गौशाला न.पा.को विद्यालयमा चरम लापरवाही
फाल्गुन १६ ,गौशाला
गौशाला न.पा. वडा न.५ स्थित महरा खोलाको छेउमा वा महावीर चोकमा रहेको श्री राम आधारभूत विद्यालयमा चरम लापरवाही भएको पाइएको छ । विद्यालयमा बालविकास कक्षा देखि लिएर कक्षा ४ सम्ममा जम्मा १८२ जना विद्यार्थी संख्या रहेकोमा अधिकांसभन्दा पनि कम विद्यार्थीहरु उपस्थित हुने गरेको पाइएको छ । यसमा सो विद्यालयका प्रधानाध्यापक रामप्रताप महतोका अनुसार १३०-१५० विद्यार्थी दैनिक उपस्थित हुने गरेका छन् तर फाल्गुन १२ गते विद्यार्थी उपस्थित हाजिरी रजिस्टरमा बुझ्दा फाल्गुन १२ गते सम्मको १ दिन पनि उपस्थित विद्यार्थी हरुको हाजिरी भएको थिएन । जबकि आज फाल्गुन १६ गते तेही हाजिरी रजिस्टर हेर्दा १-१५ गते सम्मको हाजिरी बनेको पाइएको छ ।
विद्यालयमा प्रतिविद्यार्थी बराबर खाजा वापत रु.१५ का दरले पाउने गरेका छन् तर जब हाजिरी नै बनेको छैन भने प्रधानाध्यापकले स्वत आफ्नो मर्जीले विद्यार्थीको उपस्थितको हाजिरी बनाएर र मनपर्दी ढंगले खाजा खर्चको विवरण तयार गरेको पाइएको छ । यसबाट यो प्रष्ट भएको छ कि सो विद्यालयमा प्र.अ., व्यवस्थापन समिति र शिक्षा शाखाको चरम लापरवाहीले सिमा नाघेको छ ।
प्रधानाध्यापक राम प्रताप महतोले आफ्नो कुरा राख्दै भनेका छन्,"मैले यो स्कुलमा एक्लैले काम गर्न नसक्ने भएको छु एक त शिक्षकको अभाव छ र अर्कोतर्फ मैले विगत २ वर्षदेखि आफ्नो तलब पाको छैन । जसले गर्दा घरपरिवार धान्न समेत कठिनाइ भएको छ । पटक पटक सम्बन्धित सरोकारवालालाइ ध्यानाकर्षण गराए पनि कुनै व्यवस्था हुन सकेको छैन । १८२ विद्यार्थी मध्य प्राय दलित र विपन्न परिवारका पढ्न आउने गर्दछन । यदि मैले पढ़ाइन भने कयौ विद्यार्थीहरुको जीवन अन्धकारमा जाने सम्भावना देखिएको छ जसले गर्दा म निस्वार्थ भावनाले यो स्कुलमा सेवा प्रदान गरिरहेको छु ।"
व्यवस्थापन समितिका अध्यक्ष अर्जुन मण्डलले भने,"यस्तो लापरवाही गर्नु कानुनि अपराध हो र यस्तो कुराहरु हामीलाई थाहा नै नदिकन प्र.अ.महतोले कसोगरी यस्तो लापरवाही गरिरहेका छन् । जो विद्यार्थी न आएपनि विद्यार्थीको हाजिरी रजिस्टर आफ्नै मर्जीले बनाएका छन् र अव देखि हामी निरन्तर विद्यालयमा निगरानी गर्ने छौ।"
त्यसै गरि शिक्षा शाखाका पुरुसोत्तम अधिकारि भन्छन ,"अनुगमन गर्नको लागि हामी संग समय र कर्मचारीको निकै अभाव छ जसको कारणले यस्ता समस्याहरु उत्पन्न भएका छन् र विद्याको मन्दिरमा यस्ता भ्रष्टाचारहरु हुने गर्दछन ।" उनले यसमा शिक्षा शाखाको निकै कमि कमजोरी रहेको स्वीकार गरेका छन् ।

गौशाला न.पा.का उपमेयर आशा लामाले भन्नु भएको छ ,"हामी जनताको मत लिएर निर्वाचित भएका छौ जनताको लागि हामी रातदिन काम गर्नेछौ हाम्रो जनता माथि कुनै किसिमको अनियमितता र भ्रष्टचारी नहोस भनेर अरु पालिकाको तुलनामा म जहिले पनि जनताको घरदैलो सम्म पुग्ने गर्दछु र जनताको आशा र विश्वासलाई कहिले पनि निरास हुन दिन्नौ र यस्ता भ्रष्टाचारीहरुलाई कारवाही गर्ने नै छौ ।"
र जनताको सुख र संवृद्धि नगरपालिका बनाउने छौ भनेर प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न
निरन्जन कुमार साह महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..
7 दिन पहिले
गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी
गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..
11 दिन पहिले
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..
1 महीना पहिले
कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..
भाग्यरेखा ठाकुर महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..
1 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
1 महीना पहिले
कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..
भाग्यरेखा ठाकुर महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..
1 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
1 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
3 महीना पहिले
राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..
निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..
5 महीना पहिले
गौशालामा इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवन उद्घाटन
जितेन्द्र कुशवाहा महोत्तरी, माघ २८ गते । गौशाला नगरपालिका वडा नं. १, सुर्तिविकास स्थित गौशाला इन्जिनियरिङ क्याम्..
6 महीना पहिले
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
8 महीना पहिले
मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न
निरन्जन कुमार साह महोत्तरी, साउन २९ गते मधेश प्रदेशम..
कमेन्ट गर्नुहोस्
view comments