कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चरण सफलतापूर्वक सम्पन्न

6 घन्टा पहिले प्रकाशित

(2083-03-32 B.S.)

13 पटक देखिएको

Bhagyarekha Thakur

भाग्यरेखा ठाकुर 

महोत्तरी, असार ३२ गते ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन कलेज (CNRM), बर्दिबासद्वारा आयोजित दोस्रो कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (2nd Symposium on Agriculture-Based Learning for Entrepreneurs Experience–SALEE-2026) को दोस्रो चरण बुधबार भव्य रूपमा सम्पन्न भएको छ।

कलेजका प्रधानाध्यापक अभिषेक श्रेष्ठको अध्यक्षतामा सपन्न उक्त कार्यक्रमका प्रमुख अतिथि कृषि तथा वन विज्ञान विश्वविद्यालयको निरन्तर शिक्षा केन्द्रका निर्देशक प्रा.डा.ओम प्रकाश सिंह रहनुभएको थियो। त्यसैगरी कृषि संकायका डा. होमनाथ गिरी तथा सहायक डिन कृष्णप्रसाद थपलिया विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा श्री विशाल श्रेष्ठ सहित कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा Learning for Entrepreneur Experience (LEE) अन्तर्गत सम्पन्न विद्यार्थी अनुसन्धानहरूको वैज्ञानिक प्रस्तुतीकरण गरिएको थियो। यस क्रममा ३८ वटा अनुसन्धानपत्र प्रस्तुत गरिएका थिए। प्रस्तुत अनुसन्धानहरूमा बाली सुधार, बाली प्रजनन, बागवानी, दिगो कृषि, जलवायु परिवर्तन अनुकूलन, माटो तथा बाली व्यवस्थापन, कृषि प्रविधि, कृषि उद्यमशीलता तथा प्राकृतिक स्रोत व्यवस्थापनसँग सम्बन्धित विविध समसामयिक विषयहरू समेटिएका थिए।

प्रमुख प्रस्तुतिहरूमध्ये अनिता भण्डारी द्वारा Evaluation of Eco-friendly Management Practices Against Major Insect Pest of Cowpea, अजिता पोखरेलद्वारा Evaluation of Genotypes of Barley under Different Sowing Condition in Mahottari, Nepal, हिमानी श्रेष्ठद्वारा Response and Success Rate of Grafted Mandarin Scions onto the Rootstock of Sweet Lemon under Different Grafting Techniques, श्वेता चौधरीद्वारा Field Evaluation of Advanced Breeding Lines of Drought Tolerant Maize during Spring Season at Surkhet, Nepal, तथा विजय सिंहद्वारा Effect of Foliar Application of Plant Growth Regulators on Growth and Yield of Summer Squash (Cucurbita pepo L.) in Manthali, Ramechhap, Nepal शीर्षकका अनुसन्धानपत्रहरूले विशेष आकर्षण प्राप्त गरेका थिए।

प्रत्येक अनुसन्धान प्रस्तुतिपछि विषयविज्ञ तथा प्राध्यापकहरूले अनुसन्धानको गुणस्तर, वैज्ञानिक लेखन, तथ्याङ्क विश्लेषण, अनुसन्धान विधि तथा प्रकाशनका सम्भावनाबारे रचनात्मक सुझाव प्रदान गरेका थिए। यसले विद्यार्थीहरूको अनुसन्धान क्षमता अभिवृद्धि गर्नुका साथै वैज्ञानिक प्रस्तुतीकरण र प्रकाशन संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

प्रमुख अतिथि प्रा. डा. ओम प्रकाश सिंहले अनुसन्धानमा आधारित सिकाइ प्रणालीले दक्ष, सिर्जनशील तथा उद्यमशील कृषि जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै विद्यार्थीहरूलाई अनुसन्धानका उपलब्धिलाई कृषक र समाजसम्म पुर्‍याउन आग्रह गर्नुभयो। विशेष अतिथिहरू डा. होमनाथ गिरी र कृष्णप्रसाद थपलियाले पनि विद्यार्थीहरूको अनुसन्धान प्रयासको प्रशंसा गर्दै यस्ता कार्यक्रमले अनुसन्धान संस्कृति, नवप्रवर्तन र उद्यमशीलताको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमका अध्यक्ष तथा कलेजका प्रधानाध्यापक अभिषेक श्रेष्ठले अनुसन्धानमा आधारित शिक्षाले विद्यार्थीलाई केवल शैक्षिक ज्ञानमा सीमित नराखी व्यवहारिक सीप, नवप्रवर्तन र उद्यमशील सोचको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले कलेजले अध्ययन, अनुसन्धान र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै कृषि क्षेत्रका वास्तविक समस्या समाधान गर्न सक्ने दक्ष जनशक्ति उत्पादनमा जोड दिइरहेको उल्लेख गर्नुभयो। साथै, यस्ता गोष्ठीले विद्यार्थीहरूलाई आफ्ना अनुसन्धानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने आत्मविश्वास र अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमले विद्यार्थीहरूलाई आफ्ना अनुसन्धान उपलब्धिहरू वैज्ञानिक समुदायसमक्ष प्रस्तुत गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नुका साथै कृषि क्षेत्रका समसामयिक समस्या समाधानका लागि अनुसन्धान र नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने साझा मञ्चका रूपमा आफूलाई स्थापित गरेको छ।

कार्यक्रमको समापन गर्दै आयोजक प्राकृतिक स्रोत व्यवस्थापन कलेज (CNRM), बर्दिबासले आगामी दिनहरूमा पनि अनुसन्धान, नवप्रवर्तन, उद्यमशीलता र विद्यार्थीकेन्द्रित सिकाइलाई प्रवर्द्धन गर्ने यस्ता शैक्षिक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..

भाग्यरेखा ठाकुर  महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..

6 घन्टा पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

5 दिन पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

13 दिन पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

14 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

23 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

5 दिन पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..

निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..

4 महीना पहिले

गौशालामा इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवन उद्घाटन

जितेन्द्र कुशवाहा महोत्तरी, माघ २८ गते । गौशाला नगरपालिका वडा नं. १, सुर्तिविकास स्थित गौशाला इन्जिनियरिङ क्याम्..

5 महीना पहिले

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

7 महीना पहिले

सोनमा गाउँपालिकाको पहिलो प्राथमिकतामा शिक्षा

अनिल कुमार यादव , महोत्तरी । श्रावण,४ गते मधेश प्रदेशको सोनमा गाउँपालिकाले शिक्षा क्षेत्रको सुधारलाई पहिलो प्र..

1 वर्ष पहिले