स्टाफ नर्समा कोरोना संक्रमण भएको पुष्टि भएपछि। स्वास्थ्यकर्मी त्रासमा

5 वर्ष पहिले प्रकाशित

(2077-02-01 B.S.)

3132 पटक देखिएको

वीरगञ्ज, २ जेठ । 

वीरगञ्जको नारायणी अस्पतालमा रहेको आइसोलेसन वार्डमा खटिएकी एकजना स्टाफ नर्समै कोरोना भाइरसको संक्रमण देखिएको छ । यसअघि दुईपटक गराइएको परीक्षणमा कोरोनाको संक्रमण नदेखिए पनि पछिल्लो समयमा गरिएको परीक्षणमा उनको पोजिटिभ रिपोर्ट आएको थियो ।

अस्पतालमा कोरोना संक्रमितको सख्या बढ्दै गएपछि अस्पतालको पेडियाट्रिक विभागमा कार्यरत ती स्टाफ नर्सलाई अस्पतालको आइसोलेसन वार्डमा खटाइएको थियो ।

छत्तीस वर्षीया स्टाफ नर्समा कोरोना संक्रमण भएको पुष्टि भएपछि अस्पतालमा कार्यरत अन्य सबै स्वास्थ्यकर्मी त्रासमा रहेका छन् । बुधबार साँझ परीक्षणमा पोजेटिभ देखिएका तीन जनामध्ये एकजना स्टाफ नर्स रहेकी अस्पतालका मेसु डा. मदन उपाध्यायले जानकारी दिए ।

पर्सा जिल्लामा एक स्टाफ नर्स र दुईजना पत्रकारसहित कोरोना संक्रमितको संख्या ८५ जना पुगेको छ । पर्साको सदरमुकाम वीरगञ्ज र पर्साकै विभिन्न ग्रामीण क्षेत्रमासमेत संक्रमित फेला परेका हुन् । पहिले वीरगञ्जमा मात्र पुगेको कोरोना ग्रामीण क्षेत्रमा पुगेको छ । पर्साको जयमङ्गलापुर, सम्झौता, तुलसीवर्वा, धोबिनी र भिस्वामा पनि सङ्क्रमित फेला परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सोनमाका स्कुलमा पुगे एसियाका उत्कृष्ठ प्रध्यानाध्यापक ..

महोत्तरी, भदौं १६ गते  महोत्तरीको सोनामा गाउँपालिका–२ स्थित श्री सरस्वती जनता माध्यमिक विद्यालयमा आइतवार एस..

13 दिन पहिले

गौशालामा निजी विद्यालयले स्कुल बस र्याली निकाल्यो

महोत्तरी, भदौं १६ गते  सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनको विरोधमा सोमवार गौशाला बजारमा निजी विद्यालयहरुल..

13 दिन पहिले

काठमाडौँमा उखु किसानको आन्दोलन, अनुदान भुक्तानीको माग

काठमाडौँ, भदौ १३ । गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानी माग गर्दै उखु किसानहरुले राजधानी केन्द्रित आन्दोलन सु..

16 दिन पहिले

नाई–ठाकुर समुदायका विद्यार्थीहरूको भव्य सम्मान समारोह ..

काठमाडौँ । नाई–ठाकुर समुदायका विद्यार्थीहरूको शैक्षिक उपलब्धिलाई सम्मान गर्ने उद्देश्यले स्वतन्त्र नाई संघ (..

19 दिन पहिले

गौर घटनाको षड्यन्त्रपूर्ण निर्णय विरुद्ध गौशालामा जसपा..

महोत्तरी, भदौं ८ गते । महोत्तरीको गौशालामा गौर घटनाको षड्यन्त्रपूर्ण निर्णय विरुद्ध जनता समाजवादी पार्टी जसप..

21 दिन पहिले

महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष संचालन

निरन्जन कुमार साह, महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । पालिकाले केहि दिन..

4 महीना पहिले

जनकपुरको विभिन्न अस्पतालमा मुख्य मन्त्रीको अनुगमन 

निरन्जन कुमार साह , महोत्तरी  मधेश प्रदेशका मुख्य मन्त्री सतिश कुमार सिंहले जनताको स्वास्थ्य सुरक्षा सुनिश्चि..

7 महीना पहिले

महोत्तरीमा ४५ हजार ४ सय ६४ जना किशोरिलाई खोप लगाइने 

आर.जे. इर्साद  महोत्तरी , माघ १६ गते  महोत्तरीको जलेश्वर स्थित रहेको जिल्ला समन्वय समिति कार्यालयको बैठक हलमा ..

8 महीना पहिले

गौशालामा रक्तदान कार्यक्रम सम्पन्न

निरन्जन कुमार साह महोत्तरी , कार्तिक १६ गते   महोत्तरीको गौशालामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नव जीवन सा..

11 महीना पहिले

गौशालामा स्तनपान सप्ताह कार्यक्रम सम्पन्न

ममता शर्मा , महोत्तरी महोत्तरीको गौशालामा सामुदायिक विकास पैरवी मंचले विभिन्न स्वास्थ्य चौकीमा स्तनपान सप्ताह ..

1 वर्ष पहिले

महोत्तरीको बलवा नगरपालिका पूर्ण खोप पालिका घोषणा

निरन्जन कुमार साह महोत्तरी , बैशाख २८ गते महोत्तरीको बलवा नगरपालिका पूर्ण खोप पालिका घोषणा भएको छ । शुक्रबार एक क..

1 वर्ष पहिले