बटेश्वरका सरकारी विद्यालय अस्तव्यस्त, गाउँपालिका अध्यक्ष महतोले मतलबै गर्न छोडे
पुस १९ गते ।
जनकपुरधाम - कुनै समय जिल्लाकै उतकृष्ट समुदायिक विद्यालय भनेर परिचित धनुषाको बटेश्वर गाउँपालिका—१ स्थित लक्ष्मी माध्यमिक विद्यालय चित्रपुरको शैक्षिक अवस्था अस्तव्यस्त बनेको छ ।
शिक्षक नहुँदा यहाँ ९ र १० कक्षामा साउनदेखि अंग्रेजी र समाजिक विषय पढाई नै भएको छैन् । एसईई परिक्षा नजिकिन लागेकाले यी दुबै विषयमा पढाइ नै नभएको हुँदा विद्यार्थीलाई अनुतिर्ण हुने चिन्ताले सताएको छ । शिक्षकले पढाएको विज्ञान विषय आफुहरुले बुझ्नै नसकेको विद्यार्थीको गुनासो छ ।
‘हामीले पढाई नभएको, नबुझेको कुरा हेडसरलाई गुनासो गरेको गरै छौँ तर उहाँले वास्तै गर्नुभएको छैन्,’ १० कक्षामा अध्ययनरत विद्यार्थीहरुले एकै स्वरमा भने, ‘एक त ७ घण्टीमा मुस्किलले ४/५ घण्टी पढाई हुन्छ । स्कुलमा नियमित आउने सरहरु पनि समयमा कक्षामा आउनुहुन्न । १०/१५ मिनेट जहिल्यै ढिलो हुन्छ ।’
पढाईसँगै व्यवस्थापन फितलो भएका कारण विद्यालयमा टिफिनपछि विद्यार्थी नै टिक्दैनन् । ७० देखि ८० जना विद्यार्थी नियमित आउने कक्षामा टिफिनपछि मुस्किलले ३० जना भेटिन्छन् । यसबारे पनि शिक्षकले खासै चासो नदेखाएको विद्यार्थीहरुको गुनासो छ । विद्यालयका प्रधानाध्यापक श्याम सिंहले शिक्षक अभाव रहेकाले पठनपाठन प्रभावित भएको बताए ।
‘विद्यालय व्यवस्थापन समिती गठन हुन नसक्दा शिक्षक भर्ती हुन सकेको छैन् । हामी छिटै समिती गठन गरेर शिक्षक भर्ना गरेर समस्या समाधान गछौँ,’ उनले भने ।
उनका अनुसार दुईजना बालविकास सहित १६ जना शिक्षकको भरमा १० कक्षासम्म विद्यालय चलेको छ । पछिल्लो सयम यस विद्यालयमा अनुशासनहीनता पनि बढ्दो छ ।
स्थानीय तथा विद्यार्थीहरुका अनुसार केही विद्यार्थी रक्सी, चुरोट खाएरै पनि विद्यालय जान्छन् । विद्यालयकै समयमा विद्यार्थीहरु बाहिर किराना पसल तथा खेतबारीमा धुम्रपान सेवन गरिरहेका हुन्छन् । बिना हेलमेटकै तिब्र गतिमा केही विद्यार्थी मोटरसाइकलमा ४/५ जना बसेर विद्यालय आउजाउ गरिरहेको भेटिन्छन् ।
दुई वर्षमा यसै विद्यालयका ३ जना विद्यार्थीको मोटरसाइकल दुर्घटनामा मृत्यु भइसकेको छ । तैपनि न स्थानीय जनप्रतिनिधिले यसबारे चासो देखाएका छन्, न अभिभावकले न विद्यालय प्रशासनले नै । विद्यार्थीको यस्तो अनुशासनहीनताबारे आफुलाई थाहा नभएको भन्दै प्रधानाध्यापक सिंहले पन्छिए ।
गाउँपालिका कार्यालयले शिक्षाप्रति चासो नदेखाउँदा बटेश्वरका अन्य सबै विद्यालयको अवस्था यस्तै दैनिय छ । गाउँपालिका अध्यक्ष रामअशिष महतोले शिक्षा समबन्धी योजनाअघि सार्ने कुरा पर जाओस आजसम्म छलफल पनि गरेका छैनन् ।
विद्यालयमा राजनीति हाबी हुँदा यस्तो दुर्गती भएको सरोकारबलाहरु बताउँछन् । योग्य जनप्रतिनिधि नहुँदा विद्यालय अस्तव्यस्त बनेको बटेश्वर गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामलाल महतोले बताए ।
‘योग्य जनप्रतिनिधि नहुँदा शिक्षामा लगानी भएन् । जनप्रतिनिधिले विकास भनेको बाटोघाटो र भवन मात्र हो बुझेका छन् । ती कामहरुबाट आर्थिक लाभ हुन्छ तर डाइरेक्ट शिक्षाबाट मुनाफा हुन्न भनेर पनि लगानी गर्दैनन्,’ उनले भने, ‘दिनदिनै विद्यार्थी संख्या बढिरहेको छ तर शिक्षक उहिले संघ सरकारले सिर्जना गरेकै दरबन्दी अनुसार छ । हामीले शिक्षक भर्ना लगायतका अतिआश्यक योजनाहरु गाउँसभामै पेश गर्यौँ तर पारित भएन् । साभार टुडेपाटी
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
12 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
13 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
21 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
1 महीना पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
1 महीना पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
2 महीना पहिले
कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चरà..
भाग्यरेखा ठाकुर महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवसà..
3 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घाà¤..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढà¤..
3 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
5 महीना पहिले
राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई à..
निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..
7 महीना पहिले
गौशालामा इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवन उद्घाटन
जितेन्द्र कुशवाहा महोत्तरी, माघ २८ गते । गौशाला नगरपालिका वडा नं. १, सुर्तिविकास स्थित गौशाला इन्जिनियरिङ क्याम्..
8 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments