अत्याधुनिक सुबिधासम्पन्न आईसोलन कक्ष आज देखि संचालन

दिपेन्द्र जयसवाल असार ९
रौतहटको चन्द्रपुरमा अत्याधुनिक सुबिधासम्पन्न आईसोलन कक्ष आज देखि संचालनमा आएसंगै संक्रमित बिरामी राखिएको छ । यस अघि बनाइएको क्वारेन्टाईन लाईनै आईसोलेसन कक्ष बनाईएपनि अब भने छुट्टै निर्माण गरिएको आईसोलेसन कक्षमा संक्रमित राखेर डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार गराईने छ ।
रौतहटको चन्द्रपुर, बृन्दाबन, गढीमाई, गुजरा नगरपालिकाका ३२ जना संक्रमित लाई सो आईसोलन कक्षमा आज देखि राखिएको छ । चन्द्रपुर नगरपालिका वडा नं.२ स्थित सहिद स्मृती पार्कमा ४० बेडको सुबिधासम्पन्न आईसोलेसन कक्षको निर्माण गरिएसंगै संक्रमित लाई सो आईसोलेसन कक्षमा राखिएको हो । चार खण्ड सहितको कक्षमा सात वटा एसी र छुटाछुटै शौचालयको प्रबन्ध समेत रहेको । रौतहटमा कोरोना भाईरसको संक्रमित संख्या बढदै जान थालेपछि चन्द्रपुर, बृन्दाबन, गुजरा र गढीमाई नगरपालिकाको संयुक्त लगानीमा सुबिधा सम्पन्न आईसोलेसन कक्षको निर्माण गरिएको हो ।
सो आईसोलेसन कक्ष निर्माण गर्न चार वटै नगरपालिकाले ७० लाख बजेट बिनियोजन गरेको थियो । चन्द्रपुर नगरपालिकाको २५ लाख, बृन्दाबन, गुजरा र गडिमाई नगरपालिकाको १५ १५ लाखको लागतमा ४० बेडको आईसोलेसन निर्माण गरिएको हो । रौतहटमा समेत १ हजार ५९ जनामा कोरोना भाईरसको संक्रमण देखिसकेकोको छ । यो संख्या अझै बढन सक्ने अनुमान गरिएको छ । रौतहटको क्वारेन्टिनलाईनै आइसोलेशन बनाएर ३१ महिला र ५८१ जना पुरुषलाई राखिएको छ ।
ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिव चेतनाथ बरालले कोरोना भाईरस नियन्त्रणको लागि पालिका सित मिलेर कार्य अघि बढेको बताउनु भयो । नेकपाका जिल्ला ईन्चार्ज युवराज भट्टराईले सबैको चिन्ता र चासो रहेको कोरोना भाईरस नियन्त्रण गर्न आबश्यक पुर्बाधारमा सबैको सहमति कायम रहेको बताउनु भयो ।
सोनमाका स्कुलमा पुगे एसियाका उत्कृष्ठ प्रध्यानाध्यापक ..
महोत्तरी, भदौं १६ गते महोत्तरीको सोनामा गाउँपालिका–२ स्थित श्री सरस्वती जनता माध्यमिक विद्यालयमा आइतवार एस..
13 दिन पहिले
गौशालामा निजी विद्यालयले स्कुल बस र्याली निकाल्यो
महोत्तरी, भदौं १६ गते सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनको विरोधमा सोमवार गौशाला बजारमा निजी विद्यालयहरुल..
13 दिन पहिले
काठमाडौँमा उखु किसानको आन्दोलन, अनुदान भुक्तानीको माग
काठमाडौँ, भदौ १३ । गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानी माग गर्दै उखु किसानहरुले राजधानी केन्द्रित आन्दोलन सु..
16 दिन पहिले
नाई–ठाकुर समुदायका विद्यार्थीहरूको भव्य सम्मान समारोह ..
काठमाडौँ । नाई–ठाकुर समुदायका विद्यार्थीहरूको शैक्षिक उपलब्धिलाई सम्मान गर्ने उद्देश्यले स्वतन्त्र नाई संघ (..
18 दिन पहिले
गौर घटनाको षड्यन्त्रपूर्ण निर्णय विरुद्ध गौशालामा जसपा..
महोत्तरी, भदौं ८ गते । महोत्तरीको गौशालामा गौर घटनाको षड्यन्त्रपूर्ण निर्णय विरुद्ध जनता समाजवादी पार्टी जसप..
21 दिन पहिले
महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष संचालन
निरन्जन कुमार साह, महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । पालिकाले केहि दिन..
4 महीना पहिले
जनकपुरको विभिन्न अस्पतालमा मुख्य मन्त्रीको अनुगमन
निरन्जन कुमार साह , महोत्तरी मधेश प्रदेशका मुख्य मन्त्री सतिश कुमार सिंहले जनताको स्वास्थ्य सुरक्षा सुनिश्चि..
7 महीना पहिले
महोत्तरीमा ४५ हजार ४ सय ६४ जना किशोरिलाई खोप लगाइने
आर.जे. इर्साद महोत्तरी , माघ १६ गते महोत्तरीको जलेश्वर स्थित रहेको जिल्ला समन्वय समिति कार्यालयको बैठक हलमा ..
8 महीना पहिले
गौशालामा रक्तदान कार्यक्रम सम्पन्न
निरन्जन कुमार साह महोत्तरी , कार्तिक १६ गते महोत्तरीको गौशालामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नव जीवन सा..
11 महीना पहिले
गौशालामा स्तनपान सप्ताह कार्यक्रम सम्पन्न
ममता शर्मा , महोत्तरी महोत्तरीको गौशालामा सामुदायिक विकास पैरवी मंचले विभिन्न स्वास्थ्य चौकीमा स्तनपान सप्ताह ..
1 वर्ष पहिले
महोत्तरीको बलवा नगरपालिका पूर्ण खोप पालिका घोषणा
निरन्जन कुमार साह महोत्तरी , बैशाख २८ गते महोत्तरीको बलवा नगरपालिका पूर्ण खोप पालिका घोषणा भएको छ । शुक्रबार एक क..
1 वर्ष पहिले
कमेन्ट गर्नुहोस्
view comments