गौशाला बहुमुखी क्याम्पसमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न
ममता शर्मा
महोत्तरी , बैशाख १६ गते
महोत्तरीको गौशालामा गौशाला बहुमुखी क्याम्पसद्वारा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
शनिवार गौशाला नगरपालिका वडा न.२ निगौल स्थित रुफटफ होटलमा गौशाला बहुमुखी क्याम्पसद्वारा आयोजना गरिएको स्वागत कार्यक्रममा क्याम्पसमा अध्ययनरत वि.वि.एस र वि.एड प्रथम वर्षका विद्यार्थीहरुलाई खाँदा र टिका लगाएर गौशालाका नगर प्रमुख डा. दिपेन्द्र महतोले स्वागत गरेका हुन्।



कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै शिक्षक गिरिराज काफ्लेले स्वागत कार्यक्रममा सहभागी सम्पूर्ण विद्यार्थीहरुप्रति आभार व्यक्त गर्दै विद्यार्थीहरुलाई उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गर्नुभयो । चालु आ.व. २०७९/८० देखि संचालनमा आएको यस क्याम्पसको शैक्षिक गुणस्तरका लागि क्याम्पसले हरेक प्रकारका कार्यक्रमहरु संचालन गर्दै जाने बताउदै उहाँले भन्नु भयो , "गौशाला नगरपालिकाको नगर प्रमुख डा. महतोले पालिकाको सम्पूर्ण स्थानका छात्रछात्रालाई उच्च शिक्षाका निम्ति क्याम्पस संचालन गर्नुभएको हो । यसले दिर्घ रुपमा यहाँका विद्यार्थीहरुलाई टेवा पुग्नेछ ।"

साथै काफ्लेले गौशालामा विवेकशील जनशक्ति उत्पादन गर्न शिक्षा अपरिहार्य रहेको बताउनुभयो। "सबै पक्षको समानान्तर विकासको प्रमुख आधार भनेको शिक्षा हो , उहाँले भन्नुभयो , "त्यसकारण जीवनको बाटो देखाउने अत्यावश्यक पक्ष शिक्षा भएकोले शिक्षाको अपरिहार्यता र महत्व दिनानुदिन बढ्दै पनि गएको छ। शिक्षित जनशक्ति उत्पादन आजको आवश्यकता हो।"
कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित नगर प्रमुख डा. महतोले मन्तव्य दिदै आफुले शिक्षालाई सधै प्राथमिकता साथ लिएर अगाडी बढ्ने जिकिर गर्नुभयो ।
गौशाला नगरपालिकामा उच्च शिक्षा हासिल गर्ने परिस्थिति परिमार्जनका निम्ति क्याम्पसलाई आवश्यक परेको हरेक खण्डमा नगरपालिकाले सहयोग गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

साथै उहाँले गरिव तथा जेहेनदार छात्रछात्रालाई सहुलियत रुपमा सहज तरिकाले क्याम्पसमा अध्ययनका निम्ति सहयोग गर्ने दावी समेत गर्नुभयो ।
त्यसैगरि कार्यक्रममा उपस्थित अधिकांस वक्ताले गौशाला नगरपालिकामा बहुमुखी क्याम्पसको स्थापना गरेकोमा नगर प्रमुख महतोलाई धन्यवाद ज्ञापन गरेका छन् । पछिको समयमा विद्यार्थी र अभिभावकहरुमा यस क्याम्पसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।


क्याम्पस प्रमुख दुर्गा प्रसाद सिंहको नेतृत्वमा संचालन गरिएको कार्यक्रममा गौशालाका नगर प्रमुख डा. दिपेन्द्र महतो , वडा न.५ का वडा अध्यक्ष ओम प्रकाश गुप्ता , विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु , सहायक क्याम्पस प्रमुख भरत प्रसाद सिंह , शिक्षक गिरिराज काफ्ले , अमिन्द्र चौधरी लगायत विभिन्न शिक्षकहरु र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन शिक्षक गोपाल सिंहले गर्नुभएको थियो ।





महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
21 मिनट पहिले
महोत्तरी–१ मा उत्साहको लहर: गिरिराज मणि पोखरेलतर्फ बढ्द..
रोहित यादव महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी क्षेत्र नं. १ मा चुनावी माहोल दिनानुदिन तातिँदै गएको छ। गाउँ बस्त..
44 मिनट पहिले
जिम्मेवारीका लागि राजनीतिमा आएको हुँ : जनमत पार्टीका कान..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ८ गते । जनमत पार्टीका सबैभन्दा कान्छा उम्मेदवार बिरेन्द्र महतोले गौशाला ..
1 दिन पहिले
युवा उम्मेदवार ई. लक्ष्मण यादवको घरदैलोमा उत्साहजनक जनस..
रोहित यादव महोत्तरी, फाल्गुन ८ गते । नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार ई. लक्ष्मण यादवले भंगाहा नगरपालि..
1 दिन पहिले
श्री टुटेश्वरनाथ साझेदारी वन उपभोक्ता समूहको चौथो साधा..
महोत्तरी, फागुन ५ गतेनिरञ्जन कुमार साहमहोत्तरी जिल्लास्थित श्री टुटेश्वरनाथ साझेदारी वन उपभोक्ता समूहको चौथो स..
4 दिन पहिले
गौशालामा इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवन उद्घाटन
जितेन्द्र कुशवाहा महोत्तरी, माघ २८ गते । गौशाला नगरपालिका वडा नं. १, सुर्तिविकास स्थित गौशाला इन्जिनियरिङ क्याम्..
10 दिन पहिले
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
2 महीना पहिले
सोनमा गाउँपालिकाको पहिलो प्राथमिकतामा शिक्षा
अनिल कुमार यादव , महोत्तरी । श्रावण,४ गते मधेश प्रदेशको सोनमा गाउँपालिकाले शिक्षा क्षेत्रको सुधारलाई पहिलो प्र..
7 महीना पहिले
समुदायिक विद्यालयका विद्यार्थीलाई मनोबल बढाउन नगद पुरस..
निरन्जन कुमार साह गौशाला, महोत्तरी गौशाला नगरपालिका अन्तर्गत रहेको श्री त्रिभुवन नमुना माध्यमिक विद्यालय, ..
10 महीना पहिले
गौशालामा नगर प्याब्सनको अध्यक्षमा सरोज सिंह चयन
महोत्तरी , पुष १८ गते महोत्तरीको गौशालामा नगर प्याब्सनको अध्यक्षमा सरोज सिंह चयन भएका छन् । गौशाला नगरपालिकाका स..
1 वर्ष पहिले
गौशाला नगरपालिकाले शिक्षामा गरेको लगानी पानीमा
महोत्तरी , साउन २७ गते टियुले हालै बिएड प्रथम वर्ष (२०८०) को परिक्षाफल प्रकाशन गरेको छ । महोत्तरीको गौशाला नगरपालि..
2 वर्ष पहिले
श्री टुटेश्वरनाथ साझेदारी वन उपभोक्ता समूहको चौथो साधा..
महोत्तरी, फागुन ५ गतेनिरञ्जन कुमार साहमहोत्तरी जिल्लास..
जिम्मेवारीका लागि राजनीतिमा आएको हुँ : जनमत पार्टीका कान..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ८ गते । जनमत पार्..
समावेशी र पहुँचयोग्य निर्वाचनको लागि महिला बालबालिका त..
काठमाडौँ,फागुन ५ गते । महिला बालबालिका तथा ज्येष्ठ नागर..
युवा उम्मेदवार ई. लक्ष्मण यादवको घरदैलोमा उत्साहजनक जनस..
रोहित यादव महोत्तरी, फाल्गुन ८ गते । नेपाली कम्युनिस्ट ..
कमेन्ट गर्नुहोस्
view comments