मन्त्री योगेन्द्र यादवद्धारा गृह जिल्ला रौतहटमा सयौं छात्राहरुलाई साइकल प्रदान

जेठ ६ गते, रौतहट
ओम प्रकाश यादव
प्रदेश २ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले गृह जिल्ला रौतहटमा ठुलो मात्रामा छात्राहरुलाई साइकल वितरण गर्नुभएको छ ।
जनता समाजवादी पार्टीका उपेन्द्र यादव समुहका प्रभावशाली नेता समेत रहेका कृषि राज्य मन्त्री यादवले “ प्रदेश २ सरकारको मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ” कार्यक्रम अन्तर्गत छात्राहरूलाई आज साइकल प्रदान गर्नुभएको छ ।
कोरोना भाइरसलाई मध्य नजर गर्दै भाइरसबाट बच्नका लागि अपनाउनुपर्ने सम्पुर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर अर्थात सामाजिक दुरी कायम राख्दै कृषि राज्य मन्त्री यादवले रौतहटको तिनवटा विद्यालयमा कक्षा ८ मा अध्ययनरत सयौं छात्राहरुलाई साइकल वितरण गरेका हुन । यमुनामाई गाउँपालिका १ जेठरहिया माविमा कक्षा ८ मा अध्ययनरत ७७ जना, सोही वडाको जगदम्बा आधारभुत विद्यालयको ११ र माधवनारायण नगरपालिका ४ बालबिकास आधारभुत विद्यालयको १८ गरी जम्मा १ सय ६ जना छात्राहरूलाई मन्त्री यादवले एकैदिन साइकल प्रदान गर्नु भएको हो ।
विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा साइकल वितरण गर्दै मन्त्री यादवले यस कार्यक्रमले टाढा टाढाबाट विद्यालय आउने छात्राहरुलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो । समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष समेत रहेका मन्त्री यादवले प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत शिक्षा विमा, महिला मैत्री शौचालयको निर्माण जस्ता कार्यक्रमहरूलाई अघि बढाएर महिला सशक्तिकरणमा प्रदेशलाई अग्रपङ्तिमा राख्ने सोच लिएको बताउनु भयो ।
विद्यालयमा छात्राहरुलाई पढाईप्रति आकर्षित गर्ने उद्देश्यले प्रदेश सरकारले बेटी बचाउ बेटी पढाउ कार्यक्रम ल्याएको उहाँले बताउनुभयो । महिला शिक्षा विना प्रदेश समृद्ध हुन नसक्ने यथार्थलाई बुझेर प्रदेश सरकारले एक पछि अर्को कार्यक्रम ल्याउन लागेको उहाँले बताउनुभयो । उहाँले प्रदेश सरकारले छोरीहरूलाई शिक्षित बनाउने मात्र नभई सरकारी सेवामा समेत ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको समेत बताउनु भयो ।
तीन दिन वर्षा हुने, बाली अहिले नकाट्न सुझाव
महोत्तरी, बैशाख ३ गते । मौसम पूर्वानुमान महाशाखाले अबको तीन दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको..
3 दिन पहिले
गौशालाको एक होटलमा आफ्नो छोरीसमेतलाई देह व्यापारमा लगा..
महोत्तरी, चैत्र २७ गते महोत्तरीमा एक होटेलमा देह व्यापारको अवैध क्रियाकलापको बारेमा स्थानीय बासिन्दाले चा..
10 दिन पहिले
महोत्तरीको गौशालामा उपचारको क्रममा बालकको मृत्यु भएपछि..
महोत्तरी, चैत्र २४ गते महोत्तरीको गौशालामा उपचारको क्रममा बालकको मृत्यु भएपछी स्थानीयहरु आन्दोलित भएका छन् । आइ..
13 दिन पहिले
सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगि..
महोत्तरी, चैत्र २० गते सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता बुधबारदेखि श्री सरस्वती माध..
17 दिन पहिले
महोत्तरी लगायत मिथिलाञ्चलमा आज देखि चैती छठ पर्व सुरु
गौशाला, चैत १९ गते । महोत्तरी लगायत मधेसका जिल्लाहरुमा मंगलबार देखि चैती छठ पर्व सुरु भएको छ । चार दिनसम्म मनाइ..
18 दिन पहिले
गौशालामा नगर प्याब्सनको अध्यक्षमा सरोज सिंह चयन
महोत्तरी , पुष १८ गते महोत्तरीको गौशालामा नगर प्याब्सनको अध्यक्षमा सरोज सिंह चयन भएका छन् । गौशाला नगरपालिकाका स..
4 महीना पहिले
गौशाला नगरपालिकाले शिक्षामा गरेको लगानी पानीमा
महोत्तरी , साउन २७ गते टियुले हालै बिएड प्रथम वर्ष (२०८०) को परिक्षाफल प्रकाशन गरेको छ । महोत्तरीको गौशाला नगरपालि..
8 महीना पहिले
सम्सीमा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रममा..
निरन्जन कुमार साह महोत्तरी , जेठ ८ गते महोत्तरीको सम्सी गाउँपालिकामा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक..
11 महीना पहिले
शिक्षा बलियो बनाउन भौतिक पूर्वाधार हुनुपर्छ : मन्त्री सा..
निरन्जन कुमार साह महोत्तरी , बैशाख ३१ गते मधेश प्रदेश सरकारका मन्त्री तथा नेकपा माओवादी पार्टीको संसदीय दलका नेत..
11 महीना पहिले
नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान बर्दिवासम..
निरन्जन कुमार साह महोत्तरी , बैशाख २३ गते महोत्तरीको बर्दिवास स्थित रहेको नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्र..
12 महीना पहिले
रजखोर मा.वि. ले प्रथम द्धितिय र तृतीय विद्यार्थीलाई गर्य..
निरन्जन कुमार साहमहोत्तरी । बैशाख ११ गते महोत्तरीको गौशाला नगरपालिका वडा न. ४ स्थित रहेको मा.वि. रजखोरले सोमबार ..
1 वर्ष पहिले
तीन दिन वर्षा हुने, बाली अहिले नकाट्न सुझाव
महोत्तरी, बैशाख ३ गते । मौसम पूर्वानुमान महाशाखाले अबक..
कमेन्ट गर्नुहोस्
view comments