गौशाला नगरपालिकाले शिक्षामा गरेको लगानी पानीमा

2 वर्ष पहिले प्रकाशित

(2081-04-27 B.S.)

2408 पटक देखिएको

Niranjan Kumar Sah

महोत्तरी , साउन २७ गते

टियुले हालै बिएड प्रथम वर्ष (२०८०) को परिक्षाफल प्रकाशन गरेको छ । महोत्तरीको गौशाला नगरपालिका स्थित रहेको गौशाला बहुमुखी क्याम्पसमा बिएड प्रथम वर्ष (२०८०) परिक्षामा जम्मा एक जना विद्यार्थी मात्र पास भएपछी जनसमुदायमा आलोचना बढेको छ ।  क्याम्पसमा बिएडमा अध्ययनरत २० जना विद्यार्थीमध्य १ जना विद्यार्थी मात्र पास भएकी छिन् ।

अनेकौ प्रयासपछी  गौशाला नगरपालिकाको लगानीमा संचालनमा आएको क्याम्पसमा परिक्षामा एकजना  बाहेक सबै विद्यार्थी फेल भएपछी क्याम्पसको शैक्षिक गुणस्तरमाथि प्रश्न खडा भएको छ । कतिपय स्थानीयले गौशाला नगरपालिकाले शिक्षामा गरेको लगानी सबै खेर गएको समेत टिप्पणी गरिरहेका छन् । विशिष्ट तथा अनुभवी शिक्षकहरुद्वारा पठनपाठन हुँदा समेत परिक्षामा आएको यस्तो नजिताले शिक्षकमा पनि कमजोरी देखिएको प्रस्ट भएको छ ।

क्याम्पसमा उचित व्यवस्थापनको कमिको कारणले यस्तो नजिता आएको गौशाला -५ का एक शिक्षकले बताए । उनले कक्षाकोठाभित्र उपलब्धिमुलक सिकाई नहुँदा र पाठ्यक्रमको उद्देश्यअनुसार पठनपाठन नहुँदा विद्यार्थी फेल हुने गर्छन भन्ने कुरा व्यक्त गरे । उनि भन्छन् , “रिटायर भइसकेको व्यक्ति गौशाला बहुमुखी क्याम्पसको प्रधानाध्यापक छन् । जबकि क्याम्पस चलाउनको लागि एक योग्य व्यक्तिलाई जिम्मा दिनुपर्ने थियो । तर त्यसो भएन । त्यति मात्र नभएर यसमा शिक्षकहरु पनि उत्तिकै दोषी छन् । शिक्षकको प्रस्तुति पनि कमजोर छ भन्ने नतिजाले देखाएको छ । नत्र यति धेरै विद्यार्थी फेल हुने थिएनन् ।

पछिल्लो समय परिक्षामा चोरीको प्रवृत्ति बढेपछी टियुले परिक्षाको मुल्यांकनमा कडाइ गरेको महसुस भएको सोहि क्याम्पसमा अध्ययनरत विद्यार्थी गौशाला -८ फुलकाहाकी निभा यादवको भनाई छ । यसपाली टियुको नतिजा प्रभावकारी आएको छ , उनले भनिन् , “ चोरीको भरमा पास हुन खोज्ने परीक्षार्थीहरुलाई टियुले यसपाली राम्रो सबक सिकाएको छ । शिक्षकको लापरवाही पनि छर्लंग भएको छ। क्याम्पसमा पहिलो वर्षमा पठनपाठन राम्ररी भएन । यसपाली पनि राम्ररी पढाइ भाको छैन । पहिलो वर्षको बिएड परीक्षामा एक जना बाहेक सबै जना फेल भए । क्याम्पसले लिएको त्रैमासिक परिक्षामा बिबिएस तिरका पनि १/२ जना बाहेक सबै जना फेल नै भएका थिए । अब अन्तिम परिक्षाको नजिता पनि राम्रो आउला जस्तो छैन ।”

साथै उनले क्याम्पसको कुनै पनि शिक्षकको पढाइ प्रभाकारी नभएको र समयमा शिक्षकहरु नआउने , प्रायजसो बिदामा बस्ने गरेको गुनासो गरिन् । अझै राम्ररी क्याम्पसको व्यवस्थापन र कडाइका साथ्  शिक्षकहरुले नियम अनुसार पठनपाठन भएमा मात्र क्याम्पसको शिक्षा राम्रो हुन सक्ने उनको भनाइ छ ।

असन्तुष्टिजनक नजिता सार्वजनिक भएपछी गौशाला नगरपालिकाले यसतिर विशेष ध्यानदिनुपर्ने र समयमै क्याम्पसको शैक्षिक अवस्था सुधार गर्नुपर्ने तथा व्यवस्थित गर्नुपर्ने स्थानीयहरुको भनाई छ ।

क्याम्पसमा १० जना शिक्षक रहेका छन भने ४ जना कर्मचारी छन् । त्यस्तै बिबिएस प्रथम वर्षमा हाल  ६२ जना दोश्रो वर्षमा ३५ जना छात्रछात्रा अध्ययनरत रहेका छन् । बिएड प्रथम वर्षमा १६ जना विद्यार्थी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

3 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

13 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

20 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

24 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले

कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चरà..

भाग्यरेखा ठाकुर  महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवसà..

3 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घाà¤..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढà¤..

3 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

5 महीना पहिले

राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई à..

निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..

6 महीना पहिले

गौशालामा इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवन उद्घाटन

जितेन्द्र कुशवाहा महोत्तरी, माघ २८ गते । गौशाला नगरपालिका वडा नं. १, सुर्तिविकास स्थित गौशाला इन्जिनियरिङ क्याम्..

8 महीना पहिले