राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ब्याचलाई बिदाइ

6 महीना पहिले प्रकाशित

(2082-12-14 B.S.)

451 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह 
महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program” आयोजना गर्दै विद्यालयको पहिलो एसईई (SEE) ब्याचलाई औपचारिक रूपमा बिदाइ गरिएको छ। विद्यालयले २२ वर्षको शैक्षिक यात्रा पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको अवसरमा कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि गौशाला नगरपालिकाका नगर प्रमुख डा.दिपेन्द्र महतो रहनुभएको थियो भने अध्यक्षता विद्यालयका प्रधानाध्यापकले गर्नुभएको थियो। कार्यक्रममा अभिभावक, विद्यार्थी, शिक्षक–शिक्षिकाको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै गौशाला बहुमुखी क्याम्पसका शिक्षक सुमित साहले शिक्षा जीवनसँग गहिरो रूपमा जोडिएको विषय भएको उल्लेख गर्दै “शिक्षा बिना जीवन अन्धकार हुन्छ” भन्नुभयो। उहाँले जीवनलाई सही दिशा दिन शिक्षाको महत्वपूर्ण भूमिका रहने भन्दै विद्यार्थीहरूलाई शुभकामना व्यक्त गर्नुभयो।
त्यस्तै, भानुभक्त विद्यालयका प्रधानाध्यापक श्याम सापकोटाले वर्तमान समयमा विद्यार्थीहरू अनुशासित हुन अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले यही समय सही र गलत छुट्याउने महत्वपूर्ण चरण भएको उल्लेख गर्दै गलत बाटो रोजेमा जीवनभर पछुताउनुपर्ने चेतावनी दिनुभयो। साथै, अभिभावक नै पहिलो गुरु भएकाले उनीहरूको मार्गदर्शन पालना गर्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो।
प्रमुख अतिथि मेयरले आफ्नो मन्तव्यमा सामाजिक सञ्जालमा अनावश्यक समय खर्च नगरी लक्ष्यप्रति केन्द्रित भएर मेहनत गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले गुरुहरूको सम्मान गर्दै उनीहरूको मार्गनिर्देशन अनुसार अघि बढे मात्र जीवनको उद्देश्य पूरा हुने बताउनुभयो। साथै, नगरपालिकाले शिक्षामा लगानी बढाउँदै लगेको र नगरका सबै विद्यार्थीले आफ्नै नगरबाट उच्च शिक्षा हासिल गर्न सकून् भन्ने लक्ष्य रहेको जानकारी दिनुभयो। अभिभावकको सक्रिय सहयोगले मात्र शिक्षा क्षेत्रमा सुधार सम्भव हुने उहाँको भनाइ थियो।
विद्यालयका प्रधानाध्यापक उमेश सिंहले विद्यालयले २२ वर्ष पूरा गरी पहिलो एसईई ब्याचलाई बिदाइ गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले अभिभावकहरूले विद्यालयप्रति देखाएको विश्वासप्रति आभार व्यक्त गर्दै विभिन्न चुनौतीका बाबजुद आफ्ना बालबालिकालाई एसईईसम्म पुर्‍याएकोमा धन्यवाद दिनुभयो। साथै, विद्यालयले समाजमा छुट्टै पहिचान बनाउने लक्ष्यसहित अनुशासित र गुणस्तरीय शिक्षा प्रदान गर्न निरन्तर प्रयास गरिरहेको बताउनुभयो। आगामी दिनमा कक्षा ११ सञ्चालन गर्दै विज्ञान लगायत अन्य विषयहरूको पठनपाठन सुरु गर्ने योजना समेत उहाँले सुनाउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

4 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

11 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

16 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

21 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

22 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

22 दिन पहिले

कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चरà..

भाग्यरेखा ठाकुर  महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवसà..

2 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घाà¤..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढà¤..

3 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

5 महीना पहिले

गौशालामा इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवन उद्घाटन

जितेन्द्र कुशवाहा महोत्तरी, माघ २८ गते । गौशाला नगरपालिका वडा नं. १, सुर्तिविकास स्थित गौशाला इन्जिनियरिङ क्याम्..

8 महीना पहिले

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले विà¤..

9 महीना पहिले