हेड मास्टर चाहिदैन भन्दै सम्सीमा विद्यार्थीहरु आन्दोलित ,माग पुरा नभए सम्म पठनपाठन ठप्प पार्ने चेतावनी

4 वर्ष पहिले प्रकाशित

(2079-05-23 B.S.)

17627 पटक देखिएको

ममता शर्मा

गौशाला , भदौ २३

महोत्तरीको सम्सी गाउँपालिका वडा न.२ पर्सा देवा स्थित रहेको श्री राष्ट्रिय मा.वि. का विद्यार्थीहरु  प्रधानाध्यापक परिवर्तन गर्नुपर्ने माग गर्दै आन्दोलित भएका छन्  । 

वर्षौदेखि गुनासो गर्दै आइरहदा पनि विद्यालयको व्यवस्थापन नभएको भन्दै विद्यार्थीहरु सडकमा उत्रिएका छन्  ।  हेड मास्टर चाहिदैन ,स्कुल बेच्न पाइदैन ,विद्यार्थीको भविष्यसँग खेलवाड गर्न पाइदैन ,गुणस्तर शिक्षा दे लेखिएका प्ले कार्ड बोकी नारा लगाउदै १ देखि १० सम्मका छात्रछात्राहरुले प्रदर्शन गरेका हुन् । 

विद्यालयमा कुनै पनि सेवा सुविधा विद्यार्थीलाई प्राप्त नभएको कक्षा ९ मा अध्ययनरत छात्र रोहित गोसाईले गुनासो गरे  ।  उनले भने , "स्कुलमा केही कुराको पनि उचित व्यवस्थापन छैन  ।  खानेपानी ,शौचालय ,कक्षाकोठा ,डेस्क बेन्च ,पोसाक ,खाजा आदि इत्यादी कुनै पनि कुराको विद्यालयले व्यवस्थापन गरेको छैन  ।  कक्षामा शिक्षक पनि पढाउँन आउदैनन ,आएपनि मन लागे पढाउने नलागे नपढाउने गर्छन  । 

विद्यालयका शिक्षकहरु नियमित रुपमा हाजिर नहुने गरेको उनले बताए विद्यार्थीहरु नआएपनि उनीहरुको हाजिरी शिक्षक आफैले मनोमानी ढंगले बनाइदिने गरेको उनले बताए  । 

"हाम्रो स्कुल भ्रष्टाचार नै भ्रष्टाचारले भरिएको छ  ।  यस विद्यालयमा पढ्ने अधिकांस छात्रछात्रालाई आफुले बसोबास गर्ने जिल्लाको नाम समेत भन्न सक्दैनन् ,परिचय दिन पनि नसक्ने खालका छन्  ।  स्कुलमा राम्ररि कहिल्यै पढाइ हुदैन  ।  ७ घन्टीमा ३ घन्टी पनि मुस्किलले पढाई हुन्छ  ।  सरहरु आउछन, दिनभरि मोबाइल खेलेर गफ छोडेर बेलुका फर्किन्छन  । उनीहरुलाई पढाई सँग कुनै मतलब हुदैन  । "

पोसाक (ड्रेस ) पनि उपलब्ध नगराइएको र पुस्तकहरु प्रधानाध्यापकले अन्तै बेच्ने गरेको उनले आरोप लगाए  । 

बिगत ५ वर्ष देखि निरन्तर विद्यालयको स्थिति सुधारका निम्ति आन्दोलन गर्दै आएपनि स्थानीय तहले कुनै सुनुवाई नगरेको विद्यार्थीहरु गुनासो गरे साथै माग पुरा नभए सम्म आन्दोलन गर्ने  र पठनपाठन ठप्प पार्ने उनीहरुले चेतावनी समेत दिएका छन्  । 

यता सम्सी गाउँपालिका वडा न. २ का वडा अध्यक्ष शेष अन्जारेले विद्यार्थीको समस्या समाधानका लागि आफुले सक्दो पहल गर्ने बताए छन्  । 

हाल विद्यालयका प्रधानाध्यापक रामबाबु यादव छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

12 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

13 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

21 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

1 महीना पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

2 महीना पहिले

कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चरà..

भाग्यरेखा ठाकुर  महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवसà..

3 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घाà¤..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढà¤..

3 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

5 महीना पहिले

राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई à..

निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..

7 महीना पहिले

गौशालामा इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवन उद्घाटन

जितेन्द्र कुशवाहा महोत्तरी, माघ २८ गते । गौशाला नगरपालिका वडा नं. १, सुर्तिविकास स्थित गौशाला इन्जिनियरिङ क्याम्..

8 महीना पहिले