नेपाल रेडक्रस सोसाइटीको ६१ औं स्थापना दिवस

2 वर्ष पहिले प्रकाशित

(2080-05-19 B.S.)

3353 पटक देखिएको

ममता शर्मा , महोत्तरी ।

महोत्तरीको बर्दिवासमा नेपाल रेडक्रस सोसाइटीले ६१ औं स्थापना दिवस मनाएको छ । मंगलबार रेडक्रस सोसाइटीले बर्दिबास नगरपालिका वडा न. ९ स्थित श्री जनमुखी आधारभुत विद्यालय पशुपति ,बर्दिबासमा विभिन्न कार्यक्रम गरि मनाएको हो ।

विद्यालय रेडक्रस सोसाईटीको आयोजनामा संचालन भएको कार्यक्रममा स्टेसनरी ,खेलकुद र किचेन सामाग्री हस्तान्तरण , आँखा तथा दन्त सिविर,  रक्तदान , फुल बिरुवा रोपन कार्यक्रम गरिएको हो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बर्दिवासका प्रमुख सुदिप यादव , माननीय सांसद शारदा देवि थापा ,बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्री , उपप्रमुख तारादेवी महतो , प्रमुख जिल्ला अधिकारी दिपक पहाडी , इलाका प्रहरी कार्यालयका इन्चार्ज बिजय यादव , वडा न. ९ का वडा अध्यक्ष घोरन महतो , पालिकाको स्वास्थ्य शाखा प्रमुख रामबाबू यादव , वडा न. ७ का वडा अध्यक्ष रामसोगारथ यादव , रोटरी क्लब बर्दिवासका प्रतिनिधि कृष्ण गौतम , सर्पदंश उपचार केन्द्रका सरिता ढुंगाना , मटिहानी कलेजका प्रमुख ईश्वर पौडेल , विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामएतबाल यादव , विद्यालयका प्रधानाध्यापक धर्वेन्द्र कुमार महतो लगायत विभिन्न जनसमुदाय ,संचारकर्मीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा विद्यालयले विभिन्न मागहरुसहितको ज्ञापन पत्र समेत नगर प्रमुख क्षेत्रीलाई बुझाएको छ । पत्रमा विद्यालयलाई जग्गाको आवश्यकता रहेको उल्लेख गर्दै  भवन ,चमेना गृह ,कम्प्युटर सहितको कम्प्युटर ल्याब ,ल्यापटप , प्रोजेक्टर ,इन्भर्टर ,डेस्क बेन्च , खेलकुद सामग्री , लाइब्रेरी ,फर्निचर ,कार्पेट  लगायत विभिन्न शैक्षिक सामाग्रीहरु पालिकालाई उपलब्ध गराइदिन अनुरोध गरिएको छ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीले विद्यालयलाई विभिन्न शिक्षिक सामग्री , किचेनको सामग्री , खेलकुदको सामग्री लगायत हस्तान्तरण गरेको हो । यसक्रममा उपस्थित विभिन्न अतिथिहरुले विद्यालयलाई सक्दो सहयोग गर्ने वाचा गर्दै मनोज महतोले विद्यालयलाई आवश्यक पर्ने इटाको व्यवस्थापन , प्रमुख जिल्ला अधिकारीले रकम पाँच हजारको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यस्तै नगर प्रमुख क्षेत्रीले विद्यालय आवश्यक परेको खण्डमा हरेक तवरले सहयोग गर्ने प्रतिवद्धता समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

5 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

13 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

13 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

14 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

16 दिन पहिले

सोनमा गाउँपालिकाको पहिलो प्राथमिकतामा शिक्षा

अनिल कुमार यादव , महोत्तरी । श्रावण,४ गते मधेश प्रदेशको सोनमा गाउँपालिकाले शिक्षा क्षेत्रको सुधारलाई पहिलो प्र..

4 महीना पहिले

समुदायिक विद्यालयका विद्यार्थीलाई मनोबल बढाउन नगद पुरस..

निरन्जन कुमार साह गौशाला, महोत्तरी  गौशाला नगरपालिका अन्तर्गत रहेको श्री त्रिभुवन नमुना माध्यमिक विद्यालय, ..

6 महीना पहिले

गौशालामा नगर प्याब्सनको अध्यक्षमा सरोज सिंह चयन

महोत्तरी , पुष १८ गते महोत्तरीको गौशालामा नगर प्याब्सनको अध्यक्षमा सरोज सिंह चयन भएका छन् । गौशाला नगरपालिकाका स..

10 महीना पहिले

गौशाला नगरपालिकाले शिक्षामा गरेको लगानी पानीमा

महोत्तरी , साउन २७ गते टियुले हालै बिएड प्रथम वर्ष (२०८०) को परिक्षाफल प्रकाशन गरेको छ । महोत्तरीको गौशाला नगरपालि..

1 वर्ष पहिले

सम्सीमा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रममा..

निरन्जन कुमार साह महोत्तरी , जेठ ८ गते महोत्तरीको सम्सी गाउँपालिकामा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक..

1 वर्ष पहिले

शिक्षा बलियो बनाउन भौतिक पूर्वाधार हुनुपर्छ : मन्त्री सा..

निरन्जन कुमार साह महोत्तरी , बैशाख ३१ गते मधेश प्रदेश सरकारका मन्त्री तथा नेकपा माओवादी पार्टीको संसदीय दलका नेत..

2 वर्ष पहिले