ग्रीनल्याण्डका ८ विद्यार्थीले पाए एमबीबीएस पूर्ण छात्रबृत्ति

2 वर्ष पहिले प्रकाशित

(2080-08-23 B.S.)

5194 पटक देखिएको

मङ्सिर २३ गते  ।

विराटनगरमा रहेको ग्रीनल्याण्ड कलेजमा अध्ययन गरेका आठ जना विद्यार्थीहरुले एमबीबीएसतर्फ पूर्ण छात्रबृत्तिमा नाम निकालेका छन् । कलेजले २०८० सालको परीक्षामा एमबीबीएस परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीहरुलाई सम्मानित गरेको छ ।

कलेज परिसरमा मंगलबार आयोजित कार्यक्रममा विद्यार्थीहरु शत्रुघन साह, अमित यादव, इसान सिंह यादव, रोहनकुमार प्रभाकर, सविना चौधरी, अनमोल झा, कृपा खड्का र आकृति बस्नेतलाई कलेजले सम्मान गरेको हो ।

उनीहरुलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले कदरपत्रसहित सम्मान गरेका हुन् ।

मेयर कोइरालाले विराटनगर गुणस्तरीय शिक्षा प्राप्तिका लागि शैक्षिक गन्तव्य बन्दै गएको र विभिन्न प्रदेशबाट अध्ययनका लागि विराटनगर आउने विद्यार्थीहरुको संख्या बढेको बताए । विराटनगरमा अध्ययन गर्ने विद्यार्थीहरुले प्राप्त गरेको सफलताले विद्यालय तथा कलेजहरुको क्षमता समेत बढाएको बताए ।एउटै शैक्षिक संस्थाबाट आठ जनाले एमबीबीएसमा पूर्ण छात्रबृत्तिमा नाम निकाल्नु निकै महत्वपूर्ण उपलब्धि भएको उनले बताए । कलेज र विद्यार्थीहरुको मेहनतले अध्ययनका लागि नेपालबाट पैसा बिदेशिन रोकेको समेत उनले बताए ।

सम्मानित विद्यार्थीहरुको तर्फबाट बोल्दै विद्यार्थी अमित यादवले कडा मेहनत र संघर्षबाट सफलता प्राप्त गरेको बताए । उनले आफ्नो सफलतामा कलेजका शिक्षकहरुले प्रदान गरेको शैक्षिक वातावरण समेत महत्वपूर्ण रहेको बताए । पढ्ने उद्देश्य राखेर कलेज पुग्ने जोसुकै विद्यार्थीहरुले पनि आफ्नो जीवनको महत्वपूर्ण सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

विद्यार्थी कृपा खड्काले विद्यार्थीहरुको चाहना बमोजिम कलेजको शिक्षण रहेकोले सफलता प्राप्त गर्न सहज भएको बताइन् । उनले पढ्न खोज्यो भने नतिजा निकाल्न सकिन्छ भन्ने आत्मविश्वास पनि बढेको बताइन् । 

कलेजका सञ्चालक राजिव मिश्रले विद्यार्थीहरुलाई उत्प्रेरित गर्न सम्मान गरिएको जानकारी दिए । साथै विद्यार्थीहरुले अन्तर्राष्ट्रियस्तरमा समेत सफलता प्राप्त गरेकोमा कलेज निकै खुशी भएको बताए ।

कार्यक्रमका अध्यक्ष एवं कजेजका सञ्चालक शिवनारायण यादवले कलेजले अझ राम्रो नजिताका लागि मेहनत गर्दै जाने प्रतिवद्धता जनाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चिसो बढ्दै गर्दा घरपालुवा जनावरमा विशेष ध्यान दिन नेपाल ..

निरन्जन कुमार साह महोत्तरी,पुष १९ गते  । मौसम परिवर्तनसँगै चिसो बढ्दै जाँदा घरपालुवा जनावरहरू विभिन्न रोगको ज..

5 दिन पहिले

सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..

रोहित यादव पुस १७  गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..

6 दिन पहिले

उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो

महोत्तरी, पुष १६  गते । उखु बिक्रीका लागि देशकै ठूलो चिनी उद्योगमध्ये एक मानिने एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्..

8 दिन पहिले

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

13 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

16 दिन पहिले

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

13 दिन पहिले

सोनमा गाउँपालिकाको पहिलो प्राथमिकतामा शिक्षा

अनिल कुमार यादव , महोत्तरी । श्रावण,४ गते मधेश प्रदेशको सोनमा गाउँपालिकाले शिक्षा क्षेत्रको सुधारलाई पहिलो प्र..

6 महीना पहिले

समुदायिक विद्यालयका विद्यार्थीलाई मनोबल बढाउन नगद पुरस..

निरन्जन कुमार साह गौशाला, महोत्तरी  गौशाला नगरपालिका अन्तर्गत रहेको श्री त्रिभुवन नमुना माध्यमिक विद्यालय, ..

8 महीना पहिले

गौशालामा नगर प्याब्सनको अध्यक्षमा सरोज सिंह चयन

महोत्तरी , पुष १८ गते महोत्तरीको गौशालामा नगर प्याब्सनको अध्यक्षमा सरोज सिंह चयन भएका छन् । गौशाला नगरपालिकाका स..

1 वर्ष पहिले

गौशाला नगरपालिकाले शिक्षामा गरेको लगानी पानीमा

महोत्तरी , साउन २७ गते टियुले हालै बिएड प्रथम वर्ष (२०८०) को परिक्षाफल प्रकाशन गरेको छ । महोत्तरीको गौशाला नगरपालि..

1 वर्ष पहिले

सम्सीमा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रममा..

निरन्जन कुमार साह महोत्तरी , जेठ ८ गते महोत्तरीको सम्सी गाउँपालिकामा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक..

2 वर्ष पहिले