क्वारेन्टाइनमा बसेकाहरुको स्वाब परिक्षणको नतिजा नआएको भन्दै प्रर्दशन

5 वर्ष पहिले प्रकाशित

(2077-02-31 B.S.)

3730 पटक देखिएको

दिपेन्द्र जयसवाल रौतहट ३१ जेठ 

रौतहटको राजपुर नगरपालिकामा क्वारेन्टाइनमा बसेकाहरुको स्वाब परिक्षणको नतिजा नआएको भन्दै प्रर्दशन भएको छ । राजपुर वडा नं. १ बहुअर्वा र आधारभूत विद्यालयको क्वारेन्टीनमा रहेका सय भन्दा बढी व्यक्तीहरुले आफूहरुको स्वाब संकलन गरेको दुई हप्ता भन्दा बढी समय सम्म पनि कुनै नतिजा नआएको भन्दै गौर चपुर सडकखण्डको बहुअर्वामा सडक अवरुद्ध बनाएका थिए क्वारेन्टीनबाट बाहिर निस्कीएर सडक अवरुद्ध बनाए पछि सुरक्षाकर्मी सँग उनीहरुको झडप समेत भएको थियो ।

बाटो अवरुद्ध बनाएर नारावाजी गर्दै प्रर्दशन गर्न थालेपछि गौर र गरुडाबाट थप प्रहरी टोली सो स्थानमा पठाइएको थियो । विवादले उग्ररुप लिए पछि प्रहरीले बल प्रयोग गर्दै १४ थान अश्रुग्यास र २ राउण्ड हवाई फायर गरेको थियो । क्वारेन्टीनमा बसेकाहरुले प्रहरी माथी ढुङ्गामुढा गर्दै क्वारेन्टीन छोडेर भाग्न खाजे पछि अश्रुग्यास र हवाई फायर गरेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञान कुमार महतोले बताउनु भयो I

प्रर्दशनकारीको ढुङ्गा लागेर प्रहरी हवल्दार सुवोध सिंह घाइते भएका छन । क्वारेन्टीनबाट भागेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर पुनः क्वारेन्टीनमै पुर्याएको छ । स्वाब संकलन गरेको दुई हप्ता बितिसक्दा पनि कोरोना पोजेटिभ वा निगेटिभ नतिजा नआएकोले क्वारेन्टीनमा बसेकाहरु आक्रोशित बनेका छन ।

रौतहटको राजपुर सबै भन्दा बढी संक्रमित पुष्टी भएको पालिका हो । यहाँ २१८ जनामा संक्रमण पुष्टी भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सोनमाका स्कुलमा पुगे एसियाका उत्कृष्ठ प्रध्यानाध्यापक ..

महोत्तरी, भदौं १६ गते  महोत्तरीको सोनामा गाउँपालिका–२ स्थित श्री सरस्वती जनता माध्यमिक विद्यालयमा आइतवार एस..

13 दिन पहिले

गौशालामा निजी विद्यालयले स्कुल बस र्याली निकाल्यो

महोत्तरी, भदौं १६ गते  सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनको विरोधमा सोमवार गौशाला बजारमा निजी विद्यालयहरुल..

13 दिन पहिले

काठमाडौँमा उखु किसानको आन्दोलन, अनुदान भुक्तानीको माग

काठमाडौँ, भदौ १३ । गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानी माग गर्दै उखु किसानहरुले राजधानी केन्द्रित आन्दोलन सु..

16 दिन पहिले

नाई–ठाकुर समुदायका विद्यार्थीहरूको भव्य सम्मान समारोह ..

काठमाडौँ । नाई–ठाकुर समुदायका विद्यार्थीहरूको शैक्षिक उपलब्धिलाई सम्मान गर्ने उद्देश्यले स्वतन्त्र नाई संघ (..

18 दिन पहिले

गौर घटनाको षड्यन्त्रपूर्ण निर्णय विरुद्ध गौशालामा जसपा..

महोत्तरी, भदौं ८ गते । महोत्तरीको गौशालामा गौर घटनाको षड्यन्त्रपूर्ण निर्णय विरुद्ध जनता समाजवादी पार्टी जसप..

21 दिन पहिले

महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष संचालन

निरन्जन कुमार साह, महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । पालिकाले केहि दिन..

4 महीना पहिले

जनकपुरको विभिन्न अस्पतालमा मुख्य मन्त्रीको अनुगमन 

निरन्जन कुमार साह , महोत्तरी  मधेश प्रदेशका मुख्य मन्त्री सतिश कुमार सिंहले जनताको स्वास्थ्य सुरक्षा सुनिश्चि..

7 महीना पहिले

महोत्तरीमा ४५ हजार ४ सय ६४ जना किशोरिलाई खोप लगाइने 

आर.जे. इर्साद  महोत्तरी , माघ १६ गते  महोत्तरीको जलेश्वर स्थित रहेको जिल्ला समन्वय समिति कार्यालयको बैठक हलमा ..

8 महीना पहिले

गौशालामा रक्तदान कार्यक्रम सम्पन्न

निरन्जन कुमार साह महोत्तरी , कार्तिक १६ गते   महोत्तरीको गौशालामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नव जीवन सा..

11 महीना पहिले

गौशालामा स्तनपान सप्ताह कार्यक्रम सम्पन्न

ममता शर्मा , महोत्तरी महोत्तरीको गौशालामा सामुदायिक विकास पैरवी मंचले विभिन्न स्वास्थ्य चौकीमा स्तनपान सप्ताह ..

1 वर्ष पहिले

महोत्तरीको बलवा नगरपालिका पूर्ण खोप पालिका घोषणा

निरन्जन कुमार साह महोत्तरी , बैशाख २८ गते महोत्तरीको बलवा नगरपालिका पूर्ण खोप पालिका घोषणा भएको छ । शुक्रबार एक क..

1 वर्ष पहिले