संविधान संशोधन पक्षमा २५८ मत प्राप्त, विपक्षमा कुनै पनि मत परेन

6 वर्ष पहिले प्रकाशित

(2077-02-31 B.S.)

3416 पटक देखिएको

Radio Juntara

जेष्काठ ३१  

नेपालको वास्तविक नक्शा निशान छापमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ लाई प्रतिनिधिसभाको आजको बैठकको दुई तिहाइभन्दा बढी मतले पारित गरेको छ। दशकौँदेखि भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको उक्त विधेयक आजको प्रतिनिधिसभा बैठकबाट पारित भएको हो।

संविधानतः विधेयक पारित हुन प्रतिनिधिसभामा हाल कायम रहेका सदस्यको दुई तिहाइ बहुमत आवश्यक पर्छ। आजको मतदानमा सबै सहभागीले पक्षमा मतदान गरी राष्ट्रियताका विषयमा अभूतपूर्व एकता प्रदर्शन गरेका छन्। आज भएको मतदानमा संशोधनका पक्षमा २५८ मत प्राप्त भएको थियो। यसअघि विसं २०७२ फागुन ११ गते पहिलो पटक संविधान संशोधन भएको थियो। प्रतिनिधिसभाका कुल सदस्यमध्ये बैठकमा सहभागी २५८ जनाले मतदानमा भाग लिएका थिए। सो सङ्ख्या प्रतिनिधिसभामा तत्काल कायम २७५ सदस्यको दुई तिहाइभन्दा बढी हो। विपक्षमा पनि कुनै पनि मत परेन।

मतदान हुनुअघि संशोधन प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनिमतका लागि निर्णयार्थ प्रस्तुत गर्दा हुन्न भन्ने आवाज नसुनिएपछि विधेयक सर्वसम्मत पारित भएको घोषणा गरेका थिए। त्यसपछि सांसदको दस्तखतसहितको मतदानका लागि मत विभाजन गरिएको थियो। यसअघि कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७  पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त विधेयकमाथि सदनमा दफावार छलफल भएको थियो।

श्रोत हम्राकुरा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

6 घन्टा पहिले

गौशालामा साहित्यकारहरु सम्मानित

रोहित यादव  महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..

3 दिन पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

3 दिन पहिले

वर्षाको पानीमा डुबेर महिलाको मृत्यु

बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..

4 दिन पहिले

सर्लाहीमा युवकलाई नांगो बनाएर कुटपिट, एक पक्राउ

सर्लाही, चैत्र ३ गते । सर्लाहीमा एक युवकलाई नांगो बनाएर अमानवीय रूपमा कुटपिट गरिएको घटनामा प्रहरीले एक जनालाई ..

8 दिन पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

3 दिन पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

29 दिन पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

30 दिन पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

1 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

1 महीना पहिले

महोत्तरी–१ मा उत्साहको लहर: गिरिराज मणि पोखरेलतर्फ बढ्द..

रोहित यादव महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी क्षेत्र नं. १ मा चुनावी माहोल दिनानुदिन तातिँदै गएको छ। गाउँ बस्त..

1 महीना पहिले

वर्षाको पानीमा डुबेर महिलाको मृत्यु

बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितक..

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गत..

गौशालामा साहित्यकारहरु सम्मानित

रोहित यादव  महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिका..

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर..