शिक्षकहरुको तलवमा ढिलाई, शिक्षाको स्तर खस्कदो
किसन साह
आजभन्दा १५ वर्ष अघिसम्म जनकपुर क्षेत्रको शिक्षा भरपर्दो थियो । जसकारण स्थानियहरु यतै शिक्षा पुरा गर्ने गरेका थिए ।
अहिलेभने यस क्षेत्रमा संचालित बोर्डिङ्ग स्कूलका संचालकहरु शिक्षाको व्यापारमा मात्रै केन्द्रित रहेको कारण शैक्षिक स्तर खस्केको पाइएको छ । हुनत शिक्षाको नाममा विभिन्न आकर्षक प्रचार प्रसार गर्ने काम हुन्छ । तर वास्तविकता भने फरक हुन्छ । जुन विद्यार्थी भर्ना गरेपछि मात्र थाहा हुन्छ ।
अहिले जनकपुरमै मासिक १० हजार बढीसम्म शुल्क असुल्ने गरी शैक्षिक व्यापारको थालनी भएको छ । तडकभडकको साथ तिनीहरुले प्रचारप्रसार गरेका हुन्छन् । आजभन्दा १५ वर्ष अघि त्यहाँ पढ्ने विद्यार्थीलाई ट्युसन नपढाउदा पनि हुने गरेकोमा अहिले थप शुल्क तिरेर ट्युसन पढाउनुपर्ने बाध्यता छ ।
ति स्कूलका संचालकहरुले व्यक्तिगत स्वार्थलाई मात्र ख्याल गर्ने तर स्कूलमा योगदान दिने शिक्षकहरुको तलव दिनमा ढिलाई गर्ने गरेको कारण पनि त्यहाँ अध्यापनरत शिक्षकहरु विकल्प खोजेर बाहिरीने गर्दछन् । अनि नयाँ अनुभव नभएका शिक्षक ल्याउने काम व्यापारीबाट हुन्छ । एक त शिक्षकहरुको तलव थोरै त्यो पनि पाउन महिनौ कुर्नुपर्ने बाध्यता । तलव दिनमा ढिलाई भएपछि हातमुख जोर्न समस्या भएको भन्दै बिचबिचमै अनुभवी शिक्षकहरुले काम छाड्न बाध्य हुनुपरेको अवस्था छ ।
बोर्डिङ्ग स्कूलले कमाउने नाममा टाई÷ बेल्ट, पोशाक, डायरी बिक्री अनि तोकेको स्टलबाटै किताव किन्न बाध्य बनाउने कार्य गर्दछन् । त्यति मात्र नभएर त्रैमासिक रुपमा परीक्षा संचालन गर्ने गर्दछन् ताकि विद्यार्थीहरुबाट शुल्क असुल्न सकियोस् । परीक्षा वापतको शुल्क पनि लिने गरिन्छ । मासिक शुल्क पनि सामान्य रुपमा पनि ५ हजार वा सो भन्दा बढी विद्यार्थीबाट लिने गरिन्छ । तरपनि योगदान दिनेहरुको मनोवल उकास्ने गरी कार्य हुंदैन ।
त्यही कारण पनि पढाउने अनुभव भएका शिक्षकहरु अन्यत्र जान बाध्य हुने गरेको अवस्था छ । शिक्षक तथा अन्य कर्मचारीले स्कूलको नियमको पूर्ण पालना गर्नुपर्छ तर स्कूलले तलवमा ढिलाई गर्दा पनि तलव माँग्न मिल्दैन । माँगेमा तलव नदिएर हटाउने सम्मको काम हुन्छ । यसकारण शैक्षिक माफियाको हातमा शिक्षा पुगेको स्पष्ट भएको छ । ति स्कूलहरुलाई साथ दिने काम नेपाल सरकारका कर्मचारीबाट हुन्छ । शिक्षा कार्यालयका कर्मचारीलाई पैसो खुवाएपछि पायक पर्नेगरी सेन्टर मिलाईदिने काम हुनेगर्दछ । यस्तो अवस्थाका कारण पनि शैक्षिक माफियालाई शैक्षिक स्तरमा मनपर्दी गर्न सजिलो भएको छ । यही कारण त्यस्ता माफियाहरु प्रचारमा केन्द्रित नभएर वास्तविकता बुझेर मात्र आ–आफ्नो सन्तानलाई भर्ना गर्न सुझाव दिइन्छ ।
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
3 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
4 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
6 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
12 दिन पहिले
नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..
निरन्जन कुमार साह महोत्तरी, भदौ ९ गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..
14 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
4 दिन पहिले
कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..
भाग्यरेखा ठाकुर महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..
2 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
2 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
4 महीना पहिले
राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..
निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..
5 महीना पहिले
गौशालामा इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवन उद्घाटन
जितेन्द्र कुशवाहा महोत्तरी, माघ २८ गते । गौशाला नगरपालिका वडा नं. १, सुर्तिविकास स्थित गौशाला इन्जिनियरिङ क्याम्..
7 महीना पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्त..
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्र..
कमेन्ट गर्नुहोस्
view comments