ग्रीनल्याण्डका ८ विद्यार्थीले पाए एमबीबीएस पूर्ण छात्रबृत्ति
मङ्सिर २३ गते ।
विराटनगरमा रहेको ग्रीनल्याण्ड कलेजमा अध्ययन गरेका आठ जना विद्यार्थीहरुले एमबीबीएसतर्फ पूर्ण छात्रबृत्तिमा नाम निकालेका छन् । कलेजले २०८० सालको परीक्षामा एमबीबीएस परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीहरुलाई सम्मानित गरेको छ ।
कलेज परिसरमा मंगलबार आयोजित कार्यक्रममा विद्यार्थीहरु शत्रुघन साह, अमित यादव, इसान सिंह यादव, रोहनकुमार प्रभाकर, सविना चौधरी, अनमोल झा, कृपा खड्का र आकृति बस्नेतलाई कलेजले सम्मान गरेको हो ।
उनीहरुलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले कदरपत्रसहित सम्मान गरेका हुन् ।
मेयर कोइरालाले विराटनगर गुणस्तरीय शिक्षा प्राप्तिका लागि शैक्षिक गन्तव्य बन्दै गएको र विभिन्न प्रदेशबाट अध्ययनका लागि विराटनगर आउने विद्यार्थीहरुको संख्या बढेको बताए । विराटनगरमा अध्ययन गर्ने विद्यार्थीहरुले प्राप्त गरेको सफलताले विद्यालय तथा कलेजहरुको क्षमता समेत बढाएको बताए ।एउटै शैक्षिक संस्थाबाट आठ जनाले एमबीबीएसमा पूर्ण छात्रबृत्तिमा नाम निकाल्नु निकै महत्वपूर्ण उपलब्धि भएको उनले बताए । कलेज र विद्यार्थीहरुको मेहनतले अध्ययनका लागि नेपालबाट पैसा बिदेशिन रोकेको समेत उनले बताए ।
सम्मानित विद्यार्थीहरुको तर्फबाट बोल्दै विद्यार्थी अमित यादवले कडा मेहनत र संघर्षबाट सफलता प्राप्त गरेको बताए । उनले आफ्नो सफलतामा कलेजका शिक्षकहरुले प्रदान गरेको शैक्षिक वातावरण समेत महत्वपूर्ण रहेको बताए । पढ्ने उद्देश्य राखेर कलेज पुग्ने जोसुकै विद्यार्थीहरुले पनि आफ्नो जीवनको महत्वपूर्ण सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
विद्यार्थी कृपा खड्काले विद्यार्थीहरुको चाहना बमोजिम कलेजको शिक्षण रहेकोले सफलता प्राप्त गर्न सहज भएको बताइन् । उनले पढ्न खोज्यो भने नतिजा निकाल्न सकिन्छ भन्ने आत्मविश्वास पनि बढेको बताइन् ।
कलेजका सञ्चालक राजिव मिश्रले विद्यार्थीहरुलाई उत्प्रेरित गर्न सम्मान गरिएको जानकारी दिए । साथै विद्यार्थीहरुले अन्तर्राष्ट्रियस्तरमा समेत सफलता प्राप्त गरेकोमा कलेज निकै खुशी भएको बताए ।
कार्यक्रमका अध्यक्ष एवं कजेजका सञ्चालक शिवनारायण यादवले कलेजले अझ राम्रो नजिताका लागि मेहनत गर्दै जाने प्रतिवद्धता जनाए ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
7 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चरà..
भाग्यरेखा ठाकुर महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवसà..
3 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घाà¤..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढà¤..
3 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
5 महीना पहिले
राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई à..
निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..
7 महीना पहिले
गौशालामा इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवन उद्घाटन
जितेन्द्र कुशवाहा महोत्तरी, माघ २८ गते । गौशाला नगरपालिका वडा नं. १, सुर्तिविकास स्थित गौशाला इन्जिनियरिङ क्याम्..
8 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments