित गर्नु रहेको बताएका छन् । एउटा घरको छोरी शिक्षित भयो भने त्यसको सम्पुर्ण परिवार शिक्षित हुने मान्यता महसुस गरेकोले साईकल वितरण गरि छोरीहरुको शिक्षामा मनोवल बढाउने काम गरिएको वडाध्यक्ष मसुरले बताएका छन् ।
विधालयका कक्षा ८ मा पढने ३६ जना छात्राहरुलाई साईकल वितरण गरिएको प्रधानाध्यापक लालबाबु जैयसवालले जानकारी गराएका छन् । कार्यक्रममा माननिय पारस साह, वडाध्यक्ष जलाउदिन मसुर, सिदेश्वर माविका विधालय व्यवस्थापन समितिका अध्यक्ष रामअस्रे साह कानु, राजाबाबु साह कानु, रमेश साह, संजय कुशवाहा, अखिलका दिनेश यादव,शिक्षक दिपनारायण यादवले सञ्चालन गरेको कार्यक्रममा उर्मिला यादवले अतिथिहरुलाई दोस्सला लगाई सम्मान गरेकी थिईन ।
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
2 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
10 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
10 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
10 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
13 दिन पहिले
सोनमा गाउँपालिकाको पहिलो प्राथमिकतामा शिक्षा
अनिल कुमार यादव , महोत्तरी । श्रावण,४ गते मधेश प्रदेशको सोनमा गाउँपालिकाले शिक्षा क्षेत्रको सुधारलाई पहिलो प्र..
4 महीना पहिले
समुदायिक विद्यालयका विद्यार्थीलाई मनोबल बढाउन नगद पुरस..
निरन्जन कुमार साह गौशाला, महोत्तरी गौशाला नगरपालिका अन्तर्गत रहेको श्री त्रिभुवन नमुना माध्यमिक विद्यालय, ..
6 महीना पहिले
गौशालामा नगर प्याब्सनको अध्यक्षमा सरोज सिंह चयन
महोत्तरी , पुष १८ गते महोत्तरीको गौशालामा नगर प्याब्सनको अध्यक्षमा सरोज सिंह चयन भएका छन् । गौशाला नगरपालिकाका स..
10 महीना पहिले
गौशाला नगरपालिकाले शिक्षामा गरेको लगानी पानीमा
महोत्तरी , साउन २७ गते टियुले हालै बिएड प्रथम वर्ष (२०८०) को परिक्षाफल प्रकाशन गरेको छ । महोत्तरीको गौशाला नगरपालि..
1 वर्ष पहिले
सम्सीमा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रममा..
निरन्जन कुमार साह महोत्तरी , जेठ ८ गते महोत्तरीको सम्सी गाउँपालिकामा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक..
1 वर्ष पहिले
शिक्षा बलियो बनाउन भौतिक पूर्वाधार हुनुपर्छ : मन्त्री सा..
निरन्जन कुमार साह महोत्तरी , बैशाख ३१ गते मधेश प्रदेश सरकारका मन्त्री तथा नेकपा माओवादी पार्टीको संसदीय दलका नेत..
2 वर्ष पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश ..
कमेन्ट गर्नुहोस्
view comments