कोरोना संक्रमणका कारण बाराको निजगढ नगरपालिका वडा नम्बर ६ माथिल्लो योजनाका एक बालकको मृत्यु भएपछि निजगढ नगरपालिकाले सतर्कता अपनाएको छ ।

दिपेन्द्र जयसवाल,बारा जेष्ठ ३१
कोरोना संक्रमणका कारण बाराको निजगढ नगरपालिका वडा नम्बर ६ माथिल्लो योजनाका एक बालकको मृत्यु भएपछि निजगढ नगरपालिकाले सतर्कता अपनाएको छ । नगरपालिकाले शनिबार बिज्ञप्ति जारी गर्दै औषधि पसल बाहेक सम्पूर्ण व्यवसाय,यातायातका साधन,कार्यालय सञ्चालनमा बन्देज गरेको छ ।
नगरपालिकाका मेयर सुरेश कुमार खनालले बिज्ञप्ति जारी गर्नुहुदै नगरपालिकाले शंकास्पद क्षेत्रमा परीक्षणको क्रम अगाडी बढाईसकिएको बताउनुभयो । अनाश्यक घर बाहिर ननिस्कन मेयर खनालले आग्रह गर्नुभएको छ । कोरोना भाईरस नियन्त्रण गर्न नगरपालिकाले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोली परिचालित गरि आवश्यक चेकजाँचका कार्यहरु अगाडी बढाईएको मेयर खनालले बताउनु भएको छ ।
निमोनियाका कारण ग्रसित निजगढ नगरपालिका वडा नम्बर ६ माथिल्लो योजनाका ५ वर्षीय बालकलाई शुक्रबार निजगढ देउरालीपथ स्थित निजगढ सामुदायिक अस्पतालमा सामान्य उपचार पश्चात बीरगंजको बिरगंज हेल्थ कियर अस्पतालमा लागिएको थियो । उपचारको क्रममा आरडिटि रिपोर्ट पोजेटिभ देखिएको बालकको स्वाब संकलन गरि नारायणी अस्पतालमा पिसिआर परिक्षणका लागि लगिएको थियो । पिसिआर परिक्षणको क्रममा मृतक बालकको कोरोना पोजेटिभ पुष्टि भएको थियो । मृतक बालकको टोल छिमेक र नजिकको सम्पर्कमा आएकाहरुलाई नगरपालिकाले सेल्फ अईसोलेट गरेको छ ।
मृतक बालकको उपचार गराईएको निजगढ सामुदायिक अस्पताल शिल गरिएको छ ।कोरोना संक्रमणका कारण मृत्यु भएका बालकको शव आज व्यवस्थापन गरिएको छ । बालकको शव वडा नम्बर ६ स्थित जनहित सामुदायिक वन क्षेत्रमा व्यवस्थापन गरिएको हो । शवलाई निजगढ नगरपालिका,प्रहरी र स्वास्थ्यकर्मीको सहयोगमा नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको हो । शव व्यवस्थापनको क्रममा मृतक बालकको बुवा,आमा र हजुरबुवालाई मात्रै सेनाले सहभागी गराएको थियो ।
सोनमाका स्कुलमा पुगे एसियाका उत्कृष्ठ प्रध्यानाध्यापक ..
महोत्तरी, भदौं १६ गते महोत्तरीको सोनामा गाउँपालिका–२ स्थित श्री सरस्वती जनता माध्यमिक विद्यालयमा आइतवार एस..
13 दिन पहिले
गौशालामा निजी विद्यालयले स्कुल बस र्याली निकाल्यो
महोत्तरी, भदौं १६ गते सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनको विरोधमा सोमवार गौशाला बजारमा निजी विद्यालयहरुल..
13 दिन पहिले
काठमाडौँमा उखु किसानको आन्दोलन, अनुदान भुक्तानीको माग
काठमाडौँ, भदौ १३ । गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानी माग गर्दै उखु किसानहरुले राजधानी केन्द्रित आन्दोलन सु..
16 दिन पहिले
नाई–ठाकुर समुदायका विद्यार्थीहरूको भव्य सम्मान समारोह ..
काठमाडौँ । नाई–ठाकुर समुदायका विद्यार्थीहरूको शैक्षिक उपलब्धिलाई सम्मान गर्ने उद्देश्यले स्वतन्त्र नाई संघ (..
19 दिन पहिले
गौर घटनाको षड्यन्त्रपूर्ण निर्णय विरुद्ध गौशालामा जसपा..
महोत्तरी, भदौं ८ गते । महोत्तरीको गौशालामा गौर घटनाको षड्यन्त्रपूर्ण निर्णय विरुद्ध जनता समाजवादी पार्टी जसप..
21 दिन पहिले
महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष संचालन
निरन्जन कुमार साह, महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । पालिकाले केहि दिन..
4 महीना पहिले
जनकपुरको विभिन्न अस्पतालमा मुख्य मन्त्रीको अनुगमन
निरन्जन कुमार साह , महोत्तरी मधेश प्रदेशका मुख्य मन्त्री सतिश कुमार सिंहले जनताको स्वास्थ्य सुरक्षा सुनिश्चि..
7 महीना पहिले
महोत्तरीमा ४५ हजार ४ सय ६४ जना किशोरिलाई खोप लगाइने
आर.जे. इर्साद महोत्तरी , माघ १६ गते महोत्तरीको जलेश्वर स्थित रहेको जिल्ला समन्वय समिति कार्यालयको बैठक हलमा ..
8 महीना पहिले
गौशालामा रक्तदान कार्यक्रम सम्पन्न
निरन्जन कुमार साह महोत्तरी , कार्तिक १६ गते महोत्तरीको गौशालामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नव जीवन सा..
11 महीना पहिले
गौशालामा स्तनपान सप्ताह कार्यक्रम सम्पन्न
ममता शर्मा , महोत्तरी महोत्तरीको गौशालामा सामुदायिक विकास पैरवी मंचले विभिन्न स्वास्थ्य चौकीमा स्तनपान सप्ताह ..
1 वर्ष पहिले
महोत्तरीको बलवा नगरपालिका पूर्ण खोप पालिका घोषणा
निरन्जन कुमार साह महोत्तरी , बैशाख २८ गते महोत्तरीको बलवा नगरपालिका पूर्ण खोप पालिका घोषणा भएको छ । शुक्रबार एक क..
1 वर्ष पहिले
कमेन्ट गर्नुहोस्
view comments