शिक्षकहरुको तलवमा ढिलाई, शिक्षाको स्तर खस्कदो

3 वर्ष पहिले प्रकाशित

(2079-01-07 B.S.)

4737 पटक देखिएको

किसन साह 

आजभन्दा १५ वर्ष अघिसम्म जनकपुर क्षेत्रको शिक्षा भरपर्दो थियो । जसकारण स्थानियहरु यतै शिक्षा पुरा गर्ने गरेका  थिए ।

अहिलेभने यस क्षेत्रमा संचालित बोर्डिङ्ग स्कूलका संचालकहरु शिक्षाको व्यापारमा मात्रै केन्द्रित रहेको कारण शैक्षिक स्तर खस्केको पाइएको छ । हुनत शिक्षाको नाममा विभिन्न आकर्षक प्रचार प्रसार गर्ने काम हुन्छ । तर वास्तविकता भने फरक हुन्छ । जुन विद्यार्थी भर्ना गरेपछि मात्र थाहा हुन्छ ।

अहिले जनकपुरमै मासिक १० हजार बढीसम्म शुल्क असुल्ने गरी शैक्षिक व्यापारको थालनी भएको छ । तडकभडकको साथ तिनीहरुले प्रचारप्रसार गरेका हुन्छन् । आजभन्दा १५ वर्ष अघि त्यहाँ पढ्ने विद्यार्थीलाई ट्युसन नपढाउदा पनि हुने गरेकोमा अहिले थप शुल्क तिरेर ट्युसन पढाउनुपर्ने बाध्यता छ ।

ति स्कूलका संचालकहरुले व्यक्तिगत स्वार्थलाई मात्र ख्याल गर्ने तर स्कूलमा योगदान दिने शिक्षकहरुको तलव दिनमा ढिलाई गर्ने गरेको कारण पनि त्यहाँ अध्यापनरत शिक्षकहरु विकल्प खोजेर बाहिरीने गर्दछन् । अनि नयाँ अनुभव नभएका शिक्षक ल्याउने काम व्यापारीबाट हुन्छ । एक त शिक्षकहरुको तलव थोरै  त्यो पनि पाउन महिनौ कुर्नुपर्ने बाध्यता । तलव दिनमा ढिलाई भएपछि हातमुख जोर्न समस्या भएको भन्दै बिचबिचमै अनुभवी शिक्षकहरुले काम छाड्न बाध्य हुनुपरेको अवस्था छ ।

बोर्डिङ्ग स्कूलले कमाउने नाममा टाई÷ बेल्ट, पोशाक, डायरी बिक्री अनि तोकेको स्टलबाटै किताव किन्न बाध्य बनाउने कार्य गर्दछन् । त्यति मात्र नभएर त्रैमासिक रुपमा परीक्षा संचालन गर्ने गर्दछन् ताकि विद्यार्थीहरुबाट शुल्क असुल्न सकियोस् । परीक्षा वापतको शुल्क पनि लिने गरिन्छ । मासिक शुल्क पनि सामान्य रुपमा पनि ५ हजार वा सो भन्दा बढी विद्यार्थीबाट लिने गरिन्छ । तरपनि योगदान दिनेहरुको मनोवल उकास्ने गरी कार्य हुंदैन ।

त्यही कारण पनि पढाउने अनुभव भएका शिक्षकहरु अन्यत्र जान बाध्य हुने गरेको अवस्था छ । शिक्षक तथा अन्य कर्मचारीले स्कूलको नियमको पूर्ण पालना गर्नुपर्छ तर स्कूलले तलवमा ढिलाई गर्दा पनि तलव माँग्न मिल्दैन । माँगेमा तलव नदिएर हटाउने सम्मको काम हुन्छ । यसकारण शैक्षिक माफियाको हातमा शिक्षा पुगेको स्पष्ट भएको छ । ति स्कूलहरुलाई साथ दिने काम नेपाल सरकारका कर्मचारीबाट हुन्छ । शिक्षा कार्यालयका कर्मचारीलाई पैसो खुवाएपछि पायक पर्नेगरी सेन्टर मिलाईदिने काम हुनेगर्दछ । यस्तो अवस्थाका कारण पनि शैक्षिक माफियालाई शैक्षिक स्तरमा मनपर्दी गर्न सजिलो भएको छ । यही कारण त्यस्ता माफियाहरु प्रचारमा केन्द्रित नभएर वास्तविकता बुझेर मात्र आ–आफ्नो सन्तानलाई भर्ना गर्न सुझाव दिइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तीन दिन वर्षा हुने, बाली अहिले नकाट्न सुझाव

