मन्त्री योगेन्द्र यादवद्धारा गृह जिल्ला रौतहटमा सयौं छात्राहरुलाई साइकल प्रदान
जेठ ६ गते, रौतहट
ओम प्रकाश यादव
प्रदेश २ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले गृह जिल्ला रौतहटमा ठुलो मात्रामा छात्राहरुलाई साइकल वितरण गर्नुभएको छ ।
जनता समाजवादी पार्टीका उपेन्द्र यादव समुहका प्रभावशाली नेता समेत रहेका कृषि राज्य मन्त्री यादवले “ प्रदेश २ सरकारको मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ” कार्यक्रम अन्तर्गत छात्राहरूलाई आज साइकल प्रदान गर्नुभएको छ ।
कोरोना भाइरसलाई मध्य नजर गर्दै भाइरसबाट बच्नका लागि अपनाउनुपर्ने सम्पुर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर अर्थात सामाजिक दुरी कायम राख्दै कृषि राज्य मन्त्री यादवले रौतहटको तिनवटा विद्यालयमा कक्षा ८ मा अध्ययनरत सयौं छात्राहरुलाई साइकल वितरण गरेका हुन । यमुनामाई गाउँपालिका १ जेठरहिया माविमा कक्षा ८ मा अध्ययनरत ७७ जना, सोही वडाको जगदम्बा आधारभुत विद्यालयको ११ र माधवनारायण नगरपालिका ४ बालबिकास आधारभुत विद्यालयको १८ गरी जम्मा १ सय ६ जना छात्राहरूलाई मन्त्री यादवले एकैदिन साइकल प्रदान गर्नु भएको हो ।
विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा साइकल वितरण गर्दै मन्त्री यादवले यस कार्यक्रमले टाढा टाढाबाट विद्यालय आउने छात्राहरुलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो । समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष समेत रहेका मन्त्री यादवले प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत शिक्षा विमा, महिला मैत्री शौचालयको निर्माण जस्ता कार्यक्रमहरूलाई अघि बढाएर महिला सशक्तिकरणमा प्रदेशलाई अग्रपङ्तिमा राख्ने सोच लिएको बताउनु भयो ।
विद्यालयमा छात्राहरुलाई पढाईप्रति आकर्षित गर्ने उद्देश्यले प्रदेश सरकारले बेटी बचाउ बेटी पढाउ कार्यक्रम ल्याएको उहाँले बताउनुभयो । महिला शिक्षा विना प्रदेश समृद्ध हुन नसक्ने यथार्थलाई बुझेर प्रदेश सरकारले एक पछि अर्को कार्यक्रम ल्याउन लागेको उहाँले बताउनुभयो । उहाँले प्रदेश सरकारले छोरीहरूलाई शिक्षित बनाउने मात्र नभई सरकारी सेवामा समेत ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको समेत बताउनु भयो ।
मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न
निरन्जन कुमार साह महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..
7 दिन पहिले
गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी
गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..
11 दिन पहिले
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..
1 महीना पहिले
कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..
भाग्यरेखा ठाकुर महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..
1 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
1 महीना पहिले
कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..
भाग्यरेखा ठाकुर महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..
1 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
1 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
3 महीना पहिले
राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..
निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..
5 महीना पहिले
गौशालामा इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवन उद्घाटन
जितेन्द्र कुशवाहा महोत्तरी, माघ २८ गते । गौशाला नगरपालिका वडा नं. १, सुर्तिविकास स्थित गौशाला इन्जिनियरिङ क्याम्..
6 महीना पहिले
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
8 महीना पहिले
मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न
निरन्जन कुमार साह महोत्तरी, साउन २९ गते मधेश प्रदेशम..
कमेन्ट गर्नुहोस्
view comments