गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
8 महीना पहिले प्रकाशित
(2082-09-10 B.S.)
1250 पटक देखिएको
भाग्यरेखा ठाकुर
महोत्तरी ,पुष १० गते ।
महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले विद्यार्थीहरूको शैक्षिक ज्ञानसँगै सांस्कृतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम आयोजना गरेको छ। विद्यालय परिसरमा सम्पन्न उक्त कार्यक्रममा कक्षा १० मा अध्ययनरत छात्रछात्राले विभिन्न समुदायका मौलिक र परम्परागत खानाका परिकारहरू तयार गरी समुदायगत रूपमा सजाएर प्रस्तुत गरेका थिए।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफ्नो–आफ्नो समुदायको पहिचान झल्किने खानाका परिकारहरू प्रस्तुत गर्दै त्यसको महत्व, परम्परा र प्रयोगका अवसरबारे जानकारी समेत दिएका थिए। यसले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूबीच सांस्कृतिक विविधता बुझ्ने अवसर प्रदान गर्नुका साथै आपसी सम्मान र सद्भावको भावना विकास गर्न सहयोग पुगेको विद्यालयले जनाएको छ।
सांस्कृतिक खाना प्रदर्शन कार्यक्रममा केही अभिभावकहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो। अभिभावकहरूले विद्यार्थीहरूको प्रस्तुति अवलोकन गर्दै यस्ता सिर्जनात्मक र व्यवहारिक कार्यक्रमले बालबालिकामा आत्मविश्वास बढाउने तथा आफ्नो संस्कृति प्रतिको गर्वको भावना विकास गर्ने प्रतिक्रिया दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक जुगल साहले समाजमा रहेका सबै समुदायका खानाका परिकार, पहिरन र संस्कृतिबारे जानकारी लिन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उहाँले विद्यालय स्तरबाटै सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धनमा ध्यान दिन आवश्यक रहेको उल्लेख गर्नुभयो। “विद्यार्थीहरूले किताबबाट मात्रै होइन, व्यवहारिक अभ्यासबाट पनि संस्कृति बुझ्नुपर्छ, यस्ता कार्यक्रमले संस्कृति जगेर्नामा ठुलो योगदान पुर्याउँछ,” उहाँले भन्नुभयो।
त्यसैगरी सामाजिक विषयका शिक्षक गिरिराज काफ्लेले परम्परा र सांस्कृतिक मूल्य झल्काउने यस्ता कार्यक्रम अत्यन्त महत्वपूर्ण हुने बताउँदै आधुनिकतासँगै लोप हुँदै गइरहेका संस्कृतिहरूको संरक्षणका लागि विद्यालयको भूमिका महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो। उहाँका अनुसार यस्ता गतिविधिले विद्यार्थीहरूलाई आफ्नो समाज र इतिहासप्रति जिम्मेवार बनाउने गर्दछ।
विद्यालय प्रशासनका अनुसार यस प्रकारका शैक्षिक, सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ। यस्ता कार्यक्रममार्फत विद्यार्थीहरूको सर्वाङ्गीण विकासका साथै सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुत हुने अपेक्षा गरिएको छ।
गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी
गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..
7 घन्टा पहिले
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..
24 दिन पहिले
कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..
भाग्यरेखा ठाकुर महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..
25 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
1 महीना पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
1 महीना पहिले
कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..
भाग्यरेखा ठाकुर महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..
25 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
1 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
3 महीना पहिले
राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..
निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..
5 महीना पहिले
गौशालामा इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवन उद्घाटन
जितेन्द्र कुशवाहा महोत्तरी, माघ २८ गते । गौशाला नगरपालिका वडा नं. १, सुर्तिविकास स्थित गौशाला इन्जिनियरिङ क्याम्..
6 महीना पहिले
सोनमा गाउँपालिकाको पहिलो प्राथमिकतामा शिक्षा
अनिल कुमार यादव , महोत्तरी । श्रावण,४ गते मधेश प्रदेशको सोनमा गाउँपालिकाले शिक्षा क्षेत्रको सुधारलाई पहिलो प्र..
1 वर्ष पहिले
गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी
गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा ..
कमेन्ट गर्नुहोस्
view comments