हेड मास्टर चाहिदैन भन्दै सम्सीमा विद्यार्थीहरु आन्दोलित ,माग पुरा नभए सम्म पठनपाठन ठप्प पार्ने चेतावनी

4 वर्ष पहिले प्रकाशित

(2079-05-23 B.S.)

17613 पटक देखिएको

ममता शर्मा

गौशाला , भदौ २३

महोत्तरीको सम्सी गाउँपालिका वडा न.२ पर्सा देवा स्थित रहेको श्री राष्ट्रिय मा.वि. का विद्यार्थीहरु  प्रधानाध्यापक परिवर्तन गर्नुपर्ने माग गर्दै आन्दोलित भएका छन्  । 

वर्षौदेखि गुनासो गर्दै आइरहदा पनि विद्यालयको व्यवस्थापन नभएको भन्दै विद्यार्थीहरु सडकमा उत्रिएका छन्  ।  हेड मास्टर चाहिदैन ,स्कुल बेच्न पाइदैन ,विद्यार्थीको भविष्यसँग खेलवाड गर्न पाइदैन ,गुणस्तर शिक्षा दे लेखिएका प्ले कार्ड बोकी नारा लगाउदै १ देखि १० सम्मका छात्रछात्राहरुले प्रदर्शन गरेका हुन् । 

विद्यालयमा कुनै पनि सेवा सुविधा विद्यार्थीलाई प्राप्त नभएको कक्षा ९ मा अध्ययनरत छात्र रोहित गोसाईले गुनासो गरे  ।  उनले भने , "स्कुलमा केही कुराको पनि उचित व्यवस्थापन छैन  ।  खानेपानी ,शौचालय ,कक्षाकोठा ,डेस्क बेन्च ,पोसाक ,खाजा आदि इत्यादी कुनै पनि कुराको विद्यालयले व्यवस्थापन गरेको छैन  ।  कक्षामा शिक्षक पनि पढाउँन आउदैनन ,आएपनि मन लागे पढाउने नलागे नपढाउने गर्छन  । 

विद्यालयका शिक्षकहरु नियमित रुपमा हाजिर नहुने गरेको उनले बताए विद्यार्थीहरु नआएपनि उनीहरुको हाजिरी शिक्षक आफैले मनोमानी ढंगले बनाइदिने गरेको उनले बताए  । 

"हाम्रो स्कुल भ्रष्टाचार नै भ्रष्टाचारले भरिएको छ  ।  यस विद्यालयमा पढ्ने अधिकांस छात्रछात्रालाई आफुले बसोबास गर्ने जिल्लाको नाम समेत भन्न सक्दैनन् ,परिचय दिन पनि नसक्ने खालका छन्  ।  स्कुलमा राम्ररि कहिल्यै पढाइ हुदैन  ।  ७ घन्टीमा ३ घन्टी पनि मुस्किलले पढाई हुन्छ  ।  सरहरु आउछन, दिनभरि मोबाइल खेलेर गफ छोडेर बेलुका फर्किन्छन  । उनीहरुलाई पढाई सँग कुनै मतलब हुदैन  । "

पोसाक (ड्रेस ) पनि उपलब्ध नगराइएको र पुस्तकहरु प्रधानाध्यापकले अन्तै बेच्ने गरेको उनले आरोप लगाए  । 

बिगत ५ वर्ष देखि निरन्तर विद्यालयको स्थिति सुधारका निम्ति आन्दोलन गर्दै आएपनि स्थानीय तहले कुनै सुनुवाई नगरेको विद्यार्थीहरु गुनासो गरे साथै माग पुरा नभए सम्म आन्दोलन गर्ने  र पठनपाठन ठप्प पार्ने उनीहरुले चेतावनी समेत दिएका छन्  । 

यता सम्सी गाउँपालिका वडा न. २ का वडा अध्यक्ष शेष अन्जारेले विद्यार्थीको समस्या समाधानका लागि आफुले सक्दो पहल गर्ने बताए छन्  । 

हाल विद्यालयका प्रधानाध्यापक रामबाबु यादव छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

3 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

4 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

6 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

12 दिन पहिले

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..

  निरन्जन कुमार साह महोत्तरी, भदौ ९  गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..

14 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

4 दिन पहिले

कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..

भाग्यरेखा ठाकुर  महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..

2 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

2 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

4 महीना पहिले

राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..

निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..

5 महीना पहिले

गौशालामा इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवन उद्घाटन

जितेन्द्र कुशवाहा महोत्तरी, माघ २८ गते । गौशाला नगरपालिका वडा नं. १, सुर्तिविकास स्थित गौशाला इन्जिनियरिङ क्याम्..

7 महीना पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्त..