महोत्तरी, बैशाख ३ गते । मौसम पूर्वानुमान महाशाखाले अबको तीन दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको..

2 दिन पहिले

गौशालाको एक होटलमा आफ्नो छोरीसमेतलाई देह व्यापारमा लगा..

महोत्तरी, चैत्र २७ गते   महोत्तरीमा एक होटेलमा देह व्यापारको अवैध क्रियाकलापको बारेमा स्थानीय बासिन्दाले चा..

10 दिन पहिले

महोत्तरीको गौशालामा उपचारको क्रममा बालकको मृत्यु भएपछि..

महोत्तरी, चैत्र २४ गते महोत्तरीको गौशालामा उपचारको क्रममा बालकको मृत्यु भएपछी स्थानीयहरु आन्दोलित भएका छन् । आइ..

12 दिन पहिले

सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगि..

महोत्तरी, चैत्र २० गते  सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता बुधबारदेखि श्री सरस्वती माध..

16 दिन पहिले

महोत्तरी लगायत मिथिलाञ्चलमा आज देखि चैती छठ पर्व सुरु

गौशाला, चैत १९ गते । महोत्तरी लगायत मधेसका जिल्लाहरुमा मंगलबार देखि  चैती छठ पर्व सुरु भएको छ । चार दिनसम्म मनाइ..

17 दिन पहिले

गौशालामा नगर प्याब्सनको अध्यक्षमा सरोज सिंह चयन

महोत्तरी , पुष १८ गते महोत्तरीको गौशालामा नगर प्याब्सनको अध्यक्षमा सरोज सिंह चयन भएका छन् । गौशाला नगरपालिकाका स..

4 महीना पहिले

गौशाला नगरपालिकाले शिक्षामा गरेको लगानी पानीमा

महोत्तरी , साउन २७ गते टियुले हालै बिएड प्रथम वर्ष (२०८०) को परिक्षाफल प्रकाशन गरेको छ । महोत्तरीको गौशाला नगरपालि..

8 महीना पहिले

सम्सीमा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रममा..

निरन्जन कुमार साह महोत्तरी , जेठ ८ गते महोत्तरीको सम्सी गाउँपालिकामा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक..

11 महीना पहिले

शिक्षा बलियो बनाउन भौतिक पूर्वाधार हुनुपर्छ : मन्त्री सा..

निरन्जन कुमार साह महोत्तरी , बैशाख ३१ गते मधेश प्रदेश सरकारका मन्त्री तथा नेकपा माओवादी पार्टीको संसदीय दलका नेत..

11 महीना पहिले

नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान बर्दिवासम..

निरन्जन कुमार साह महोत्तरी , बैशाख २३ गते महोत्तरीको बर्दिवास स्थित रहेको नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्र..

12 महीना पहिले

रजखोर मा.वि. ले प्रथम द्धितिय र तृतीय विद्यार्थीलाई गर्य..

निरन्जन कुमार साहमहोत्तरी । बैशाख ११ गते महोत्तरीको गौशाला नगरपालिका वडा न. ४ स्थित रहेको मा.वि. रजखोरले सोमबार ..

1 वर्ष पहिले

तीन दिन वर्षा हुने, बाली अहिले नकाट्न सुझाव

महोत्तरी, बैशाख ३ गते । मौसम पूर्वानुमान महाशाखाले अबक..