स्तन क्यान्सरको पहिलो र मुख्य लक्षण भनेकै स्तनमा गाँठा गुठी हुनु

6 वर्ष पहिले प्रकाशित

(2077-05-27 B.S.)

6259 पटक देखिएको

भदौ २७ 

स्तन क्यान्सरको पहिलो र मुख्य लक्षण भनेकै स्तनमा गाँठा गुठी हुनु हो । तर लण्डनका बैज्ञानिकहरुले स्तनमा गाँठा गुठी नदेखिएका महिलाहरुलाई पनि स्तनक्यान्सर हुन सक्ने दावी गरेका छन् । भर्खरै गरिएको अनुसन्धानलाई हवाला दिदै उनीहरुले महिलाहरुलाई गाँठा बाहेकका अन्य लक्षणहरु पनि हुनसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् ।

युनिभर्सिटी कलेज लण्डनका बैज्ञानिकहरु भर्खरै स्तन क्यान्सर पत्ता लागेका २ हजार ३ सय महिलाहरुको लक्षण केलाएका थिए । सो क्रममा हरेक ६ मध्ये १ जनालाई स्तनमा गाँठा गुँठी नै नदेखिईकन क्यान्सर भएको पाइएको थियो । सोही कारण उनीहरुले स्तन क्यान्सरको लक्षण स्तनमा गाँठा बाहेक अन्य पनि हुनसक्ने भन्दै सचेत गराएका हुन् ।

महिलाहरुले स्तनमा गाँठा आएको मात्रै क्यान्सर हुनसक्ने भन्दै अन्य लक्षणको वेवास्ता गरेको पाइयो । जसले गर्दा क्यान्सर रोगको पहिचान धेरै ढिला हुन गयो । नेशनल क्यान्सर रिसर्च इन्स्टिीच्युटका निर्देशक डा क्यारेन केनडीले भने, क्यान्सर रोग जति ढिलो पत्ता लाग्यो उत्तिकै जोखिम हुन्छ ।

डा केनडीले काखी निर सुन्निने, स्तनको निप्पलमा परिवर्तन हुने, स्तनबाट रगत आउने, स्तनमा विमिरा आउने जस्ता लक्षण क्यान्सरको हुनसक्ने भन्दै यस्तो लक्षण आएमा परीक्षण गरिहाल्न सुझाव दिएका छन् ।

उता अनुसन्धानकर्ताहरुले स्तनका गाँठा गुठि बाहेक अन्य लक्षणले पनि क्यान्सर रोग लागेको नलागेको थाह हुनसक्ने भन्दै महिलाहरुलाई आफै जाँच गर्ने केही सुझाव दिएका छन् ।

उनीहरुले दिएको सुझावहरु यसप्रकार छन् :

१. स्तन वरिपरि गाँठा गुठी वा बाक्लो मांसपेशी देखिएमा क्यान्सरको लक्षण हुनसक्छ ।
२. एउटा वा दुबै स्तनको बनोट र आकार परिवर्तन भएमा पनि क्यान्सर हुनसक्छ ।
३. स्तनको निप्पलबाट रगत बगेमा पनि त्यो क्यान्सरको लक्षण हुनसक्छ ।
४. काखी वा त्यसवरपर सुन्निएमा वा गाँठा देखा परेमा पनि त्यो क्यान्सरको लक्षण हुनसक्छ ।
५. स्तनमा डिम्पल जस्तो खाल्टो देखा परेमा पनि त्यो क्यान्सरको लक्षण हुनसक्छ ।
६.स्तनको मुन्टो (निप्पल) वरिपरि दाग वा धब्बा देखिएमा पनि त्यो क्यान्सरको लक्षण हुनसक्छ ।
७. स्तनको मुन्टो ( निप्पल)को बनोट र आकार परिवर्तन भएमा पनि त्यो क्यान्सरको लक्षण हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..

निरन्जन कुमार साह  महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा  भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..

19 दिन पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

1 महीना पहिले

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण

एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..

1 महीना पहिले

राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..

निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..

1 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

1 महीना पहिले

पीडितको घरमै पुगेर उम्मेदवार महतोको मानवीय पहल

  महोत्तरी ,माघ १३ गते । भ्रष्टाचारको अन्त्य र जनताको प्रत्यक्ष सेवा गर्ने प्रतिबद्धतासहित महोत्तरी क्षेत्र ..

3 महीना पहिले

कठै, यो चिसो

निरन्जन कुमार साह, महोत्तरी  कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..

4 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

6 महीना पहिले

महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष संचालन

निरन्जन कुमार साह, महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । पालिकाले केहि दिन..

12 महीना पहिले

जनकपुरको विभिन्न अस्पतालमा मुख्य मन्त्रीको अनुगमन 

निरन्जन कुमार साह , महोत्तरी  मधेश प्रदेशका मुख्य मन्त्री सतिश कुमार सिंहले जनताको स्वास्थ्य सुरक्षा सुनिश्चि..

1 वर्ष पहिले

महोत्तरीमा ४५ हजार ४ सय ६४ जना किशोरिलाई खोप लगाइने 

आर.जे. इर्साद  महोत्तरी , माघ १६ गते  महोत्तरीको जलेश्वर स्थित रहेको जिल्ला समन्वय समिति कार्यालयको बैठक हलमा ..

1 वर्ष पहिले