गौशालामा इन्जिनियरिंग क्याम्पस संचालन , काउन्सिलद्वारा अनुगमन
निरन्जन कुमार साह
महोत्तरी , पुष ६ गते
महोत्तरीको गौशालामा इन्जिनियरिंग क्याम्पस संचालनको लागि गौशाला त्रिभुवन मा.वि. मा अनुगमन भएको छ ।
शुक्रबार राजर्षी जनक विश्व विद्यालयका अनुगमन टोली र नेपाल इन्जिनियरिंग काउन्सिलका टोलीले अनुगमन गरेका हुन् ।अनुगमनको क्रममा संचालन गर्न व्यवस्थापन सम्बन्धि छलफल समेत गरेका छन ।
जसमा त्रिभुवन मा.वि. का प्रधानाध्यापक बिनोद महतोले गौशालामा इन्जिनियारिंग क्याम्पस संचालन भएपछी विद्यार्थीहरुले स्थानीय स्तरबाटै आफ्नो शिक्षा पुरा गर्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो , "क्याम्पस संचालनमा जे जति सहयोग गर्नुपर्ने हुन्छ । म गर्न तयार रहेको छु ।"
अधिक प्रयास पछी इन्जिनियरिंग क्याम्पस गौशालामा संचालनमा आएको छ भने तत्काल त्रिभुवन मा.वि. को नयाँ भवनमा पठनपाठन हुने राजर्षी जनक विश्व विद्यालयका सभासद प्रकाश पोखरेलले बताउनुभयो ।
गौशालामा शिक्षा सुधार गर्न गौशाला नगरपालिकाले अहम प्रयास गरिरहेको छ र पालिकाले गौशाला नगरपालिकालाई शिक्षाको हव बनाउने उद्देश्य बोकेर कार्यहरु अगाडी बढाएको नगर प्रमुख डा. दिपेन्द्र महतोले बताउनुभयो । इन्जिनियरिंग क्याम्पसको संचालन हुनु गौशालाको लागि एउटा ठुलो उपलब्धि प्राप्त भएको उहाँको भनाइ थियो ।
त्यस्तै नेपाल इन्जिनियरिंग काउन्सिलका उपाध्यक्ष ई. विकाश अधिकारिले मधेश प्रदेशको यो पहिलो इन्जिनियरिंग क्याम्पस भएकोले यसलाई व्यवस्थित बनाउन काउन्सिल प्रतिबद्धता रहेको बताउनुभयो । अबको शिक्षा गुणस्तरीय मात्र नभएर सिपमुलक बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो भने शिक्षा जीवन निर्वाहको बाटो निर्माण गर्ने खालको हुनुपर्ने उहाँको भनाइ थियो ।
राजर्षी जनक विश्व विद्यालयका रजिस्ट्रार सह- प्रधानाध्यापक सत्यनारायण साहले पुर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलको सपना आज क्याम्पस संचालन भएपछी पुरा भएको बताउनुभयो । यो क्याम्पसमा सिविल इन्जिनियरिंग ,रेल्वे इन्जिनियरिंग, इलेक्ट्रिकल इन्जिनियरिंगको पठन पाठन हुने भएको छ ।
राजर्षी जनक विश्व विद्यालयका उप - कुलपति तथा प्रधानाध्यापक अमर प्रसाद यादवले दिनरातको मेहनत पछीको यो सफलता प्राप्त भएको र यसलाई दिगो रुपमा लैजाने बताउनुभयो ।
कार्यक्रममा इन्जिनियरिंग क्याम्पसका प्रमुख रामदयाल यादवले क्याम्पसका योजनाहरु प्रोजेक्ट मार्फत दर्शाउदै कार्यक्रमलाई समापन गर्नुभएको थियो ।
कार्यक्रममा इन्जिनियरिंग क्याम्पसका प्रमुख रामदयाल यादव , राजर्षी जनक विश्व विद्यालयका उप -कुलपति अमर प्रसाद यादव , रजिस्ट्रार सह- प्रधानाध्यापक सत्यनारायण साह ,सभासद प्रकाश पोखरेल , नेपाल इन्जिनियरिंग काउन्सिलका उपाध्यक्ष ई. विकाश अधिकारि , गौशाला नगरपालिकाका नगरप्रमुख डा. दिपेन्द्र महतो , अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रिय उपाध्यक्ष सूर्यनारायण साह , वडा न.५ को वडा अध्यक्ष ओम प्रकाश गुप्ता , त्रिभुवन मा.वि. को प्रधानाध्यापक विनोद कुमार महतो , व्यवस्थापन समितिका अध्यक्ष रमेश महतोको उपस्थिति रहेको थियो ।


निर्वाचन सुरक्षाका लागि महोत्तरीमा इजाजत प्राप्त हातहत..
निरन्जन कुमार साह महोत्तरी, पुष २८ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरीले आगामी २०८२ साल फागुन २९ गते हुने प्..
11 घन्टा पहिले
महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..
भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभ..
3 दिन पहिले
कठै, यो चिसो
निरन्जन कुमार साह, महोत्तरी कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..
3 दिन पहिले
चिसो बढ्दै गर्दा घरपालुवा जनावरमा विशेष ध्यान दिन नेपाल ..
निरन्जन कुमार साह महोत्तरी,पुष १९ गते । मौसम परिवर्तनसँगै चिसो बढ्दै जाँदा घरपालुवा जनावरहरू विभिन्न रोगको ज..
10 दिन पहिले
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..
11 दिन पहिले
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
18 दिन पहिले
सोनमा गाउँपालिकाको पहिलो प्राथमिकतामा शिक्षा
अनिल कुमार यादव , महोत्तरी । श्रावण,४ गते मधेश प्रदेशको सोनमा गाउँपालिकाले शिक्षा क्षेत्रको सुधारलाई पहिलो प्र..
6 महीना पहिले
समुदायिक विद्यालयका विद्यार्थीलाई मनोबल बढाउन नगद पुरस..
निरन्जन कुमार साह गौशाला, महोत्तरी गौशाला नगरपालिका अन्तर्गत रहेको श्री त्रिभुवन नमुना माध्यमिक विद्यालय, ..
8 महीना पहिले
गौशालामा नगर प्याब्सनको अध्यक्षमा सरोज सिंह चयन
महोत्तरी , पुष १८ गते महोत्तरीको गौशालामा नगर प्याब्सनको अध्यक्षमा सरोज सिंह चयन भएका छन् । गौशाला नगरपालिकाका स..
1 वर्ष पहिले
गौशाला नगरपालिकाले शिक्षामा गरेको लगानी पानीमा
महोत्तरी , साउन २७ गते टियुले हालै बिएड प्रथम वर्ष (२०८०) को परिक्षाफल प्रकाशन गरेको छ । महोत्तरीको गौशाला नगरपालि..
1 वर्ष पहिले
सम्सीमा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रममा..
निरन्जन कुमार साह महोत्तरी , जेठ ८ गते महोत्तरीको सम्सी गाउँपालिकामा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक..
2 वर्ष पहिले
महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..
भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनद..
कठै, यो चिसो
निरन्जन कुमार साह, महोत्तरी कठै, यो चिसो केवल मौसमको कु..
निर्वाचन सुरक्षाका लागि महोत्तरीमा इजाजत प्राप्त हातहत..
निरन्जन कुमार साह महोत्तरी, पुष २८ गते । जिल्ला प्रशास..
कमेन्ट गर्नुहोस्
view comments