तत्काल विद्यालय खोल्न सकिँदैन निजी विद्यालय सञ्चालक
जेठ २३ गते :
प्याब्सन, एन प्याब्सन, हिसानलगायत निजी शिक्षण संस्थाको छाता सङ्गठनले असार १ गतेदेखि नयाँ भर्ना खोल्न सहजीकरणको माग गरेका छन् ।
कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिसँगको छलफलमा निजी शिक्षण संस्थाका छाता सङ्घ–सङ्गठनका प्रतिनिधिहरूले भर्ना प्रक्रिया सुरु गर्ने बताएका हुन् ।
“कोरोनाको प्रकोप न्यून नभएसम्म र सरकारले पठनपाठन सुरु गर्न निर्देशन नदिँदासम्म विद्यार्थी बोलाउन सक्ने अवस्था छैन,” छलफलमा सहभागी प्याब्सन वरिष्ठ उपाध्यक्ष डीके ढुङ्गानाले भने, “विद्यार्थी कहाँ छन् के छन् उनीहरूलाई एउटा प्रक्रियामा त लिनुपर्यो नि । उनीहरूको लगत उतार्नुपर्यो । तथ्याङ्क राख्नुपर्यो । अभिलेखिकरण गर्नुपर्यो ।
त्यसपछि अनुसार पढाइको व्यवस्थापन पनि गर्नुपर्यो । अब हामी प्रशासनिक प्रक्रिया, काम सुरु गर्छौं । त्यसको योजनामा छौं । प्रिन्सिपल, लेखा नियन्त्रक, कार्यलय सहयोगीलाई आउने–जाने वातावरण बनाइदिनुपर्यो । त्यही कुरा हामीले राख्यौं ।”
उच्चस्तरीय समन्वय समितिले लकडाउनका मोडालिटी परिवर्तन गर्दै शिक्षा क्षेत्रलाई पनि खुकुलो तुल्याउन के विकल्प हुन सक्छ भनेर शिक्षा क्षेत्रका सरोकारवालासँग राय–सुझाव मागेको ढुङ्गानाले बताए । समितिले लिखितै सुझाव मागेकाले शुक्रबार प्याब्सन, एनप्याब्सन र हिसानले लिखित सुझाव पेस गर्ने जानकारी दिए ।
“कोभिड–१९को व्यवस्थापन नयाँ ढङ्गबाट कसरी हुन्छ । शिक्षा क्षेत्रलाई कसरी सहज बनाउन सकिन्छ । विद्यार्थीलाई पठनपाठनसँग कसरी जोड्न सकिन्छ भनेर राय सुझाव माग्न बोलाउनु भएको रहेछ,” ढुङ्गानाले भने, “विद्यार्थी पेनिक छन् । तनाबमा पनि छन् । त्यसको व्यवस्थापन कसरी हुन्छ भनेर सुझाव माग्नुभएको थियो ।”
ढुङ्गानाले निजी शिक्षण संस्थाका छाता सङ्गठनका प्रतिनिधिहरूले विद्यालय सञ्चालनका कठिनाइ बताएको जानकारी दिए । “विद्यालय सुचारु गर्न हाम्रो आफ्नै समस्या छ । तीन महिनादेखि बन्द हुँदा विद्यालय आर्थिक हिसाबले जीर्ण छन् । आयस्रोत ठप्प छ । अभिभावकले पैसा नबुझाएसम्म विद्यालय सञ्चालन हुन सक्दैनन् । त्यहाँका दायित्वहरू, घरको बहाल भुक्तानी गर्न सकिएको छैन, यावत कुरा राख्यौं,” उनले भने ।
अनलाइनको शुल्क नलिइने
ढुङ्गानाले सरकारले तत्कालै अनलाइन कक्षा सुरु गर्न ताकेता गरेको बताउँदै त्यसको कार्यविधि स्पष्ट पार्न आग्रह गरेको बताए ।
“अनलाइन कक्षा सुरु गर्ने कि, भर्चुअल पठनपाठन गर्ने कि, दूर शिक्षा (रेडियो, टेलिभिजन)बाट पठनपाठन गर्ने भन्ने पहिला प्रष्ट हुनुपर्यो । पाठ्य सामग्री विद्यार्थीको हातमा कसरी पुर्याउने, होम डेलिभरी गर्ने कि, केन्द्र तय गरेर त्यहाँबाट बिक्री वितरण गर्ने त्यो प्रष्ट हुनुपर्यो, हामी यिनी सुझाव सरकारलाई दिन्छौं,” ढुङ्गानाले भने ।
उनले अनलाइन कक्षा गर्ने भए त्यसको शुल्क नलिने प्रष्ट पारे । तर पछि क्यालेन्डरमै गाभिए ट्युसन शुल्कका रूपमा लिइने बताए ।
“हामीले १ सय ८० दिनको क्यालेन्डर पूरा गर्ने हो । बाँकी ४० दिन परीक्षाको समय हो,” उनले भने, “अहिले तत्कालका लागि अनलाइन कक्षाको शुल्क नलिने भनेका छौं । अभिभावकलाई के सहुलियत दिने र के लिने भन्ने टुङ्गो नलागी यसै भन्न सकिँदैन ।”
ढुङ्गानाले लकडाउनको अवधिमा विद्यार्थीले उपयोग नगरेको बस, खाना, खाजालगायत शिर्षकमा शुल्क नलिने बताए ।
त्यस्तै ढुङ्गानाले निजी शिक्षण संस्थाले सरकारसँग अनुदान, सफ्ट लोनको अपेक्षा गरेको बताए । “शिक्षक–कर्मचारी छन् । अधिकांश विद्यालय भाडाका घरमा सञ्चालित छन् । बहाल भुक्तानी गर्नुपर्यो,” उनी भन्छन्, “ कम्तीमा ६ महिना रन गर्न सरकारले सहयोग गर्नुपर्यो
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
6 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
7 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
21 दिन पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..
निरन्जन कुमार साह महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..
2 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..
निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..
3 महीना पहिले
गौशालामा इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवन उद्घाटन
जितेन्द्र कुशवाहा महोत्तरी, माघ २८ गते । गौशाला नगरपालिका वडा नं. १, सुर्तिविकास स्थित गौशाला इन्जिनियरिङ क्याम्..
5 महीना पहिले
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
6 महीना पहिले
सोनमा गाउँपालिकाको पहिलो प्राथमिकतामा शिक्षा
अनिल कुमार यादव , महोत्तरी । श्रावण,४ गते मधेश प्रदेशको सोनमा गाउँपालिकाले शिक्षा क्षेत्रको सुधारलाई पहिलो प्र..
11 महीना पहिले
समुदायिक विद्यालयका विद्यार्थीलाई मनोबल बढाउन नगद पुरस..
निरन्जन कुमार साह गौशाला, महोत्तरी गौशाला नगरपालिका अन्तर्गत रहेको श्री त्रिभुवन नमुना माध्यमिक विद्यालय, ..
1 वर्ष पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगाम..
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालि..
कमेन्ट गर्नुहोस्
view comments