गौशाला न.पा.को विद्यालयमा चरम लापरवाही

5 वर्ष पहिले प्रकाशित

(2077-11-16 B.S.)

3897 पटक देखिएको

फाल्गुन १६ ,गौशाला

गौशाला न.पा. वडा न.५ स्थित महरा खोलाको छेउमा वा महावीर चोकमा रहेको श्री राम आधारभूत विद्यालयमा चरम लापरवाही भएको पाइएको छ  विद्यालयमा बालविकास कक्षा देखि लिएर कक्षा ४ सम्ममा जम्मा १८२ जना विद्यार्थी संख्या रहेकोमा अधिकांसभन्दा पनि कम विद्यार्थीहरु उपस्थित हुने गरेको पाइएको छ  यसमा सो विद्यालयका प्रधानाध्यापक रामप्रताप महतोका अनुसार १३०-१५० विद्यार्थी दैनिक उपस्थित हुने गरेका छन् तर फाल्गुन १२ गते विद्यार्थी उपस्थित हाजिरी रजिस्टरमा बुझ्दा फाल्गुन १२ गते सम्मको १ दिन पनि उपस्थित विद्यार्थी हरुको हाजिरी भएको थिएन  जबकि आज फाल्गुन १६ गते तेही हाजिरी रजिस्टर हेर्दा १-१५ गते सम्मको हाजिरी बनेको पाइएको छ 

विद्यालयमा प्रतिविद्यार्थी बराबर खाजा वापत रु.१५ का दरले पाउने गरेका छन् तर जब हाजिरी नै बनेको छैन भने प्रधानाध्यापकले स्वत आफ्नो मर्जीले विद्यार्थीको उपस्थितको हाजिरी बनाएर र मनपर्दी ढंगले खाजा खर्चको विवरण तयार गरेको पाइएको छ   यसबाट यो प्रष्ट भएको छ कि सो विद्यालयमा प्र.अ., व्यवस्थापन समिति र शिक्षा शाखाको चरम लापरवाहीले सिमा नाघेको छ 

प्रधानाध्यापक राम प्रताप महतोले आफ्नो कुरा राख्दै भनेका छन्,"मैले यो स्कुलमा एक्लैले काम गर्न नसक्ने भएको छु एक त शिक्षकको अभाव छ र अर्कोतर्फ मैले विगत २ वर्षदेखि आफ्नो तलब पाको छैन  जसले गर्दा घरपरिवार धान्न समेत कठिनाइ भएको छ  पटक पटक सम्बन्धित सरोकारवालालाइ ध्यानाकर्षण गराए पनि कुनै व्यवस्था हुन सकेको छैन  १८२ विद्यार्थी मध्य प्राय दलित र विपन्न परिवारका पढ्न आउने गर्दछन  यदि मैले पढ़ाइन भने कयौ विद्यार्थीहरुको जीवन अन्धकारमा जाने सम्भावना देखिएको छ जसले गर्दा म निस्वार्थ भावनाले यो स्कुलमा सेवा प्रदान गरिरहेको छु ।"

व्यवस्थापन समितिका अध्यक्ष अर्जुन मण्डलले भने,"यस्तो लापरवाही गर्नु कानुनि अपराध हो र यस्तो कुराहरु हामीलाई थाहा नै नदिकन प्र.अ.महतोले कसोगरी यस्तो लापरवाही गरिरहेका छन्  जो विद्यार्थी न आएपनि विद्यार्थीको हाजिरी रजिस्टर आफ्नै मर्जीले बनाएका छन्  र अव देखि हामी निरन्तर विद्यालयमा निगरानी गर्ने छौ।"

त्यसै गरि शिक्षा शाखाका पुरुसोत्तम अधिकारि भन्छन ,"अनुगमन गर्नको लागि हामी संग समय र कर्मचारीको निकै अभाव छ जसको कारणले यस्ता समस्याहरु उत्पन्न भएका छन् र विद्याको मन्दिरमा यस्ता भ्रष्टाचारहरु हुने गर्दछन ।" उनले यसमा शिक्षा शाखाको निकै कमि कमजोरी रहेको स्वीकार गरेका छन् 

गौशाला न.पा.का उपमेयर आशा लामाले भन्नु भएको छ ,"हामी जनताको मत लिएर निर्वाचित भएका छौ जनताको लागि हामी रातदिन काम गर्नेछौ हाम्रो जनता माथि कुनै किसिमको अनियमितता र भ्रष्टचारी नहोस भनेर अरु पालिकाको तुलनामा म जहिले पनि जनताको घरदैलो सम्म पुग्ने गर्दछु र जनताको आशा र विश्वासलाई कहिले पनि निरास हुन दिन्नौ र यस्ता भ्रष्टाचारीहरुलाई कारवाही गर्ने नै छौ ।"

र जनताको सुख र संवृद्धि नगरपालिका बनाउने छौ भनेर प्रतिबद्धता व्यक्त गर्नु भएको छ    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

3 घन्टा पहिले

'प्रचण्ड' पुष २ गते गौशाला आउँदै, स्व. काशी महतोको श्रद्धा..

निरन्जन कुमार साह  महोत्तरी, मंसिर २८ गते ।नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकम..

7 दिन पहिले

साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..

जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..

9 दिन पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

28 दिन पहिले

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

1 महीना पहिले

सोनमा गाउँपालिकाको पहिलो प्राथमिकतामा शिक्षा

अनिल कुमार यादव , महोत्तरी । श्रावण,४ गते मधेश प्रदेशको सोनमा गाउँपालिकाले शिक्षा क्षेत्रको सुधारलाई पहिलो प्र..

5 महीना पहिले

समुदायिक विद्यालयका विद्यार्थीलाई मनोबल बढाउन नगद पुरस..

निरन्जन कुमार साह गौशाला, महोत्तरी  गौशाला नगरपालिका अन्तर्गत रहेको श्री त्रिभुवन नमुना माध्यमिक विद्यालय, ..

7 महीना पहिले

गौशालामा नगर प्याब्सनको अध्यक्षमा सरोज सिंह चयन

महोत्तरी , पुष १८ गते महोत्तरीको गौशालामा नगर प्याब्सनको अध्यक्षमा सरोज सिंह चयन भएका छन् । गौशाला नगरपालिकाका स..

12 महीना पहिले

गौशाला नगरपालिकाले शिक्षामा गरेको लगानी पानीमा

महोत्तरी , साउन २७ गते टियुले हालै बिएड प्रथम वर्ष (२०८०) को परिक्षाफल प्रकाशन गरेको छ । महोत्तरीको गौशाला नगरपालि..

1 वर्ष पहिले

सम्सीमा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रममा..

निरन्जन कुमार साह महोत्तरी , जेठ ८ गते महोत्तरीको सम्सी गाउँपालिकामा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक..

2 वर्ष पहिले

शिक्षा बलियो बनाउन भौतिक पूर्वाधार हुनुपर्छ : मन्त्री सा..

निरन्जन कुमार साह महोत्तरी , बैशाख ३१ गते मधेश प्रदेश सरकारका मन्त्री तथा नेकपा माओवादी पार्टीको संसदीय दलका नेत..

2 वर्ष पहिले