नेपालमै उत्पादित क्यान्सरको औषधि

5 वर्ष पहिले प्रकाशित

(2078-11-05 B.S.)

6180 पटक देखिएको

फाल्गुन ५ ,बिहिबार 

नेपालमा पनि विश्वभर हुने मृत्युका प्रमुख पाँच कारणमध्येको एक ‘क्यान्सर’को औषधि उत्पादन हुन थालेको छ । नेपाली औषधि उत्पादक कम्पनी टिजिग फार्मा प्रालिले हड्डी, फोक्सोलगायतका क्यान्सरको उपचारमा प्रयोग हुने तीनवटा औषधिको उत्पादन तथा वितरण सुरु गरेको हो ।

औषधि व्यवस्था विभागकाअनुसार टिजिग फार्मा नेपालमा क्यान्सरको औषधि उत्पादनका लागि अनुमति पाउने पहिलो नेपाली कम्पनी हो ।

हाल नेपालमै उत्पादन भएको क्यान्सरको औषधि ट्याब्लेट र क्याप्सुलका रूपमा बजारमा आएको छ । टिजिग फार्माका कार्यकारी निर्देशक शैलेस वैद्यकाअनुसार इन्जेक्सनमा आधारित औषधि पनि निकट भविष्यमै बनाउने कम्पनीको योजना छ । सकेसम्म बढी प्रकारका क्यान्सरविरुद्ध प्रयोग हुने औषधिहरू उत्पादन गर्ने कम्पनीको लक्ष्य रहेको पनि वैद्य बताउँछन् ।

सो औषधिका लागि आवश्यक पर्ने कच्चा पदार्थ, मेसिन, उपकरण आदिका लागि भने भारतको एसपी एक्युर ल्याब (एसपीएएल)सँग सहकार्य गरिएको र औषधि उत्पादन गुणस्तर नियन्त्रणका लागि समेत एसपीएएलका प्राविधिकहरूको नियमित उपस्थिति रहेको वैद्यको भनाइ छ । 

नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डे क्यान्सरको औषधि नेपालमै उत्पादन सुरु हुनुलाई स्वदेशमै जुनसुकै औषधि बन्छ र बनाउन सकिन्छ भन्ने उदाहरण भएको बताउँछन् । पछिल्लोपटक क्यान्सरको औषधि उत्पादन हुनुले स्वदेशी उद्योगको औषधिमा आत्मनिर्भरता हुनुपर्छ भन्ने नीतिमा इट्टा थपेको पाण्डे बताउँछन् ।
कम्पनीका कार्यकारी निर्देशक वैद्य टिजिग फार्माबाट उत्पादन हुने एन्टीक्यान्सर औषधिको मूल्य आयातित औषधिको तुलनामा केही सस्तो हुने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

5 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

6 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

8 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

14 दिन पहिले

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..

  निरन्जन कुमार साह महोत्तरी, भदौ ९  गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..

16 दिन पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

2 महीना पहिले

पीडितको घरमै पुगेर उम्मेदवार महतोको मानवीय पहल

  महोत्तरी ,माघ १३ गते । भ्रष्टाचारको अन्त्य र जनताको प्रत्यक्ष सेवा गर्ने प्रतिबद्धतासहित महोत्तरी क्षेत्र ..

8 महीना पहिले

कठै, यो चिसो

निरन्जन कुमार साह, महोत्तरी  कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..

8 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

10 महीना पहिले

महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष संचालन

निरन्जन कुमार साह, महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । पालिकाले केहि दिन..

1 वर्ष पहिले

जनकपुरको विभिन्न अस्पतालमा मुख्य मन्त्रीको अनुगमन 

निरन्जन कुमार साह , महोत्तरी  मधेश प्रदेशका मुख्य मन्त्री सतिश कुमार सिंहले जनताको स्वास्थ्य सुरक्षा सुनिश्चि..

2 वर्ष पहिले