गौशालामा इन्जिनियरिंग क्याम्पस संचालन , काउन्सिलद्वारा अनुगमन 

3 वर्ष पहिले प्रकाशित

(2080-09-06 B.S.)

7825 पटक देखिएको

निरन्जन कुमार साह 
महोत्तरी , पुष ६ गते   

महोत्तरीको गौशालामा इन्जिनियरिंग क्याम्पस संचालनको लागि गौशाला त्रिभुवन मा.वि. मा अनुगमन भएको छ ।

शुक्रबार राजर्षी जनक विश्व विद्यालयका अनुगमन टोली र नेपाल इन्जिनियरिंग काउन्सिलका टोलीले अनुगमन गरेका हुन् ।अनुगमनको क्रममा संचालन गर्न व्यवस्थापन सम्बन्धि छलफल समेत गरेका छन  ।

जसमा त्रिभुवन  मा.वि. का प्रधानाध्यापक बिनोद महतोले गौशालामा इन्जिनियारिंग क्याम्पस संचालन भएपछी विद्यार्थीहरुले स्थानीय स्तरबाटै आफ्नो शिक्षा पुरा गर्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो ,  "क्याम्पस संचालनमा जे जति सहयोग गर्नुपर्ने हुन्छ । म गर्न तयार रहेको छु ।"

अधिक प्रयास पछी इन्जिनियरिंग क्याम्पस गौशालामा संचालनमा आएको छ भने  तत्काल त्रिभुवन मा.वि. को नयाँ भवनमा पठनपाठन हुने राजर्षी जनक विश्व विद्यालयका सभासद प्रकाश पोखरेलले बताउनुभयो ।

गौशालामा शिक्षा सुधार गर्न गौशाला नगरपालिकाले अहम प्रयास गरिरहेको छ र पालिकाले गौशाला नगरपालिकालाई शिक्षाको हव बनाउने उद्देश्य  बोकेर कार्यहरु अगाडी बढाएको नगर प्रमुख डा. दिपेन्द्र महतोले बताउनुभयो । इन्जिनियरिंग क्याम्पसको संचालन हुनु गौशालाको लागि एउटा ठुलो उपलब्धि प्राप्त भएको उहाँको भनाइ थियो  ।

त्यस्तै नेपाल इन्जिनियरिंग काउन्सिलका उपाध्यक्ष ई. विकाश अधिकारिले मधेश प्रदेशको यो पहिलो इन्जिनियरिंग क्याम्पस भएकोले यसलाई व्यवस्थित बनाउन काउन्सिल प्रतिबद्धता रहेको बताउनुभयो । अबको शिक्षा गुणस्तरीय मात्र नभएर सिपमुलक बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो भने शिक्षा जीवन निर्वाहको बाटो निर्माण गर्ने खालको हुनुपर्ने उहाँको भनाइ थियो ।

राजर्षी  जनक विश्व विद्यालयका रजिस्ट्रार सह- प्रधानाध्यापक सत्यनारायण साहले पुर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलको सपना आज क्याम्पस संचालन भएपछी पुरा भएको बताउनुभयो । यो क्याम्पसमा सिविल इन्जिनियरिंग ,रेल्वे इन्जिनियरिंग, इलेक्ट्रिकल इन्जिनियरिंगको पठन पाठन हुने भएको छ ।

राजर्षी जनक विश्व विद्यालयका उप - कुलपति तथा प्रधानाध्यापक अमर प्रसाद यादवले दिनरातको मेहनत पछीको यो सफलता प्राप्त भएको र यसलाई दिगो रुपमा लैजाने बताउनुभयो ।

कार्यक्रममा इन्जिनियरिंग क्याम्पसका प्रमुख रामदयाल यादवले क्याम्पसका योजनाहरु प्रोजेक्ट मार्फत दर्शाउदै कार्यक्रमलाई समापन गर्नुभएको थियो  ।

कार्यक्रममा इन्जिनियरिंग क्याम्पसका प्रमुख रामदयाल यादव , राजर्षी जनक विश्व विद्यालयका उप -कुलपति अमर प्रसाद यादव , रजिस्ट्रार सह- प्रधानाध्यापक सत्यनारायण साह ,सभासद प्रकाश पोखरेल , नेपाल इन्जिनियरिंग काउन्सिलका उपाध्यक्ष ई. विकाश अधिकारि ,  गौशाला नगरपालिकाका नगरप्रमुख डा. दिपेन्द्र महतो , अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रिय उपाध्यक्ष सूर्यनारायण साह , वडा न.५ को वडा अध्यक्ष ओम प्रकाश गुप्ता , त्रिभुवन मा.वि. को प्रधानाध्यापक विनोद कुमार महतो , व्यवस्थापन समितिका अध्यक्ष रमेश महतोको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

3 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

13 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

20 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

25 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले

कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चरà..

भाग्यरेखा ठाकुर  महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवसà..

3 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घाà¤..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढà¤..

3 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

5 महीना पहिले

राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई à..

निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..

6 महीना पहिले

गौशालामा इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवन उद्घाटन

जितेन्द्र कुशवाहा महोत्तरी, माघ २८ गते । गौशाला नगरपालिका वडा नं. १, सुर्तिविकास स्थित गौशाला इन्जिनियरिङ क्याम्..

8 महीना पहिले